काठमाडौं : माओवादी पृष्ठभूमिका पुर्व बिद्यार्थीहरु पहिलाे पटक एकै मन्चमा देखापरे । अखिल क्रान्तिकारीले ६१ ओै बिद्यार्थी दिवसका अवसरमा सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रममा उक्त सन्जाेग मिलायकाे हाे ।
धर्मेन्द्र बास्तोला नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी बहुमत निकट बिद्यार्थी संगठन अखिल क्रान्तिकारी केन्द्रीय समितिले पुर्व बिद्यार्थी नेताहरुलाई सम्मान सहित शुभकामना आदानप्रदान कार्यक्रमकाे आयाेजना गरेकाे थियाे ।
काठमाडौकाे कमलादीस्थित पारीजात स्मृति भवनमा आज संगठनका केन्द्रीय अध्यक्ष बिरेन्द्र शाहकाे अध्यक्षता र पार्टीका महासचिव धर्मेन्द्र बास्तोलाकाे प्रमुख आथित्यतामा उक्त कार्यक्रम सम्पन्न गरेकाे हाे। कार्यक्रममा पार्टी स्थायी कमिटी सदस्यहरु उदय बहादुर चलाउने “दिपक” गुणराज लाेहनी लगायत केन्द्रीय नेताहरुकाे उपस्थिति रहेकाे थियाे ।
माओवादी पृष्ठभूमिका पुर्व बिद्यार्थीका अध्यक्ष, महासचिव, र बिद्यार्थी राजनीतिमा याेगदान गरेका नेता तथा सहिद परिवारलाई दाेसल्ला र सम्मान पत्रले सम्मान गरियकाे थियाे । सम्मानित हुनेमा पुर्व अध्यक्षहरु लेखनाथ न्याैपाने , हिमाल शर्मा , सरद रसायली , पुर्ण बहादुर सिंह, चिरञ्जीवी ढकाल, प्रकाश शाही, दिपेन्द्र चलाउने , मिलन राई, राम बहादुर तिरुवा र सहिद परिवारकाे तर्फबाट महान सहिद प्रज्वल शाहीकी बहिनी मनिशा शाही रहेका थिय ।
कार्यक्रममा सम्मानित हुने सबै नेताहरुले समिक्षा सहिद मन्तब्य राखेका । मन्तब्यका क्रममा प्राय सबै नेताहरुकाे एकतामा जाेड थियाे । बिभाजन र टुटफुटका गम्भीर समिक्षा सहित बृहत् कम्युनिस्ट एकता हुनुपर्ने अझ माओवादी पृष्ठभूमिका सबै पार्टी हरु एकता हुनुपर्नेमा सबै नेताहरुकाे जाेड थियाे । कार्यक्रमका बिच बिचमा साँस्कृतिक प्रस्तुतिहरु राखिएको थियाे भने कार्यक्रममा स्वागत मन्तब्य संगठनकि उपाध्यक्ष रुपा बुढाले र संचालन महासचिव उषाकिरण आजादले गरेका थिय ।
कार्यक्रमका फाेटाहरु :