लाखौं चोट’ गीतको सार्वजनीकरण
- माधव घिमिरे 'अटल'
गीतकार ममिला पौडेल 'आस्था'को 'लाखौँ चोट.....' बोलको गीतको असार ९ गते स्वयम् गीतकार 'आस्था'को जन्मदिनको छेक पारेर विशाल उपस्थितिमाझ राजधानीमा लोकार्पण गरियो ।
कार्यक्रमको प्रमुख अभ्यागत थिए- गीतकार तथा चर्चित मुक्तककार रमेश पौडेल । त्यसरी नै कवि तथा गीतकार बमबहादुर थापा 'जिताली' विशिष्ट अतिथि थिए भने अन्य आगन्तुक पाहुनाहरू थिए- सङ्गीतकार तथा गायक विजय गौतम तथा नारायण लामा ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अभ्यागत पौडेलले ममिलाका शब्द, यसले अभिव्यक्त गर्ने भाव र भिडियोबीच सुरम्य तालमेल मिलेको बताउँदै शिवराज गौतमले यो म्युजिक भिडियोमा निकै न्याय गरेको भनी हौस्याए । आफूले अनेकन् गीत लेखेको खुलासा गर्दै तीमध्ये निकै कमले मात्र स्रोता र दर्शकको मन छुने दाबी गरे । ममिलाको बाटो अत्यन्त कठिन तर उज्जर रहेको पनि पौडेलको स्पष्टोक्ति थियो ।
त्यसरी नै विशिष्ट अतिथि जिता...








