२ भाद्र २०८२, सोमबार

शिक्षा मन्त्रीदेखि सदस्य सचिवलाई अखिल क्रान्तिकारीद्वारा सामाजिक बहिष्कारकाे घाेषणा

काठमाडौं :समाजवादी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी) ले शैक्षिक माफिया संग मिलि शैक्षिक व्यापार गरेको भन्दै सामाजिक बहिष्कार गरेको छ ।

आज उक्त संगठनले “देश लुट्ने लुटेरा निजिहरुलाई पोस्ने ! जनताहरुको सरकारिलाई माँस्ने !! खाने जनताहरुको कर ! लाज सरम छैन् केहीको डर !!” भन्दै “तसर्थ जनताहरुको कर खाएर जनताहरु माथि नै शोषण गर्न शैक्षिक माफियाको मतियार बनेकोले प्रविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्, सानोठिमी भक्तपुरका सदस्य सचिव महेश भट्टराईलाई सामाजिक बहिष्कार गरौं !” भन्ने डिजिटल ब्यानरमा लेखी सामाजिक बहिष्कार कार्यक्रम गरेको जनाएको छ ।

उक्त संगठनले मिति २०८२ साउन ३० गते चेतावनी पत्र समेत सार्वजनिक गरेकाे थियाे ।

१) २०८२ साउन ३१ गते सरकारका प्रधानमन्त्रीलाई शिक्षा मन्त्री, सचिव, चिकित्सा शिक्षा आयोगका अध्यक्ष र सदस्य सचिव मार्फत उक्त निर्णय तत्काल सच्याउन र प्रस्तुत गरिएका हाम्रा ध्यानाकर्षण तत्काल कार्यान्वयन गर्न आग्रह गर्दै चेतावनी पत्र पठाउने।,

२) २०८२ भदौ १ गते बुझाईएका ध्यानाकर्षण कार्यान्वयन गर्न दबाब दिने उदेश्यले शिक्षा मन्त्री, शिक्षा सचिव, चिकित्सा शिक्षा आयोगका अध्यक्ष र सदस्य सचिवहरुको तस्बिरहरू सहित कालो व्यानर प्रदर्शन गर्दै सामाजिक बहिष्कार गर्ने।,

३) २०८२ भदौ २ गते मेडिकल कलेजका माफियाहरुको तस्बिरहरू सार्वजनिक गर्दै सामाजिक बहिष्कार सहितको कालो ब्यानर प्रदर्शन गर्ने।,

४) २०८० भदौ ३ गतेदेखि क्रमशः उक्त कार्यमा संलग्न सरकारका प्रधानमन्त्री, शिक्षा मन्त्री, सचिव, चिकित्सा शिक्षा आयोगका अध्यक्ष, सदस्य सचिव र मेडिकल माफियाहरुको पुत्ला दहन गर्ने। लगायतका कार्यक्रमहरु घाेषणा गरि अगाडि बढेको जनाएको छ ।