काठमाडौ : नेपाल नागरिक पार्टीका केन्द्रीय उपाध्यक्ष दिपक काेइराला समाजवादी कम्युनिस्ट पार्टी नेपालमा प्रवेश गरेका छन । समरजंग नेतृत्वको समाजवादी कम्युनिस्ट पार्टी नेपालकाे जन्तामा जाओै ! जन्ताकाे सेवा गराै !! उपत्यका केन्द्रीकृत जनअभियान टिम अन्तर्गत आज पार्टीकाे काठमाडौंकाे अभियान टिमले काेईरालालाई कलंकीमा एक कार्यक्रम गरेर पार्टीमा समाहित गरायकाे हाे ।उक्त कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य तथा काठमाडौं अभियान टिम ईन्चार्ज माधव गाैतम ( विनयराज ), पाेलिटब्युराे सदस्य तथा अभियान टिम संयाेजक रेडियम सिंह,केन्द्रीय सदस्य तथा मजदुर नेता शिवि बस्याल,पार्टीका केन्द्रीय सदस्य तथा पार्टीको सहायक संगठन -समाजवादी युवा संगठनका ईन्चार्ज शाेम पाख्रिन, युवा नेता तथा कलाकार भरत घिसिङ लगायतको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भयकाे थियाे ।
पार्टी प्रवेश कार्यक्रममा नेपालीको बर्तमान राष्ट्रिय राजनीति र समसामयिक परिस्थितिका बारेमा ईन्चार्ज विनयराजले प्रष्ट पारेका थिय भने पार्टीको तत्कालीन र भाबी याेजनाका बारेमा संयाेजक सिंहले प्रष्ट पारेका थिए । क्रमश सबैजनाले आफ्नो परिचय सहित अबकाे यात्रा समाजवादी जनक्रान्ति मार्फत नेपालमा बैज्ञानिक समाजवादी ब्यवस्था नै राजनैतिक बिकल्पका रुपमा रहेकाले उक्त यात्रामा लागि परेकाे प्रतिबद्धता सहितकाे मन्तब्य राखेका थिय।
पार्टी प्रवेशि दिपक काेईरालाले पनि आफू बिगत लामाे समय देखि बामपंथी आन्दोलनमा सहभागी हुँदै आयकाे र अहिले सम्मका कुनै पार्टीहरुमा पनि जनपक्षीय याेजना नभयकाले अबकाे वास्तविक यात्रा र नेपाली जन्ताकाे भबिस्यनै बैज्ञानिक समाजवादी जनक्रान्तिले निर्माण गर्ने हुदा, समाजवादी कम्युनिस्ट पार्टी नेपाले उक्त कार्यक्रमकाे नेतृत्वदायी भुमिका खेलेकाले उक्त पार्टीमा प्रवेश गरेकाे प्रतिबद्धता ब्यक्त गरेका थिय ।
प्रतिबद्धता सहितकाे भिडियो क्लिप :