१८ जेष्ठ २०८२, आईतवार

बिद्यार्थी दिवसका दिन,अखिल क्रान्तिकारीले पुर्व अध्यक्षहरुलाई सम्मान गर्ने

काठमाडौं :अखिल क्रान्तिकारीले पुर्व अध्यक्षहरुलाई सम्मान गर्ने ।

नेकपा बहुमत निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी), केन्द्रीय समितिले २०८२ जेठ १ गते, बिहिवार, प्रज्ञा प्रतिष्ठान, कमलादीस्थित लेखनाथ सभाकक्षमा ६१औं विद्यार्थी एकता दिवसको अवसरमा एक विशेष सम्मान कार्यक्रम आयोजना गर्न लागेको हाे।

उक्त कार्यक्रममा क्रान्तिकारी विद्यार्थी आन्दोलनका इतिहासकारहरू र संघर्षका अगुवा नेताहरूलाई एकै मञ्चमा प्रस्तुत गर्ने संगठनका केन्द्रीय सचिव डिबि शाहिले बताय।

कार्यक्रमको दौरान नेपाली विद्यार्थी आन्दोलनका चर्चित अगुवा नेता र इतिहासकारहरू, जसमा लेखनाथ न्यौपाने, सरद रसाइली, हिमाल शर्मा, पुर्णबहादुर सिंह,दिपेन्द्र चलाउने, चिरन्जीवी ढकाल, प्रकाश शाही, मिलन राई र राम बहादुर तिरुवा लगायतका नेताहरूलाई सम्मान पत्र वितरण गरिने छ। यी नेताहरूले आन्दोलनका ऐतिहासिक घटनाहरू र संघर्षका प्रमुख मोडहरूको बारेमा आफ्ना विचार र अनुभव साझा गर्नेछन्।

सचिव शाहीका अनुसार, “यो कार्यक्रम विद्यार्थी आन्दोलनको इतिहासलाई सम्मान गर्ने, आगामी पुस्तालाई प्रोत्साहन दिने र क्रान्तिकारी चेतनाको प्रवर्द्धन गर्ने महत्वपूर्ण अवसर हुनेछ।”

कार्यक्रममा शुभकामना आदानप्रदान, सांस्कृतिक कार्यक्रम, र संगठनका अग्रज नेताहरूलाई सम्मान गरिनेछ। यसका साथै, विद्यार्थी आन्दोलनमा योगदान पुर्‍याएका व्यक्तिहरूसँग सामूहिक चर्चा र विमर्श गरिने कार्यक्रम रहेको सचिव शाहीले जानकारी दिए।

सम्मानित हुनेमा माओवादी घटकका पुर्व अध्यक्षहरु हुन । कार्यक्रममा पार्टीका महासचिव धर्मेन्द्र बास्तोला प्रमुख अतिथिका रुपमा रहने छन ।