२ भाद्र २०८२, सोमबार

शिक्षा मन्त्री सहित शिक्षा अधिकारीहरुलाई क्रान्तिकारीको चेतावनी

काठमाडौं ;समाजवादी कम्युनिष्ट पार्टी नेपाल निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) केन्द्रीय समितिले शिक्षामन्त्री रघुजी पन्तलाई चेतावनी पत्र पठाएको छ ।

संगठनले चिकित्सा शिक्षा आयोगको २२औँ बैठकलाई ‘मेडिकल माफियासँग मिलेर रातारात बसेको गोप्य बैठक’ को विशेषण दिँदै त्यसप्रति आपत्ति जनाएको छ ।

अखिल (क्रान्तिकारी) का अनुसार बैठकले नवऔपनिवेशिक पुँजीवादी दलाल शिक्षालाई प्रोत्साहन गर्न सरकारी मेडिकल कलेजमा अध्ययन गर्ने विद्यार्थीहरूको अधिकार खोस्दै निजी मेडिकल कलेजलाई फाइदा पुग्ने निर्णय गरेको आरोप लगाएको छ ।

चेतावनी पत्रमा संगठनले लेखेको छ, ‘२०८२ साउन ५ गते शिक्षा मन्त्रालयका सचिव चुरामणि पौडेलमार्फत् मन्त्री रघुजी पन्तलाई १५ बुँदे मागपत्र बुझाएका थियौं। त्यसैगरी साउन ८ गते चिकित्सा शिक्षा आयोगका निमित्त उपाध्यक्ष डा. सुदीप आचार्य र सदस्य सचिव अणप्रसाद न्यौपानेमार्फत उपाध्यक्ष डा. अन्जली झा र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्का सदस्य सचिव महेश भट्टराईलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका थियौं।’ तर ती मागलाई बेवास्ता गर्दै आयोगले साउन २९ गते मध्यरात मेडिकल माफियाको संलग्नतामा बैठक बस्दै एमबी बीएस, बीडीएस, बीएससी नर्सिङ, बिफर्मा, बिपिएच, बीएनएस लगायतका तहमा सिट संख्या वृद्धि गर्ने निर्णय गरेको भन्दै संगठनले गम्भीर आरोप लगाएको हो ।

संगठनले भनेको छ, ‘प्रधानमन्त्री स्वयं उपस्थित भएर मेडिकल माफियासँग मिलेर गरिएका निर्णयप्रति हाम्रो संगठन घोर भत्र्सना गर्दै कडा विरोध गर्दछ । हाम्रा माग तत्काल सम्बोधन गरी रातारात गरिएका यस्ता कुकार्य फिर्ता लिन आग्रह गर्दछौं। अन्यथा आजदेखि घोषणा गरिएका संघर्षका कार्यक्रम कठोर रूपमा कार्यान्वयन गर्नेछौं । यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी सरकारले नै लिनुपर्नेछ ।’

संगठनले पठायकाे पत्र यस्तो छ ;