पतञ्जलीमा आएको अर्बौं रकमबारे सिआइबीले अनुसन्धान गर्ने
काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पतञ्जली योग पीठ तथा आयुर्वेद कम्पनी नेपालमा गैरकानुनी तरिकाले रकम आएको भन्दै थप अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई पत्राचार गर्ने भएको छ।
बिहीबार विशेष अदालतमा दायर भएको अभियोग पत्रमा अख्तियारले अनुसन्धानका लागि सिआइबीलाई पत्राचार गर्ने निर्णय गरेको हो।
कम्पनीले एसबिआई बैंक र एभेरेष्ट बैंकलगायत नेपालका विभिन्न बैंक तथा वित्तीय संस्थामा गैरकानुनी तरिकाले रेमिट्यान्समार्फत अर्बौं रकम प्राप्त गरेको देखिएको अख्तियारले जनाएको छ।
उक्त रकम प्राप्त गर्दा राष्ट्र बैंक, समाज कल्याण परिषद लगायतको कानुन बमोजिमको कार्यालयबाट अनुमति नलिएको पनि अख्तियारले औंल्याएको छ।
रकम पतञ्जलीको बैंक खातामा आएको, उक्त रकमको खर्चको हरहिसाब नदेखिएको पनि अख्तियारले जनाएको छ।
यसमा बैंकिङ...








