२३ भाद्र २०८१, आईतवार

श्रमिक कम्युनिस्ट पार्टी, नेपाल निकट मजदुर संगठनकाे केन्द्रीय संयाेजकमा विनोद थापा चयन

काठमाडौं : श्रमिक कम्युनिस्ट पार्टी, नेपाल निकट मजदुर संगठनकाे केन्द्रीय संयाेजकमा पुनः विनोद थापा निर्वाचित भएका छन् ।

हिजो काठमाडौंकाे ओैधाेगिक क्षेत्र बालाजुमा सम्पन्न बिशेष भेलाले उनलाई पुनः निर्वाचित गरेको हाे । उनि विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी निकट मजदुर संगठनकाे राष्ट्रिय सम्मेलनबाट निर्वाचित भए यता निरन्तर अध्यक्षमा निर्वाचित भई मजदुरहरुका आवाजहरु बुलन्द पारिरहेका छन् । धेरै नबाेल्ने गहिरो अध्ययन गरेर निष्कर्ष र समाधान दिन सक्ने एक कुशल, ईमानदार र प्रतिबद्ध नेताका रुपमा थापा चिनिन्छन् । उनको नेतृत्वमा भएको अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघकाे विशेष भेलाले ३९ सदस्यीय कार्यसमिति समेत चयन गरेको छ । उक्त भेलाले अब अगामि केही महिना मै राष्ट्रिय सम्मेलन समेत गर्ने जनाएको छ ।

उक्त भेलामा प्रमुख अतिथिका रुपमा उपस्थिति भएका श्रमिक कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय संयाेजक पुर्ण बहादुर सिंह समरजंगले जनता माथि राजनीति हाेईन् जनताको लागि राजनीति गर्नुपर्छ राजनीति सेवा भएकोले राष्ट्र र जनता प्रति सेवा गर्नुपर्ने बताए । उनलेे भने नेपालका संसदवादी राजनीतिक दलहरूले मजदुर किसानहरूलाई सत्तामा पुग्न भाेट बैंककाे रुपमा भर्याङ्ग बनाएको समेत आराेप लगाए । उनले नेपालका मजदुरहरुलाई विदेशमा सस्तो श्रमिककाे रुपमा बेचेको देश भित्र पनि श्रम शाेषण गरेकोले आफ्नाे मुक्तिकाे लागि संगठित र आन्दोलित हुन समेत आह्वान गरे । कार्यक्रमकाे संचालन वियस पाैडेल, स्वागत मन्तव्य सराेज न्याैपाने, किसानका  नेता हरि श्रेष्ठ, पार्टीका केन्द्रीय महाधिवेशन आयाेजक कमिटी सदस्य माधव गाैतम विनय, विद्यार्थीका केन्द्रीय संयाेजक नवराज भट्ट लगायतका नेताहरूले शुभकामना मन्तब्य दियका थिए भने जनकलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रमका तस्बिरहरू :