काठमाडौं : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी) ले निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)लाई ८ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ ।समाजवादी कम्युनिस्ट पार्टी नेपाल निकट बिद्यार्थी संगठनका केन्द्रीय अध्यक्ष मुक्ति गैरेकाे नेतृत्वमा पुगेको टाेलिले प्याब्सन जिल्ला अध्यक्ष नवराज भट्टलाई उक्त ८ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हाे । ध्यानाकर्षण पत्र बुझाउदै अध्यक्ष गैरेले आफ्ना मागहरू पुरा नभए चरणबद्ध संघर्ष गर्ने समेत चेतावनी दिए । काठमाडौं प्याब्सनका जिल्ला अध्यक्ष नवराज भट्टले आफुहरु मुद्दाबारे गम्भीर बनेको समेत बताएका छन् ।