केन्द्रीय समितिमा देउवामाथि शेखरका प्रश्नैप्रश्न, मागे जबाफ
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आजदेखि सुरू भएको छ।
केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा केन्द्रीय सदस्य शेखर कोइरालाले धारणा राखेका छन्। उनले विभिन्न विषयमा सभापति शेरबहादुर देउवा र सिंगो पदाधिकारीहरूलाई प्रश्नैप्रश्न राखे र जबाफ माग गरेका छन्।
उनले केही तितो वास्तविकता भन्ने प्रयास गरेको र यसमा कसैले चित्त नदुखाइदिनुहोला भन्दै पार्टीभित्र देखिएका विकृतिबारे कुरा राखेका थिए भने सभापति देउवासँग जबाफ मागेका थिए।
साथै कोइरालाले २०८२ मंसिरभित्रै १५ औं महाधिवेशन गर्नुपर्ने बताएका छन्।
अनुशासन समिति बैठकमा सभापति देउवाले आफूमाथि कारबाहीको कुरा गरेकोसमेत उल्लेख गर्दै उनले 'केका आधारमा मलाई कारबाही गर्ने कुरा गरियो?' भन्ने प्रश्न गर्दै जबाफ मागेका छन्।
‘अनुशासन समितिको बैठकमा पार्टी सभापतिज्यूले चितवनमा दिनेश कोइरालालाई शेखर कोइरालाले उठा...








