२ आश्विन २०८२, बिहीबार

हिमालयन सोसिएल जर्नीका अध्यक्ष एवं सफल पर्यटन व्यवसायी रामप्रसाद सापकोटा युनिप युएन नेपाल ग्लोरी अवार्ड २०२५ बाट सम्मानित

बैंकक (थाइल्याण्ड) – हिमालयन सोसिएल जर्नीका अध्यक्ष एवं सफल पर्यटन व्यवसायी रामप्रसाद सापकोटा युनिप युएन नेपाल ग्लोरी अवार्ड २०२५ बाट सम्मानित भएका छन ।

नेचर इन्टरनेशनल पीस (युएनआईपी) र ग्लोरी मिडिया नेपालको संयुक्त आयोजनामा सोमबार थाइल्याण्डको राजधानी बैंककस्थित प्रिन्सटन होटलमा आयोजित बिशेश कार्यक्रममा युएनआईपी थाइल्याण्ड अध्यक्ष डा. श्रीवान किङ्जुन भिक्षु डा. राजु लामा पी कोन्दन कार्यक्रम संयोजक सरोज ओझा लगाएतले नेपालको पर्यटन क्षेत्रमा गरेको योगदानको उच्च मुल्यांकन गर्दै सापकोटालाई अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित गरेको हो ।

धादिङ जिल्लाको दुर्गम गाउँ त्रिपुरासुन्दरी ७, अचनेमा जन्मिएका सापकोटा होटल, टाभल, हेलिकप्टर ,हाइड्रोपावर व्यवसाय सँगसँगै समाजसेवामा पनि उत्तिकै सक्रिय छन् ।

सापकोटाले आफ्नो आधा शताब्दीमा गरेका कर्म र भोगाइहरुलाई पुस्तकका माध्यमबाट पर्यटन क्षेत्रका विकृति विसंगतीको अन्त्यका लागि बाटो देखाएका छन् ।