
क्रान्तिकारी युवा संगठन नेपाल काे ६ नम्बर प्रदेशको एकता भेला सम्पन्न
नेपालगन्ज/बांके।क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालकाे सहायक संगठन क्रान्तिकारी युवा संगठन नेपालको ६ नम्बर प्रदेशको भेला सम्पन्न भएको छ । भेलाले प्रकाश शर्माको संयोजकत्वमा १९ सदस्यीय प्रदेश कमिटी निर्वाचित गरेको छ ।
उक्त एकता भेलामा शुभकामना दिदै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सचिवालय सदस्य तथा ६ नं. प्रदेश संयोजक संगमले दुइटा पार्टी नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (वहुमत) एकता पछी निर्माण भएको क्रान्तिकारी युवा संगठन नेपाल घोषणा भएको बताए । सर्वहारा जनताको हक हित र न्यायको निम्ति क्रान्ति गर्न आवश्यक रहेकोे बताए । उनले सेनाको निर्माणका लागि अगाडी बढ्न भन्दै अहिलेको यो व्यवस्था पुजीवादी, भ्रष्ट, दलाल र शोषकहरुको व्यवस्था भएको उल्लेख गर्नु गरे।सर्वहारा जनताको हक हित र न्यायको निम्ति क्रान्ति गर्ने आवश्यक रहेकोे बताए । उनले क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल बैज्...