१८ जेष्ठ २०८२, आईतवार

अखिल क्रान्तिकारीले मनायो ६१ औं विद्यार्थी दिवस

बुटवल : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले ६१ औं विद्यार्थी दिवस मनाएको छ ।समाजवादी कम्युनिस्ट पार्टी नेपाल निकट बिद्यार्थी संगठन अखिल क्रान्तिकारीले आज   लुम्बिनीमा संगठनकाे केन्द्रीय अध्यक्ष मुक्ति गैरेकाे प्रमुख आतिथ्यतामा बिद्यार्थी दिवस सम्पन्न भएको गरेकाे हाे। घरायसी कार्यव्यस्तताका बाबजुद पनि आस्था र निष्ठालाई समर्पित गर्दै उनलेे सिङ्गो पार्टी र संगठनकाे उपस्थितिमा विद्यार्थी दिवसको आयाेजना गरि मनाएका थिए ।विद्यार्थी दिवसमा अबिर वरण र चकलेट वितरण गरि मनाईएकाे थियोे ।

उक्त दिवस कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य जगत, रुपन्देही-पाल्पा जिल्ला संगठन समितिका सचिव हेमन्त, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य प्रजापति, केन्द्रीय प्रतिनिधि सदस्य किरण, हिरा, महिला केन्द्रीय सदस्य कमला लगायतको उपस्थिति थियो ।