३ आश्विन २०८२, शुक्रबार

विप्लव भेट्न प्रचण्ड हरिसिद्धि पुगे

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) लाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल हरिसिद्धि पुगे ।

विप्लव र  प्रचण्ड बिच साेमबार बिहान  १० बजेदेखि छलफल सुरू भएको अध्यक्ष दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।

माओवादी केन्द्रको स्थायी समिति बैठकले विप्लव नेतृत्वको नेकपासँग पार्टी एकता गर्ने निर्णय गरेको थियो।

तर नेकपाले भने पार्टी एकताको आधार प्रस्तुत गर्न माओवादीलाई आग्रह गरेको थियो।

यही सन्दर्भमा केन्द्रित रहेर उनीहरूबीच भेटवार्ता भएको छ।