५ माघ २०८१, शनिबार

समाचार

नेपाल टेलिकमको नेटवर्कमा आंशिक समस्या

नेपाल टेलिकमको नेटवर्कमा आंशिक समस्या

समाचार
काठमाडौं । नेपाल टेलिकमको नेटवर्कमा आंशिक समस्या आएको छ। टेलिकमको सेवा प्रयोग गरेर मोबाइल फोन गर्दा केही समस्या देखिएको भए पनि अहिले समाधान भइसकेको टेलिकमका सहप्रवक्ता नविन कुमार मिश्रले बताए। उनका अनुसार कहाँ समस्या आएको हो पत्ता लागिसकेको छैन।  
हत्या गरेको अभियोगमा पक्राउ

हत्या गरेको अभियोगमा पक्राउ

समाचार
काठमाडौं । बाह्रदशी गाउँपालिका-५ फुलबारी बस्ने ४५ वर्षीय गंगालाल माझीको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २६ वर्षीय मान कुमार राजवंशीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । राजवंशीले वादविवादको क्रममा फलामको रड प्रहार गर्दा गम्भीर घाइते भएका माझीको बिएण्डसि अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी फुलबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ...
नेपाली बजारमा आज  सुन–चाँदीको भाउ घटेको

नेपाली बजारमा आज सुन–चाँदीको भाउ घटेको

समाचार
काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुन–चाँदीको भाउ घटेको छ। अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार प्रतितोला एक सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला एक सय रूपैयाँ नै घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६० हजार रूपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार एक सय रूपैयाँमा कारोबार भएको थियो। यसैगरी, आइतबार चाँदीको मूल्य पनि घटेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय पाँच रूपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला एक हजार नौ सय १० रूपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रूपैयाँ घटेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २५ सय ६३ अमेरिकी डलरमा कारोबार भइरहेको छ। ...
कीर्तिपुरका स्वतन्त्र उम्मेदवार महर्जनकहाँ पुगे कुलमान घिसिङ

कीर्तिपुरका स्वतन्त्र उम्मेदवार महर्जनकहाँ पुगे कुलमान घिसिङ

समाचार
काठमाडौं । कीर्तिपुर नगरपालिकामा चुनावको माहोल छ। आइतबार बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म उम्मेदवारी दर्ताको कार्यक्रम छ। कीर्तिपुरको मेयरका लागि स्वतन्त्रदेखि विभिन्न दलहरूका तर्फबाट उम्मेदवारी दर्ता चलिरहेको छ। कीर्तिपुर नगरपालिका प्रमुख र दुइटा वडामा मंसिर १६ गते उपनिर्वाचन हुँदैछ। यहाँ सरसफाइ अभियन्ताका रूपमा चिनिएका राजमान महर्जनले पनि स्वतन्त्र उम्मेदवारी दिने भएका छन्। उम्मेदवारीको पूर्वसन्ध्यामा महर्जनले नेपाल विद्युत  प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग भेटेका छन्। मेयरमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका महर्जनलाई भेट्न घिसिङ कीर्तिपुर नै पुगेका हुन्। घिसिङ र महर्जनबीच शनिबार साँझ ५ बजेदेखि ६ बजेसम्म कुराकानी भएको थियो। घिसिङ र महर्जन कुराकानी गर्दै कीर्तिपुरको बाघ भैरव मन्दिर र त्यहाँबाट लहना रेष्टुरेन्टसम्म पुगेको तस्बिरहरू सार्वज...
काठमाडौंबाट रुकुम राडि गईरहेकाे यात्रुबाहक बस दुर्घटना, ८ जना घाइते

काठमाडौंबाट रुकुम राडि गईरहेकाे यात्रुबाहक बस दुर्घटना, ८ जना घाइते

Breaking News, यातायात, राष्ट्रिय, समाचार
जाजरकोट :रुकुम पश्चिमको आठविसकोट नगरपालिका वडा नम्बर ११ रिठा नजिकै बस दुर्घटना भएको छ ।   काठमाडौंबाट रुकुमको राडी गइरहेकाे प्रदेश ३-०१-००५ ख ९९६६ नम्बरकाे बस शनिबार दिउसो  रिठा नजिकै दुर्घटना भएको हो । दुर्घटनामा परी ८ जना घाइते भएको आठविसकोट नगर प्रमुख रवि केसीले जानकारी दिनुभयो । बस सडकबाट करिब १०० मिटर तल बिजुलीकाे पाेलमा अड्किएकाे उहाँले बताउनुभयाे । उहाँका अनुसार बिजुलीकाे पाेलले बसलाई भेरी नदीमा खस्नबाट जाेगाएकाे छ । उहाँका अनुसार घाइतेलाई उद्धार गरी उपचारको लागि नगर अस्पताल राडी लगिएको छ । बसमा ८ जना यात्रु मात्र रहेकाे बुझिएकाे छ । एक जना पाेखराबाट आएका यात्रु र अरू बाँकी सबै मुसिकाेट लगायतका ठाउँबाट गएका लाेकल यात्रु रहेकाे बुझिएकाे नगर प्रमुख केसीकाे भनाई छ । थप विवरण आउन बाँकी रहेको छ ।...
वैकुण्ठधाम आध्यात्मिक महोत्सव सम्पन्न, ३ करोड बढी संकलन प्रमुख वाचक दीनबन्धु पोखरेलले समेत गरे वैकुण्ठधामलाई दान

वैकुण्ठधाम आध्यात्मिक महोत्सव सम्पन्न, ३ करोड बढी संकलन प्रमुख वाचक दीनबन्धु पोखरेलले समेत गरे वैकुण्ठधामलाई दान

समाचार
नेपालगन्ज , प्रस्तावित वैकुण्ठधाम सिधनियाघाट निर्माणको सहयोगार्थ नेपालगन्जमा जारी वैकुण्ठधाम आध्यात्मिक महोत्सव आज सम्पन्न भएको छ । २२ गतेबाट सुरु भएको महोत्सव आज सम्पन्न भएको हो । राप्ती तटको सिधनियाघाटमा वैकुण्ठधाम निर्माणको उद्देश्य सहित सुरु भएको महोत्सवबाट झण्डै ३ करोड बढी संकलन भएको आयोजक वैकुण्ठधाम सिधनियाघाटले जनाएको छ । महोत्सवको समापनको दिनमा पनि ३० लाख बढी दानताहरुबाट दान प्राप्त भएको महोत्सव आयोजक समितिका आर्थिक उपसमिति संयोजक कृष्णप्रसाद श्रेष्ठले बताए । नियमित भागवत प्रवचन बिहिबार सम्पन्न भएपनि भागवतको सार र आध्यात्मका विषयमा वाचन शिरोमणि पण्डित दीनबन्धु पोखररेलले आज प्रवचन दिएका थिए । प्रवचनका क्रममा उनले आफुले कहिल्यैपनि आर्थिक शुल्क तोकेर कथा प्रवचनमा जाने नगरेको बताउँदै आफ्नो बुवा स्वर्गीय पण्डित नारायण पोखरेलले देखाएको बाटोलाई मात्र पछ्याएको बताए । आध्यात्मलाई भौतिक व...
सारा खुशी बोलको आधुनिक गीतको म्युजिक भिडियो सहित सार्वजानिक

सारा खुशी बोलको आधुनिक गीतको म्युजिक भिडियो सहित सार्वजानिक

मनाेरन्जन, समाचार
काठमाडौ । सर्जक तथा कलाकार बिजेन्द्र नौबागेको शब्द तथा अभिनय रहेको सारा खुशी बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । बाग बजारको लम्साल साउलकुल रेष्टुरेन्ट मा एक कार्यक्रम बिच भिडियो सार्वजनिक गरिएको हो । सार्वजानिक कार्यक्रममा जन आकाश मिडियाका अध्यक्ष मोहन कार्कीको प्रमुख आतिथ्य रहेको थियो भने संगीतकार तथा कलाकार माधव भण्डरी, वरिष्ठ भिडियो सम्पादक प्रेम शर्मा पौडेलक तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो । उक्त गीत विशेष गरेर प्रेमबन्धनमा बाँधिएका जोडीको बीचमा धोका दिएको कथालाई आधार मानि देखाईएको छ । भिडियोको अभिनयमा अस्मिता पुरी र दिलिप ढकाल मुख्य पात्रको रुपमा देखिएका छन् भने लेखक बिजेन्द्र नौबागे आफैले समेत मुख्य भुमिकामा अभिनय गरेका छन् । गीतमा चर्चित गायक रुपक डोटेलले स्वर दिएर अत्यन्तै मौलिक बनाएका छन् । यो गीतको भिडियो सम्पादन भने प्रेम शर्मा पौडेलले गरेका हुन् । कार्यक्रममा...
अल्फाबिटाको शाखा अब नेपालगञ्जमा, ‘इन्टरनेसनल एड्मिसन डे’ पनि आयोजना हुँदै

अल्फाबिटाको शाखा अब नेपालगञ्जमा, ‘इन्टरनेसनल एड्मिसन डे’ पनि आयोजना हुँदै

शिक्षा, समाचार
नेपालगन्ज, नेपालकै चर्चित शैक्षिक परामर्शदाता संस्था अल्फाबिटाले आफ्नो शाखा नेपालगञ्जमा पनि विस्तार गर्ने भएको छ । आगामी आइतबार अल्फाबिटाले नेपालगन्ज उपमहानगरपालिकास्थित धम्बोजीमा नेपालगञ्ज सेन्टरको समुद्घाटन गर्ने भएको हो । काठमाडौं उपत्यकाबाहिर बिर्तामोड, पोखरा इटहरी, चितवन, विराटनगर, दमकमा आफ्नो सेवा दिइरहेको अल्फाबिटाले अब नेपालगञ्जमा आफ्नो उपस्थिति देखाउने भएको हो । सोही दिन ‘इन्टरनेसनल एड्मिसन डे’ पनि आयोजना हुनेछ । बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुने यो मेलामा विभिन्न देशका प्रतिष्ठित युनिभर्सिटीहरुका प्रतिनिधिको सहभागिता रहनेछ । उक्त प्रतिनिधिसँग विद्यार्थीले प्रत्यक्ष भेटेर त्यहाँको शिक्षा नीति, भर्ना, छात्रवृत्ति तथा शुल्क, भिसा डकुमेन्टेसनलगायत आवश्यक सम्पूर्ण विषयको बारेमा बुझ्ने मौका पाउनेछन् । विगत लामो समयदेखि शैक्षिक परामर्श क्षेत्रमा कार्यरत अल्फाबिटाले इथि...
अब प्रहरीका एआईजीले पनि रातो पासपोर्ट पाउने

अब प्रहरीका एआईजीले पनि रातो पासपोर्ट पाउने

समाचार
काठमाडौं । नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) हरुले पनि कुटनीतिक राहदानी (रातो पासपोर्ट) पाउने भएका छन् । सरकारले राहदानी नियमावलीको दोस्रो संशोधन गर्दै राहदानी पाउनेहरुको सूचीमा एआईजीलाई थपेको हो । यो सूचीमा राष्ट्रिय अनुसन्धान विभागका अतिरिक्त मुख्य निर्देशक तथा नेपाली सेनाका उपरथी समेत रहेका छन् । यसअघि यो सूचीमा नेपाल सरकारका सचिव, नेपाली सेनाका प्रधान सेनापति र रथी तथा प्रहरीका महानिरीक्षकसम्म समावेश थिए । संशोधनले विशेष अवस्थामा साधारण तथा अस्थायी पासपोर्ट दिने व्यवस्थामा समेत संशोधन गरेको छ । विभिन्न कारणले देशमा राहदानी हराएमा वा नासिएमा वा अन्य कारणले जारी गरिने एकतर्फी यात्रा अनुमतिपत्रको अवधि ५ महिना कायम गरिएको छ । ...
वैदेशिक रोजगारमा विभिन्न देशहरूमा पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ

वैदेशिक रोजगारमा विभिन्न देशहरूमा पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ

समाचार
काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोलुखुम्बु नेचासल्यान गाउँपालिका-३ घर भई भक्तपुर बालकोट बस्ने २२ वर्षीया प्रितिका बास्तोला, चितवन भरतपुर महानगरपालिका-१० ज्ञानदर्शनटोल ठेगाना भएका ३६ वर्षीय शारदा सुवेदी र चितवन भरतपुर महानगरपालिका-४ त्रिचोक ठेगाना भएका २५ वर्षीय सुरज कँडेल रहेका छन् । पक्राउ मध्ये प्रितिकाले दुबई पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ, शारदाले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ र सुरजले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं टेकुबाट पक्राउ गरेक...