धनगढी:कैलाली जिल्लाको भजनी नगरपालिका १ गौनहिया बस्ने डिल्ली बहादुर बोहराकी ३२ वर्षीया श्रीमती सचिता रोकाय एक डेढ वर्षको बच्चा लगेर वैशाख १३ गते बिहानबाट माइत जाने भन्दै सम्पर्कविहीन भएकी छिन्। घरका परिवार सदस्यले भने वैशाख १८ गते बच्चासहित सचिता रोकाया सम्पर्कविहीन भएको भन्दै नजिकैको भजनी इलाका प्रहरी कार्यालयमा खोजिदिन भन्दै निवेदन दिएका थिय।
उता उनका श्रीमान भने भारतको पुणेमा भन्ने ठाउँमा केही दिनदेखि काम गर्दै आएका थिए। अहिले उनी बच्चासहित श्रीमती हराएको खबर पाएपछि घर फर्किएका छन् तर श्रीमती र छोराको अहिलेसम्म भने कुनै अत्ताेपत्तो छैन। घरका आफन्तहरूले भने अर्कै केटासँग भागेर भारत गएको हुन सक्ने आशंका गरेका छन्।बैतडी जिल्लाको डिलासैन नगरपालिका वडा नम्बर १ पहाडी गाउँमा बस्ने हरिश बोहरा पनि वैशाख १४ गतेबाट सम्पर्कविहीन भएका उनका आफन्तले जनाएका छन्। हरिश बोहरा र सचिता रोकाया सँग पहिलेदेखि नै फोनमा संवाद भइरहन्थ्यो भनेर आफन्तले जनाएका छन्। अहिले उनी दुवै सम्पर्कविहीन छन्। सचिता रोकायाका श्रीमान डिल्लीबहादुर बोहरा भने श्रीमती खोजिदिन मिडियासंग पुगेका छन। उनका श्रीमानले कोही कसैले उहाँलाई देख्नुहुनेले मोबाइल नम्बर ९८१२६० ७३७६ र ९७६४७३४५६७ मा सम्पर्क गरिदिन अनुरोध गरेका छन्।