
क्रान्ति सम्पन गर्न विचारधारात्मक कार्यदिशा काे बिकास आवश्यक छ, : माेहन वैद्य (किरण)
काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका अध्यक्ष मोहन वैद्य ‘किरण’ ले नेपालमा क्रान्ति सम्पन्न गर्नका लागि विचारधारा र कार्यदिशाको विकासको आवश्यकता रहेको बतायका छन ।
शुक्रबार पार्टीको ६ दिने केन्द्रीय स्कूलिङको समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले फेसबुके अध्ययनबाट क्रान्ति नहुने बताए।
“अज्ञानताको त्रासदीले क्रान्ति हुँदैन, क्रान्ति ध्वस्त पार्छ । जानेको केही हुँदैन, सबैथोक जानेको छु भन्छ । के गर्ने ? अहिलेको अवस्थामा अज्ञानताको त्रासदीका विरुद्ध दृढतापूर्वक लडेर क्रान्तिका लागि विधारधारा र कार्यदिशाको विकास गर्न जरुरी छ । विचारधारा र कार्यदिशाको विकास नगरी अहिले जे छ त्यहीबाट क्रान्ति हुने वाला छैन ।” पार्टीले एकता महाधिवेशनलाई खोज अनुसन्धानमूलक बनाउने र महाधिवेशनबाट विचारधारा र कार्यदिशामा थप विकास गर्ने दिशामा अगाडि बढेको बताउउदै पार्टी केन्द्रले चलाएको यो केन्द्रीय स्क...