६ आश्विन २०८१, आईतवार

राष्ट्रिय

भेरि ज्ञानाेदय क्याम्पस जाजरकोटमा नेविसंघका  प्रकाश सिंह विजयी

भेरि ज्ञानाेदय क्याम्पस जाजरकोटमा नेविसंघका प्रकाश सिंह विजयी

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, शिक्षा, समाचार
जाजरकोट । मध्यपश्चिम विश्वविद्यालय अन्तरगत आंगिक क्याम्पसका रुपमा सदरमुकाम खलंगामा रहेको जाजरकोटकाे पहिलाे क्याम्पस भेरी ज्ञानोदय बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा  नेपाल बिद्यार्थी संघका प्रकाश सिंह विजयी भयका छन ।आईतबार भएको निर्वाचनमा सिंहले ११० मत ल्याएर निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी अनेरास्ववियूका छविराज सिंहले ८० मत प्राप्त गरेका छन् । एकीकृत समाजवादी निकट अनेरास्ववियूका प्रेम विश्वकर्माले ४० मत प्राप्त गरेका छन् । यस्तै सचिवमा अखिल क्रान्तिकारीका भुपेन्द्र नेपाली निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी अनेरास्ववियूका मालबहादुर सिंहले ६१ मत प्राप्त गरेका छन् । एकीकृत समाजवादी निकट विद्यार्थी संगठनका पुष्पराज वलीले ५१ मत प्राप्त गरेका छन् । कोषाध्यक्षका अखिल क्रान्तिकारीका विनोद राज गोसाई निर्वाचित भएका छन् । उनले १२९ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी प्रतिमा खत्री...
त्रिविका ६२ आंगिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसहरुमा स्ववियु निर्वाचन हुँदैछ

त्रिविका ६२ आंगिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसहरुमा स्ववियु निर्वाचन हुँदैछ

Breaking News, निर्वाचन, राजनीति, राष्ट्रिय, शिक्षा, समाचार
५ चैत, काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को नेतृत्वका लागि मतदान सुरु भएको छ । त्रिभुवन विश्वविद्यालयका क्याम्पसहरूमा बिहान ८ बजेदेखि मतदान सुरु हुने तय भए पनि केही समय ढिला मतदान सुरु भएको हो । केही कलेजहरूमा भने अझै पनि मतदान सुरु हुन सकेको छैन । मतदान अपराह्न चार बजेसम्म जारी हुनेछ । निर्वाचनलाई लक्षित गरी क्याम्पसहरूमा सुरक्षा व्यवस्था कडा पारिएको छ । स्ववियु अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् । यसैगरी उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य भने समानुपातिक प्रणालीबाट चुनिनेछन् । त्रिविका ६२ आंगिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसहरुमा स्ववियु निर्वाचन हुँदैछ । कतिपय क्याम्पसमा भने निर्विरोध नेतृत्व चयन भएको छ । विद्यार्थी संख्या र अवस्था हेरेर मतपरिणाम सार्वजनिक छिटो/ढिलो हुनसक्ने त्रिविले जनाएको ...
चैत ५ प्रतिरोध अर्थात, आक्राेश र प्रतिबद्धताको दिन

चैत ५ प्रतिरोध अर्थात, आक्राेश र प्रतिबद्धताको दिन

Breaking News, राष्ट्रिय, विचार, शिक्षा, संस्कृति, समाचार
२०५५ साल चैत ५ गते अखिल नेपाल जनसांस्कृतिक महासङ्घका केन्द्रीय सदस्य च्याङ्बा लामासहित चिनीमाया तामाङ, गुम्बासिं तामाङ, सुभद्रा सापकोटा, डम्बर श्रेष्ठ, निर्मला देवकोटा र मञ्जु कुँवर मादल, बाँसुरी, हार्मोनियम बोकेर काभ्रेपलान्चोक जिल्लाको अनेकोटमा पुगे । उनीहरू अनेकोटकै एक घरमा बसे । भोक, थकाइ र अनिंद्राका बिच पनि उनीहरूले त्यहाँ गरिबी, उत्पीडन र उन्मुक्तिको गीत गाए । गीत टुङ्ग्याउन नपाउँदै एमालेको सुराकीमा गएका प्रहरीहरूले जनताका कलाकार बसेको घरलाई घेरा हालेर अन्धाधुन्द गोली बर्साउन थाले । ताकेरै जनताका कलाकारको छाती फोडियो । रगतको भेल बग्यो । जनकलाकारका मादल फुटाइयो, बाँसुरी भाँचियो, गितारका तारहरू छिनालियो अनि घरमा आगो लगाइयो । जनताका कलाकारहरूले फासिस्ट सत्ता र तिनका मतियारका विरुद्ध यथासक्दो प्रतिरोध पनि गरिरहे । रक्तमुछेल जनकलाकारहरू दन्कँदो आगोका लप्काका बिच पनि महान् जनयुद्ध जिन्दाव...
जिउदा मान्छे पनि राष्ट्रिय सहिद घाेषणा

जिउदा मान्छे पनि राष्ट्रिय सहिद घाेषणा

Breaking News, राष्ट्रिय, विचार, शिक्षा, समाचार, स्वास्थ
काठमाडौं  । सरकारले सार्वजनिक गरेको शहीदको सूचीमा जिउँदा मान्छेको पनि नाम समावेश भएको पाइएको छ । डोटीको बडीकेदार गाउँपालिका–२ (साविकको बर्छैन गाउँ विकास समिति–८) का ५९ बर्षीय चक्रबहादुर मटेलीको नाम शहीदहरुको सूचीमा छ । फागुन १५ गते सरकारले सशस्त्र बिद्रोहका साथै विभिन्न आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरुलाई सम्मान स्वरुप शहीद घोषणा गर्ने निर्णय गरेको थियो । फागुन २९ गते प्रकाशित राजपत्रमा जिउँदा व्यक्ति मटेलीलाई पनि शहीदको सूचीमा राखिएको छ । डोटी जिल्लाबाट शहीद घोषणा गरिएका ६३ जनामध्ये मटेलीको नाम ४२ औं नम्बरमा छ । राजपत्रमा २०५९ साल बैशाख १९ गते मटेलीको मृत्यु भएको उल्लेख छ। मटेली २०५९ साल वैशाख १९ गते बर्छैनको छेडामा तत्कालीन शाही नेपाली सेनाले गरेको आक्रमणमा परी घाइते भएका थिए । उनको घाँटी, मुख र पाखुरामा गोली लागेको थियो । उनी भन्छन् ‘मलाई मर्‍यो भनेरै छोडेका हुन...
चार कम्युनिस्ट पार्टीकोआयाेजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न

चार कम्युनिस्ट पार्टीकोआयाेजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न

Breaking News, राजनीति, राष्ट्रिय, विचार, शिक्षा, समाचार
काठमाडौं ।धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत),माेहन वैद्य नेतृत्वको  नेकपा (क्रान्तिकारी माओवादी),राम नारायण पाल नेतृत्वको  माओवादी कम्युनिस्ट पार्टी नेपाल र गाेपाल किराँती नेतृत्वको  नेकपा (माओवादी)ले शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्याय व्यवस्थापन’ विषयमा अन्तरक्रिया गरेका हुन । शनिवार काठमाडौं काे अनामनगर स्थित संवाद डब्बलीमा संचालित कार्यक्रममा क्रान्तिकारी माओवादीका स्थायी कमिटि सदस्य सि पि गजुरेल , नेकपा बहुमतका संयोजक  धर्मेन्द्र बास्ताेला ,नेकपा ( माओवादी )का अध्यक्ष गाेपाल पाेखरेल, माओवादी कम्युनिस्ट पार्टी नेपालका महासचिव रामनारायण पाल ले मन्तब्य राख्दै शान्ति प्रक्रिया लाई निष्कर्षमा पुर्‍याउनका लागि न्याय ब्यवस्थापन का लागी सबै पुर्व माओवादीहरु एक हुनु पर्ने र याे दलाल ब्यवस्थाले जसरि सत्यनिरूपण तथा मेलमिलाप आयाेगलाई दुरुपयोग गरेर फेरि द्वन्द्व निम्त्याउन खा...
जनयुद्धमा मारियकाहरु राष्ट्रिय सहिद घाेषणा

जनयुद्धमा मारियकाहरु राष्ट्रिय सहिद घाेषणा

Breaking News, राष्ट्रिय, विचार, संस्कृति, समाचार
१० वर्षे सशस्त्र जनयुद्धका क्रममा ज्यान गुमाएका सहिदहरूको नामावली नेपाल राजपत्रमा प्रकाशित भएको छ। मन्त्रिपरिषद बैठकको निर्णय अनुसार राजपत्रमा नामावली प्रकाशित भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ। गत फागुन १५ गते बसेको मन्त्रिपरिषद बैठकले जनयुद्धदेखि विस्तृत शान्ति सम्झौताको अवधिसम्म भएका सहिदहरूको नामावली राजपत्रमा प्रकाशित गरी राष्ट्रिय सहिदको मान्यता दिने निर्णय गरेको थियो। मन्त्रिपरिषदको निर्णयपछि गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयमा पत्र पठाई सहिदहरूको अभिलेख माग गरेको थियो। ७७ जिल्लाबाट प्राप्त सोही अभिलेखका आधारमा सहिदहरूको नामावली राजपत्रमा प्रकाशित भएको छ। जसमा ८ हजार ३ सय ७१ जनाको नाम समावेश छ । जनयुद्धका सहिदहरूले राष्ट्रिय सहिदको मान्यता पाउनुपर्ने माग बारम्बार उठ्दै आएको भएपछि उनीहरूले राष्ट्रिय सहिदको मान्यता पाउन सकेका थिएनन्।...
भन्सार सेवा पारदर्शी र ब्यावसायी मुखि भयकाे छ  : चक्र बहादुर बुढा महानिर्देशक भन्सार बिभाग

भन्सार सेवा पारदर्शी र ब्यावसायी मुखि भयकाे छ : चक्र बहादुर बुढा महानिर्देशक भन्सार बिभाग

Breaking News, अर्थवाणिज्य, पुर्वाधार, राष्ट्रिय, समाचार
भन्सार सेवा पारदर्शी र व्यावसायिक बनाउन हामीले कुनै कसर बाँकी राखेका छैनौं । भन्सारको प्रक्रिया भनेको सबैभन्दा पहिला वस्तु निर्यात वा आयातका लागि भन्सार बिन्दुमा आउनुपर्छ । भन्सारमा आएको वस्तुलाई एजेन्टले घोषणा गर्छ । त्यो घोषणा कम्प्युटरमा भर्ने हो । यो यस्तो प्रणालीको डकुमेन्ट हो, जो जुनसुकै भन्सारबाट भरे पनि नेपालका सबै भन्सार कार्यालय, विभाग र मन्त्रालयमा थाहा हुन्छ । कुन वस्तु कसरी आयो ? के हो, लगायत सबै विवरण भन्सारको नियमानुसार कुन कुन च्यानलमा जानुपर्ने हो सोही च्यानलमा जान्छ । भन्सारका सामान पास हुने तीन वटा च्यानल छन् । पहिलो ‘ग्रिन च्यानल’ बाट भन्सार जाँचपास हुने भन्ने घोषणा गरिएको सामान कम जोखिमको भन्ने हुन्छ । यो च्यानलबाट घोषणा भएको सामानकोे कागज र भौतिक परीक्षण केही पनि गरिन्न । यस्तै अर्को हुन्छ ‘एल्लो च्यानल’ । यसमा भन्सार पास गर्ने भनेर घोषणा गरिएको वस्तुको कागजात ...
चिहानकाे खाेजि :पवित्र राना (विनय )

चिहानकाे खाेजि :पवित्र राना (विनय )

Breaking News, कविता, राजनीति, राष्ट्रिय, विचार
चिहानको खोजी !!! युद्धको राप सेलायो, कल्पना भित्रका समाजबादको मान्छेहरु शहर पसे अनि समय शुन्य बन्यो । कतै कतै त्रासका बाछिटाहरुले धमिल्याउथे मस्त सुतिरहेका समुन्द्रका तरङ्ग हरुलाई क्रम भंङ्ग हुन्थ्यो बगरेहरुको मन फेरि लुकाउन खोज्थे हिटलरको स्वभाव । सुनौलो सपनाका आशा बोकायर अबोध बुद्दीहरुलाई गरिबका झुपडीहरुलाई निमुखा मनहरुलाई असरल्ल छोडे चिहानका भट्टीहरुमा । कति धेरै खोजे भक्खरै जिबनको पोथ्रा पलाएका भोलिको आस गरेर बाँचेका निर्दोष आत्माहरुलाई कतै भेटेन र देखेन पनि । बारुदले मरेका जुवाहरु लन्चरले भक्नाअबशेष भित्ताहरु सबै सबै उदीने बाजे बसेको घाम थारी बसन्त तुहिएर झोक्राएको वर र पिपल चौतारी अँधेरी खोलाको पातलंगा जहाँ तही छाँद मारे कतै भेटेन र देखेन पनि । छोरा छोरी फर्कने आशामा हेर्दा हेर्दै बार्दलीका दल्यानहरु कुहियर गली सके सालघारीका केही आदिवासी ...
उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादव निर्वाचित

उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादव निर्वाचित

Breaking News, अर्थवाणिज्य, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार
काठमाडौं ।जसपाका संसदिय दलका नेता रामसहाय प्रसाद यादव संघीय गणतन्त्र नेपालको तेस्रो उपराष्ट्रपतिमा निर्वाचित भएका छन् । संघीय संसद् भवन बानेश्वरमा शुक्रबार सम्पन्न उपराष्ट्रपति चुनावमा यादव निर्वाचित भएका हुन् । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको नतिजाअनुसार यादवको पक्षमा ५१३ जना सांसदले मतदान गरेका छन्। उनलाई संघीय संसदका १८४ र प्रदेशसभातर्फका ३२९ सांसदले मत दिएका छन्। विजयी यादवले प्रदेशसभातर्फ १५ हजार ७९२ मतभार पाएका छन्। उनले संघीय संसदतर्फ १४ हजार ५३६ मतभार ल्याएका छन्। उनको पक्षमा ३० हजार ३२८ मतभार परेको हो। यस्तै उपराष्ट्रपति पदको एमाले उम्मेदवार अष्टलक्ष्मी शाक्यले संघीय संसदतर्फ १०४ र प्रदेशसभातर्फ १६९ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । यस्तै, जनमत पार्टीकी ममता झाले संघीय संसदतर्फ २३ र प्रदेशसभातर्फ १५ मत पाएकी छन् । उम्मेदवारी नि...
उपराष्ट्रपति निर्वाचन मत गणना सुरु

उपराष्ट्रपति निर्वाचन मत गणना सुरु

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार
काठमाडौं।उपराष्ट्रपतिको निर्वाचनको मतगणना सुरु भएको छ । नयाँ उपराष्ट्रपतिको निर्वाचनका लागि शुक्रबार भएको मतदान सकिएको केही समय पछि नयाँ बानेश्वरस्थित संसद् भवनमा नै मतगणना सुरु भएको हो । बिहान १० देखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म सकिएको थियो । मतगणनापछि  शुक्रबार नै उपराष्ट्रपति निर्वाचनको प्रमाणपत्र प्रदान गरिने तयारी रहेको निर्वाचन आयोगले जनाएको छ । मतदानमा ३११ सङ्घीय सांसद र ५१८ प्रदेशसभा सदस्य गरी ८२९ जनाले मतदान गरे । संघीय संसदका ३३४ जनामध्ये ३११ जनाले मतदान गरेका छन् । प्रदेशसभाका ५५० जनामध्ये ५१८ जनाले मतदान गरेका छन् । उपराष्ट्रपतिको निर्वाचनमा संघीय संसदका २१ जना अनुपस्थित भएका थिए । उपराष्ट्रपति पदको निर्वाचनका लागि नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य (बोहरा), सत्ता गठबन्धनको तर्फबाट जसपाका रामसहायप्रसाद यादव, जसपाकै प्रमिला कुमारी यादव र जनमत पार्टीकी ममता झा गरी च...