जनयुद्ध, सहिदी मूल्य र सहिद सप्ताह :- खेम थपलिया
विषयारम्भ :
नेपाली जनताको मुक्तिकामी अभियानमा सर्वप्रथम लखन थापाले सहादत प्राप्त गरे, यद्यपि यसअघि नै सहादतको प्रक्रिया सुरु भइसकेको थियो । राणाविरोधी आन्दोलनमा गङ्गालाल श्रेष्ठ, धर्मभक्त माथेमा, दशरथ चन्द र शुक्रराज शास्त्रीले हाँसीहाँसी जीवनाहुति दिए । युवाविद्यार्थी चिनियाँकाजी श्रेष्ठ, क्रान्तिकारी किसान नेता भीमदत्तदेखि विद्रोही कामी बुढा मगरले पनि महान् सहादत प्राप्त गरे ।
पूर्वी नेपालको बारा, पर्सा, रौतहटमा २०११/०१२ तिर सशक्त किसान आन्दोलनका क्रममा सुखलाल महतोदेखि पञ्चायती निरङ्कुशताविरोधी आन्दोलनमा मधेसका कामेश्वर र कुशेश्वर यादवले पनि नेपाली धर्तीमा आफ्नो अमूल्य रगत बगाए । पञ्चायती शासनविरोधी काङ्ग्रेसले सुरु गरेको हतियारबद्घ सशस्त्र सङ्घर्षमा ओखलढुङ्गाको टिमुरबोटेमा क्याप्टेन यज्ञबहादुर थापादेखि २०२८/०२९ सालको झापा सशस्त्र विद्रोहको क्रममा नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइ...