सिन्धुपाल्चोकका ज्ञानेन्द्र गौतम “युवा व्यवसायी तथा समाजसेवी सम्मान २०२५” बाट सम्मानित
काठमाडौं । सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिकामा जन्मिएर काठमाडौ.लाई कर्मथलो बनाउँदै बिभिन्न समाजिक कार्यहरुमा कृयाशिल ज्ञानेन्द्र गौतम “युवा व्यवसायी तथा समाजसेवी सम्मान २०२५” बाट सम्मानित हुनु भएको छ ।
एक्टिभ म्युजिक प्रा.लि.ले आयोजना गरेको “दोस्रो क्रियटिभ अन्तर्राष्ट्रिय म्युजिक अवार्ड — २०२५”फाईनल कार्यक्रममा “युवा व्यवसायी तथा समाजसेवी गौतमलाई “युवा व्यवसायी तथा समाजसेवी सम्मान २०२५” प्रदान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि पुर्व उपराष्ट्रपति ,नेकपा(माओवादी केन्द्रका) उपाध्यक्ष एवं माओवादीले २०५२ साल देखि २०६३ साल सम्म गरेको जनयुद्धका चर्चित सैन्य कमाण्डर नन्द बहादुर पुन (पासाङ)को हातबाट गौतम सम्मानित हुनु भएको हो ।
कार्यक्रममा गौतम संगै समाजसेवी दुर्गा लम्माल, सुशीला कट्टेल गैरे, राम कुवँर, अभिचन्द्र कार्की, रमिता बस्नेत,महिला उद्यमी सम्मानबाट हिमा कुमारी मल्ल, उमा मिश्र,स्व...








