अखिल क्रान्तिकारी पाल्पाले बुझायो तानसेन नगर शिक्षा अधिकृतलाई माग पत्र
बुटवल : माेहन वैद्य किरण नेतृत्वकाे क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल(क्रान्तिकारी) पाल्पाले तानसेन नगरपालिकाकि नगर शिक्षा अधिकृत काेपिला न्याैपानेलाई मागपत्र बुझाएको छ ।
आज जिल्ला संयाेजक संग्राम भियु थापाको नेतृत्वमा पुगेको टाेलिले तानसेन नगर भित्र देखिएका शैक्षिक विकृति र समस्याहरुकाे समाधान गर्न माग गर्दै उक्त मागपत्र बुझाएको हाे ।
अखिल(क्रान्तिकारी) पाल्पाले बुझाएको मागपत्र :
"हामी गौरवशाली संगठन अनेरास्ववियु (क्रान्तिकारी) आफ्नो स्थापनाकाल देखी राष्ट्रियता, राष्ट्रिय स्वाधीनता, जनजिविका, स्वतन्त्रता र स्वाभिमानको पक्षमा निरन्तर संघर्षरत रहि दलाल संसदीय व्यवस्था र यसद्धारा निर्देशित वर्तमान शिक्षा प्रणालीको विकल्पमा आन्दोलन गर्दै शैक्षिक क्षेत्रका अनियमितता, भ्रष्टाचार लगायतका विकृति, विसतिका साथै शिक्षा क्षेत्रको निजीकरण, व्यापारीकरण, दलालिकरण, माफियाकरणको विरुद्...