३१ भाद्र २०८१, सोमबार

परम्परालाई जोगाउन ग्रील ब्यवसायीहरुको दहिचिउरा खुवाउने कार्यक्रम

काठमाडौं । ग्रील तथा स्टील ब्यवसायी संघ काठमाडौं पश्चिम क्षेत्र अन्तर्गत बालाजु,खुसीबुँ,चःमती,ढल्को एरिया समितिले आफु मातहतमा रहेका ब्यवसायी कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु ,सल्लाहाकार समितिका सदस्यहरुको उपस्थितिमा असार १५ को अवसरमा दहि चिउरा खुवाउने कार्यक्रम गरेको छ ।
अनौपचारीक रुपमा गरिएको कार्यक्रममा यस एरियाकै ब्यवसायी रहेका ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालका अध्यक्ष ठुलोबाबु श्रेष्ठ ,उपाध्यक्ष जिवन भट्टराई , केन्द्रिय सदस्य बालमुकुन्द नकर्मी , काठमाडौं जिल्लाका उपाध्यक्ष राम प्रमोद ठाकुर ,सह कोषाध्यक्ष तोक बहादुर गधराज (तोकेन्द्र), पश्चिम क्षेत्रका अध्यक्ष सैलेश ठकुरी ,उपाध्यक्ष आशमान थापा लगायतको उपस्थिति रहेको थियो ।
दहि चिउरा खुवाउने कार्यक्रमको अवसरमा यस एरिया समितिमा आबद्ध भएका ब्यवसायीहरुलाई प्रमाणपत्र वितरण समेत गरिएको थियो । यो एरियामा करिब ५० जना ब्यवसायीहरु आबद्ध रहेका छन् ।
यस अवसरमा कार्यस्थलमा हुने दुर्घटनाबाट क्षति न्युनिकरण गर्न ब्यवसायीक स्वास्थ्य शुरक्षाको पहिलो स्टेपको रुपमा लिन सकिने प्राथमिक उपचार सामाग्री सहितको बाकसको मोडल समेत सार्वजानिक गरिएको थियो ।
फलाम जन्य कार्य धेरै जोखिमपुर्ण भएकोले यसबाट हुनसक्ने दुर्घटना र क्षति न्युनिकरण गर्न प्रतेक ब्यवसायले आवश्यक औषधी सहितको प्राथमिक उपचार सामाग्री सहितको बक्स राख्नु पर्ने यस एरियाका अध्यक्ष राज कुमार खड्का ले बताएका छन् ।
अनुगमन समिति मार्फत सबै ब्यवसायीहरुको कार्यस्थलमा पुगि दर्ता देखि ब्यवसायजन्य स्वास्थ्य शुरक्षाको बारेमा सचेतना फैलाउने तथा अटेर गरेमा सम्बन्धित निकायमा कार्बाहिको लागि सिफारीस गर्ने सम्माको योजना रहेको अध्यक्ष खड्काले बताएका छन् ।