नेपालकै पहिलो हरित विद्यालय बज्र एकेडेमीका विद्यार्थीहरूद्वारा सञ्चालित “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट ‘वातावरण संरक्षण पुरस्कार’ प्रदान
काठमाडौं | वातावरणीय अभियानप्रति प्रतिबद्धता प्रस्तुत गर्दै नेपालकै पहिलो हरित विद्यालय बज्र एकेडेमीका विद्यार्थीहरूद्वारा सञ्चालित “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट प्रतिष्ठित 'वातावरण संरक्षण पुरस्कार' प्रदान गरिएको छ।
क्लबलाई नगद रु. १०,००० (दश हजार रुपैयाँ) सहितको उक्त पुरस्कार काठमाडौंमा शुक्रबार आयोजित विशेष सम्मान समारोहका बीच प्रदान गरिएको हो। उक्त पुरस्कार पुरस्कार छनोट समितिका सदस्यद्व्य लेखक तथा पत्रकार सरोज ओझा र पत्रकार सुकृत नेपालले बज्र एकेडेमीका कार्यकारी निर्देशक भुपेन्द्रविक्रम थापालाई संयुक्त रूपमा हस्तान्तरण गरेका थिए।
पुरस्कारको कोष अष्ट्रेलियाको मेलबर्नमा पुनः प्रयोगयोग्य वस्तुहरूको सङ्कलन तथा बिक्रीबाट संचित गरी त्यहाँका परोपकारी लेखक तथा वातावरणीय अभियन्ता शिव न्यौपानेले स्थापना गरेका हुन्। उक्त अभियानले विश्वव्यापी रूपमा वातावरणीय चेतना फैलाउने र नेपालमा जमी...









