टिम कालरात्रीले यो बर्षको बिएमजे दशैं कप फुटसल प्रतियोगिता २०८२ को ट्रफी हात पार्न सफल
काठमाडौं । बुढानीलकण्ठ ७ कपनमा रहेको बिएमजे रिलोडेड क्लब, फ्रेण्डस् एण्ड फिटनेसले आफ्नो नियमित कार्यक्रम अन्तर्गत युरोे फुटसल मैदान बालुवाखानी कपनमा बिएमजे दशैं कप एकदिवसीय सेभेन ए साईड फुटसल प्रतियोगिता साथै दशैंको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
नेपालीहरुको चाडपर्वको रुपमा लिईने दशैं,तिहार र छठ नजिकिदै गर्दा यसलाई भब्यताको साथ मनाउन बिभिन्न संघ, संस्था,क्लबहरुले आफु अनुकुल कार्यक्रमहरु गर्ने परम्परा आज भोलि पनि कायमै रहेको छ ।
२०८२ असोज ४ गते शनिवार बिहान ६ बजे बाट ११ बजे सम्म युरो फुटसल मैदानमा भएको प्रतियोगितामा ५ टिमले भाग लिएका थिए । बु.न.पा.—८ उमंग टोल सुधार समितिका अध्यक्ष तथा खेल प्रेमि नरेशमान श्रेष्ठको प्रमुख आतिथ्यतामा प्रतियोगिताको समापन कार्यक्रम सम्पन्न भएको थियो ।
प्रतियोगितामा टिम कागत्यानी, टिम चन्द्रघण्टा,टिम सिद्धिदात्री,टिम कालरात्री र टिम महागौरी ब...









