जाजरकोट । जिल्लाको कुशे गाउपालिका वडा न.५खुर्पाकाे दहमा चट्याङ लागेर चारवटा पशु चाैपाय मरेका छन ।
आईतवार दिउसाे ३:३० बजे तिर भारि वर्षा संगै एक्कासि चट्याङ परेपछि थलाेमा बाधेर घाँस खादै गरेका २वटा गाेरु , एउटा गाई र एउटा भैंसी मरेका हुन ।
जाजरकोट । बारेकोट गाउँपालिका वडा न. ५तोल्खाना निवासी ३२ वर्षकी
रेवति शाही सिंहको चट्याङ लागेर मृत्यु भएको छ।
आईतवार दिउसो करिब ३ः३० बजे परेको चट्याङबाट गाई गुवाला गएकी सिंहको मृत्यू भएको हो ।
आफ्नो गाउँ तोल्खान देखि करिब एक किलोमिटर टाढा गाइ चराउन गएकी सिंह आफ्नै गाउँकी एकजना करिव १२ वर्षकी जगता सिंह नामकी साथी सँगै बसी रहेको अवस्थामा उनको शरिरमा एक्कासि चट्याङ लागेको हाे । उनीसँगै बसेकी बालीकालाइ भने केहि नभएको र उनै बालीकाले स्थानीयलाइ खबर गरेकी हुन, स्थानीयका अनुसार चट्याङ लागेको केही समय पछी मृत्यु भएको बुझिएको छ। ईलाका प्रहरी कार्यलय नायकवाडाका प्रहरी हवल्दार महेन्द्र प्रशाद जैसीका अनुसार मृत सिंह लाई पोस्टम्याटको लागि आधारभुत अस्पताल लिम्सा पुर्याइएको छ ।...
काठमाडौं । अखिल नेपाल शिक्षक संगठनले दिवंगत हुनुभयका संगठनका तत्कालीन केन्द्रीय सदस्य तथा नेपाल शिक्षक महासंघका अर्थ उप महासचिव शेर बहादुर अधिकारी लाई मरणाेपरान्त सम्मान पत्र प्रदान गरेकाे छ ।
संगठनकाे काठमाडौंमा भयकाे साताै राष्ट्रिय सम्मेलनमा अधिकारी कि छाेरी शाेभा अधिकारी लाई उक्त सम्मान पत्र हस्तान्तरण गरियकाे थियाे ।
शेर बहादुर अधिकारी पेशाले शिक्षक थिय, लाेक गायक, संगितकार , कवि, नाटककार , प्रगतिशील लेखक पनि थिय । २०५२/चैत १२ गते देखि रेडियो नेपालमा स्वर परिक्षामा पास भयका अधिकारीका दुई दर्जन भन्दा बढि गितहरु रेकर्ड भयका छन । भने जाजरकोट चिनारी ,जाजरकोट स्थानीय भाषा र स्तरिय नेपाली बिचकाे व्यत्तिरेखि विश्लेषण,जाजरकोटि लाेक साहित्य (गित,नृत्य र स्रष्टा चिनारी ),शेर बहादुर अधिकारीका रचनाहरु( कथा,नाटक र निबन्ध ),विश्रृङखलित सपनाहरु(कविता संग्रह ) विभिन्न पत्रपत्रिका हरुमा लेख रचना ह...
काठमाडौं ।अखिल नेपाल शिक्षक संगठनको सातौं राष्ट्रिय सम्मेलनको उद्घाटन समारोह सुरु भएको छ । शुक्रबार काठमाडौंको परोपकार सेवा केन्द्रको हलमा संगठनको सम्मेलन सुरु भएको थियाे।
संगठनका केन्द्रीय अध्यक्ष घनश्याम पाठकको अध्यक्षता, शहीद बेपत्ता परिवारका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता एकराज भण्डारीकाे प्रमुख आतिथ्यता र देशैभरीबाट सम्मेलनमा सहभागि देशभक्त शिक्षकहरूको उपस्थितिमा सम्मेलन समारोह सुरु भएको हो ।
अखिल नेपाल शिक्षक संगठनको सम्मेलनकाे बन्ध सत्र र समापन आज हुने बताईयकाे छ ।संगठनको केन्द्रीय कमिटी र पदाधिकारी काे पनि आजै टुंगो लगाईने बताईयकाे छ। ...
काठमाडौं ।जगदुल्ला जलविद्युत् आयोजना निर्माणका लागि विभिन्न क्षेत्रबाट लगानी जुटन थालेको छ।डोल्पाको जगदुल्ला गाउँपालिकामा बाध र मुड्केचुला गाउँपालिकाको इलमा विद्युत उत्पादन गृह रहने प्रस्ताव गरिएको जगदुल्ला अर्धजलाशय जलविद्युत् आयोजना १०६ मेगावाटको निर्माण गर्न लगानी जुटाउने कार्य जारी छ।
कुल ३५ करोड लागतको अनुमान गरिएको यो आयोजनाका लागि कर्णाली प्रदेश सरकारले पहिलो चरणमा ११ लाख ७१ हजार ५०० कित्ता शेयरको ११ करोड ७१ लाख ५० हजार रुपैयाँ उपलब्ध गराएको थियो। त्यस्तै दोस्रो चरणमा ६ करोड यो आर्थिक वर्षमै भुक्तानी गरिसकेको छ। आयोजनाको कुल लगानीको ५ प्रतिशत शेयर कर्णाली प्रदेश सरकारले उपलब्ध गराउने छ।
त्यस्तै हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले जगदुल्ला जलविद्युत आयोजनामा ऋण लगानी गर्न सहमति भइ आयोजनाहरुको प्रस्तावका आधारमा कम्पनीको बोर्डले ऋण लग...
काठमाडौं ।अमेरिकी परियोजना एमसीसी कार्यान्वयन सुरुवात भएको विरोधमा चार कम्युनिस्ट पार्टीले आज नारा जुलुस सहित काेणसभा सम्पन्न गरेका छन ।
बुधबार माेहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल , विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी ,आहुति नेतृत्वको बैज्ञानिक समाजवादी पार्टी ,र ऋषिराम कट्टेल नेतृत्वको नेकपाकाे सयुक्त आयाेजनामा बिराेध कार्यक्रम सम्पन्न भयकाे हाे ।
कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता धर्मेन्द्र वास्तोला नेकपा का महासचिव विप्लव,प्रवक्ता प्रकाण्ड, नेकपा का अध्यक्ष ऋषिराम कट्टेल , पूर्व सुरक्षा परिषदका प्रवक्ता हेमसंकर गिरी, नेपाली सेनाका पूर्व जर्नेल प्रेमसिंह बस्न्यात र विद्रोही मशालका नेता चिन्तामणी पोखरेलले सम्बोधन गरेका थिए ।
कोणसभाको संचालन नेकपा पोलिटब्युरो सदस्य माइला लामाले गरेका थिए । सभालाई सम्बोधन गर्ने सबै वक्ताले एमसी...
काभ्रे बनेपा।काभ्रे जिल्लामा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सहितको चार कम्युनिस्ट पार्टीले अमेरिकी परियाेजना एमसिसि कार्यन्वयनका लागि बिरोध गर्दै जूलूस सहित काेणसभा सपन्न गरेका छन ।
बुधबार जिल्लाकाे बनेपा स्थित तिनदोबाटोबाट सुरु भएको बिरोध जुलुस चारदोबाटोमा गएर कोणसभामा परिणत भएको थियो।
बिरोध सभामा बाेल्दै नेताहरुले एम सिसि नेपाली जन्ताका लागि घातक परियाेजना भयकाेले कुनै हालतमा कार्यन्वयन हुन नदिने बताय। कोण सभामा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालक जिल्ला इन्चार्ज सोमान सिंह तामाङ जिल्ला संयोजक बिनयराज शर्मा ,नेकपाको प्रतिनिधि समीर श्रेष्ठले मन्तब्य राखेका थिय।।कार्यक्रममा सयौंको सङ्ख्यामा उपस्थित रहेको थियो। कार्यक्रमको सन्चालन क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका जिल्ला सह संयोजक ढोग प्रसाद अधिकारीले गरेका थिए।
...
काठमाडौं ।काठमाडौंबाट नेपालगन्ज जादै गरेको बस पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको बर्दघाटमा दुर्घटना भएको छ ।
९०११ नम्बरको रात्रि बस अनियन्त्रित भएर पल्टिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका डीएसपी भोजराज पाण्डेका अनुसार घाइतेहरुको चिसापानी अस्पताल बर्दघाटमा उपचार भइरहेको छ । सातजना घाइते भएको जनाइएको छ ।
दुघर्टनापछि सवारी चालक फरार रहेको र उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । पूर्व–पश्चिम राजमार्ग विस्तारको क्रममा रहेको र सडकमा खाल्डा–खुल्डी बढी भएकाले यो क्षेत्रमा दुर्घटनाको जोखिम बढेको छ ।...
काठमाडौं । एमसिसि बिरुद्ध चार कम्युनिस्ट पार्टीले संयुक्त कार्यक्रम गर्ने भयका छन ।एमसीसी परियोजनाका प्रतिनिधी र नेपाल सरकारका प्रतिनिधिबिच आगामी ५ वर्षभित्र कार्यान्वयन गरी सक्ने सहमतिमा भाद्र १३ गते हस्ताक्षर गर्ने षड्यन्त्रप्रति चार कम्युनिस्ट पार्टीले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै जनसंघर्षको कार्यक्रम घाेषणा गरेका छन् ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका अध्यक्ष "किरण", नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव,नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका महासचिव आहुतीले आज संयुक्त प्रेस विज्ञप्ति जारी गरी भाद्र १३ गते देशव्यापी संयुक्त विरोध प्रदर्शन,र काठमाडाैँ उपत्यकाकाे माइतिघर मण्डलाबाट दिउँसो ३ बजे संयुक्त विरोध प्रदर्शन गर्ने गरि संघर्षका कार्यक्रम घाेषणा गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ,’हामी चार पार्टी ५ वर्षभित्र एमसीसी परियो...
काठमाडौं ।प्रधानमन्त्री पुष्पकमल दाहालका प्रशासन सल्लाहकार तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामदिप आचार्यले माओबादी पाटीको तिन महिने अभियान सामाजिक न्याय र सुशासन मुखि हुने बताए । सरकारले चलाएको सुशासन अभियान दिर्घकालिन रहेको बताए । माओवादी पार्टीले यहि १६ गते देशभर एकैपटक सूरु गर्ने अभियानको यस्तो लक्ष रहेको बताएका हुन ।
तातोपानी गाउँपालिकामा पाटीको बिस्तारीत बैठकको लागी जुम्ला पुगेका आचार्यले पार्टी सुदृढका लागि चलाउने अभियानको उद्घाटन भदौ १६ गते देशभर एकै पटक प्रधामन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ६ हजार ७४३ वटा वटामा अनलाइन मार्फत गर्ने भएका छन ।
आचार्यले सरकारले चलाएको सुशासनको अभियान वरु सरकार जान्छ तर अभियान नरोकिने प्रधानमन्त्रीले प्रतिवद्धता बताए । उनले प्रधानमन्त्री पुष्पकमल दाहालको पालामा यस पटक शुरुवात गरिएको अभियान जोखिम तर दिर्घकालि...