८ आश्विन २०८१, मंगलवार

राष्ट्रिय

चार दिने भारत भ्रमण सकेर प्रधानमन्त्री स्वदेश फिर्ता

चार दिने भारत भ्रमण सकेर प्रधानमन्त्री स्वदेश फिर्ता

Breaking News, अर्थवाणिज्य, राजनीति, राष्ट्रिय, समाचार
काठमाडौं ।चार दिने भारत भ्रमण पूरा गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शनिबार साँझ स्वदेश फर्किएका छन् । शनिबार साँझ उनी नेपाल वायु सेवा निगमको विमानबाट काठमाडौं आएका हुन् । गत बुधबार भारत भ्रमणमा गएका प्रधानमन्त्री प्रचण्डले भ्रमणका क्रममा ऊर्जा ब्यापार सम्झौतालगायत विभिन्न सम्झौता तथा समझदारी भएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उनले प्रतिनिधिमण्डलस्तर र वान अन वान पनि भेटवार्ता गरेका थिए । त्यस्तै उनले भारतको इन्दोरमा फोहोर व्यवस्थापन प्रणालीको पनि अवलोकन गरेका थिए । प्रधानमन्त्रीले भारत भ्रमणको क्रममा नेपाली समुदायसँग भेट गर्नुका साथै भारतका निजी क्षेत्रका प्रतिनिधिसँग पनि भेटवार्ता गरेका थिए ।  ...
प्रचण्डलाई कालाे झण्डा देखाने तयारी गरेका वैद्य का कार्यक्रता गिरफ्तार

प्रचण्डलाई कालाे झण्डा देखाने तयारी गरेका वैद्य का कार्यक्रता गिरफ्तार

Breaking News, राजनीति, राष्ट्रिय, समाचार
काठमाडौं ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कालो झण्डा देखाउने तयारी गरेका मोहन वैद्य 'किरण' नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका १३ जना नेताहरूलाई प्रहरीले गिरफ्तार गरेको छ । उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेट अगाडिबाट शनिबार प्रहरीले नियन्त्रणमा लिएको हो । गिरफ्तार पर्नेमा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रीय सदस्य केबि मल्ल, अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष मिलन राई, हरिकृष्ण गजुरेल, उपाध्यक्ष बिरेन्द्र शाह, सचिव उषाकिरण आजात, युवा जनस्वयमसेवक नेपालका महासचिव झलक विक, कोषाध्यक्ष कविता कार्की, विद्यार्थी संगठनका केन्द्रीय कार्यालय सदस्यहरु डिबि शाही, गोबिन्द बिष्ट, निराजन किराँती, केन्द्रीय सचिवालय सदस्य सपना पुन, केन्द्रीय सदस्य नवराज विक, सयन्द्र राईलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रचण्ड सरकारले भारत भ्रमणकोको क्रममा...
‘राष्ट्रघाती नागरिकता विधेयक खारेज गर’: क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल

‘राष्ट्रघाती नागरिकता विधेयक खारेज गर’: क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं ।क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०६३ राष्ट्रघाती रहेको भन्दै उक्त विधेयक खारेज गर्न माग गरेको छ । पार्टी प्रवक्ता कञ्चनले बिहीबार प्रेस वक्तव्य जारी गर्दै सच्चा नेपाली नागरिकले नागरिकता प्राप्त गर्ने नागरिकता ऐन निर्माण गराउन र प्रधानमन्त्री पुष्पकमल दाहाललाई जारी भारत भ्रमणका क्रममा थप राष्ट्रघाती सम्झौता नगर्न दबाब दिन आमक्रान्तिकारी, वामपन्थी तथा देशभक्त नेपाली जनतामा हार्दिक अपिल गरेका छन् । प्रवक्ता कञ्चनद्वारा जारी प्रेस वक्तव्यमा भनिएको छ,जेठ १७ गते राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् । पूर्वराष्ट्रपतिले दुई–दुईपटकसम्म पुनरावलोकनका लागि संसदमा फिर्ता पठाएको विधेयकमाथि संसदमा कुनै बहस–छलफल नै नगरी मन्त्...
नेपाल बिद्यालय कर्मचारी परिषद जाजरकोटले जेठ २१ देखि आन्दोलन गर्ने

नेपाल बिद्यालय कर्मचारी परिषद जाजरकोटले जेठ २१ देखि आन्दोलन गर्ने

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, शिक्षा, समाचार
जाजरकोट ।सामुदायिक बिद्यालयमा न्यून वेतनमा कार्यरत कर्मचारी हरुकाे पुर्ण  सेवा सुबिधा सहित पेशागत स्थायित्वकाे बिषयक नेपाल सरकारकाे नीति तथा कार्यक्रमकाे बुदा नं.१२७मा उल्लेख भयकाे, तर नेपालसरकारकाेआ.व.२०८०/०८१काे बजेटमा नसमेटियकाेले परिषद्काे केन्द्रीय कार्यक्रम अनुसार नेपाल बिद्यालय कर्मचारी परिषद जाजरकोट समितिले जेठ २१ गते शिक्षा बिकास तथा समन्वय इकाई जाजरकोट काे कार्यलयमा धर्ना दिने जनाएको छ । परिषदका जिल्ला अध्यक्ष नैन बहादुर रानाद्वारा हस्ताक्षरित पत्रमा जिल्लाका सबै सामुदायिक बिद्यालयका  वेतनमा रहेका कर्मचारी हरुलाई उक्त कार्यक्रम उपस्थितिका लागि आव्हान गरियकाे र कार्यक्रम २१देखि २६ गते सम्म रहने अध्यक्ष रानाले तुफान न्युज डटकमलाई जानकारी दिनुभयो । नेपाल सरकारले यथासक्य बजेटमा  संशोधन गरि बिद्यालयका कर्मचारीहरुकाे सेवा सुविधामा सम्बाेधन गरियाेस र यदि नभयमा थप संघर्षका कार्यक्रम ...
अफगानिस्तान कम्युनिस्ट पार्टी (माओवादी) द्वारा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाललाई लाई बधाई

अफगानिस्तान कम्युनिस्ट पार्टी (माओवादी) द्वारा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाललाई लाई बधाई

Breaking News, अन्तर्राष्ट्रिय, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं।अफगानिस्तान (माओवादी) पार्टी’ केन्द्रीय समितिले नेपालमा नेकपा (बहुमत) र नेकपा (क्रान्तिकारी माओवादी) बीच एकता भएर क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल गठन भएकोमा हार्दिक बधाई ज्ञापन गरेको छ । अफगानिस्तान कम्युनिस्ट (माओवादी) पार्टी केन्द्रीय समितिले क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाललाई सम्बोधन गरी मे २६ तारिखको मितिमा पठाएको बधाईपत्रमा यो एकताले विश्वभरिका माओवादीहरूलाई खुसी र प्रेरणा दिनेमा ठूलो अपेक्षा र विश्वास गरिएको उल्लेख छ । बधाईपत्रमा देशको हितमा आधारित यो सिद्धान्तनिष्ठ एकता नेपालको वर्तमान परिस्थितिमा क्रान्तिकारी परिवर्तनका लागि नेपालमा मालेमावादीहरूको अटल प्रतिबद्धता एवम् अथक र इमानदार प्रयासको परिणाम रहेको उल्लेख छ । त्यसैगरी नेपाल कम्युनिस्ट पार्टीको जनसङ्घर्ष र मुख्यतः नेकपा (माओवादी) द्वारा १९९६ देखि २००६ सम्म सञ्चालित विजयी जनयुद्धको गौरवशाली इतिहास रहेको सन्...
जुम्लामा विपत् पुर्व तयारी तथा प्रतिकारात्मक कृतिम घटनाको अभ्यास

जुम्लामा विपत् पुर्व तयारी तथा प्रतिकारात्मक कृतिम घटनाको अभ्यास

Breaking News, खेल, पुर्वाधार, राष्ट्रिय, विज्ञान प्रबिधि, संस्कृति, समाचार
जुम्ला ।जुम्लामा जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्यमा आधारित कृत्रिम घटना अभ्यास गरिएको छ । मनसुन पूर्वतयारी तथा प्रतिकार्यमा आधारित कृत्रिम घटना अभ्यास जुम्लाको चन्दननाथ नगरपालिका एक दानसाँघुमामा गरिएको हो । त्यस्तैै विपद्का घटनापछि उद्धार र राहतमा खटिने स्वयम सेवकहरूले कसरी राहत तथा उद्धारका कार्यहरू गर्न सकिन्छ भन्ने उदेस्यका साथ सो कार्यक्रमको आयोजना गरिएको चन्दननाथ नगरपालिकाका मेयर राजुसिहं कठायतले बताए । उनले भने,’अहिले पनि कुनै ठूलै विपद् आइपरेमा त्यसबाट ठूलै क्षति वेहोर्नुपर्ने अवस्था रहेको छ ।यसको पूर्वतयारीमै जोड दिनुपर्ने घटना अभ्यास कार्यक्रम महत्वपुण हुने बताए । त्यस्तै विपद्का घटना हुदा कुनै पनि नागरिकले कसरी सुरक्षित हुने र तत्काल व्यवस्थापनका लागि कसलाई कहाँ खबर गर्ने भन्ने विषयमा अभ्यास प्रदर्शनी बाट स्थानीयलाई सचेतीकरण गरिएको जुम्लाका प्रमुख जिल्ला अधिकारी जय कु...
दरवार हत्याकाण्ड २२ वर्ष : राजा बिरेन्द्रकाे स -परिवार हत्या भयकाे दिन जेठ १९

दरवार हत्याकाण्ड २२ वर्ष : राजा बिरेन्द्रकाे स -परिवार हत्या भयकाे दिन जेठ १९

Breaking News, राजनीति, राष्ट्रिय, संस्कृति, समाचार
काठमाडौं ।नारायणहिटी दरबार हत्याकाण्ड भएको २२ वर्ष पूरा भएको छ। २०५८ जेठ १९ गते बेलुकी राजदरबारमै तत्कालीन राजा वीरेन्द्र शाहको वंशनाश भएको थियो। शुक्रबार बेलुकीको पारिवारिक जमघटका क्रममा घटना घटेको थियो। घटनामा राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन र राजकुमारी श्रुतिको हत्या भयो। राजाका भाइ धीरेन्द्र, राजकुमारी जयन्ती, अधिराजकुमारी शान्ति, अधिराजकुमारी शारदा र कुमार खड्गविक्रम शाह पनि मारिए। हत्याकाण्डपछि तत्कालीन प्रधानन्यायाधीशको संयोजकत्वमा गठित उच्चस्तरीय छानबिन समितिले घटनाका लागि तत्कालीन युवराज दीपेन्द्रलाई दोषी रहेको प्रतिवेदन सार्वजनिक गरेको थियो। समितिले दीपेन्द्रले परिवारका सदस्यलाई गोली प्रहार गरेको र अन्त्यमा आफैँलाई गोली हानी आत्महत्या गरेको प्रतिवेदन सार्वजनिक गरेको थियो। तर युवराजले परिवार सबै सदस्यलाई मारेर आत्महत्या गरेको कुरा अहिले ...
भ्रामक समाचार प्रति गम्भीर ध्यानाकर्षण  : छेडागाड नगरपालिका

भ्रामक समाचार प्रति गम्भीर ध्यानाकर्षण : छेडागाड नगरपालिका

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, विचार, समाचार
जाजरकोट । छेडागाड नगरपालिकाले गरेका कार्यक्रम र भुक्तानीको विषयमा केही दिन यता पत्रपत्रिका तथा अनलाइन मिडियाबाट प्रकाशित सामाचार प्रति गम्भिर ध्यानाकर्षण भएको बताएको छ । नगरपालिका कार्यालयले एक विज्ञप्ति जारी गर्दै विभिन्न कार्यक्रमहरु र त्यसमा भुक्तानीको विषयमा केही पत्रपत्रिका तथा अनलाइन मिडियाबाट प्रकाशित सामाचार र सामाजिक संजालमा नकारात्मक टिप्पणीहरु सार्वजनिक गरिएकोमा यस कार्यालयको गम्भिर ध्यानाकर्षण भएको उल्लेख छ । आ.व. २०७९/८० को लागि भएको नगरसभा, त्यतिवेलाका विभिन्न विषयगत समितिहरु, वार्षिक समीक्षा गोष्ठी, सार्वजनिक सुनुवाई कार्यक्रम, विभिन्न निकायहरुको अनुगमन खर्च, नवनिर्वाचित पदाधिकारीहरुको स्वागत तथा पुरानो जनप्रतिनिधीहरुको विदाई, भूमी आयोगको पटक पटकका बैठकहरु, त्यतिवेलाका केही कार्यपालिकाका बैठकहरु, प्रहरी चौकी उदघाटन, कर्मचारीहरुको नियमित बैठक, कार्यालयको सामान्य खाजा खर्च लग...
भारतकाे हैदरावाद हाउसमा प्रचण्ड र मोदीबीच एक्लाएक्लै भेटवार्ता

भारतकाे हैदरावाद हाउसमा प्रचण्ड र मोदीबीच एक्लाएक्लै भेटवार्ता

Breaking News, अन्तर्राष्ट्रिय, राजनीति, राष्ट्रिय, समाचार
काठमाडौं ।भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । भारतकाे हैदरावाद हाउसमा प्रचण्ड र मोदीबीच एक्लाएक्लै भेटवार्ता भएपछि प्रतिनिधमण्डलस्तरीय भेटवार्ता भएको हो । प्रतिनिधिमण्डल स्तरको भेटपछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्नेछन् । आजै भारतीय प्रधानमन्त्री मोदीले आयोजना गरेको दिवा भोजमा प्रधानमन्त्री प्रचण्डसहितको नेपाली प्रतिनिधिमण्डल सहभागी हुनेछ । प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जगदीप धनखडसँग पनि आजै भेटवार्ता गर्ने कार्यसूची छ । उपराष्ट्रपतिसँग अपराह्न ४ बजे र राष्ट्रपतिसँग साढे ४ बजे भेट्ने समय निर्धारण गरिएको छ । ...
दुई प्रधानमन्त्री दाहाल र माेदि बिच आज भेटवार्ता हुने

दुई प्रधानमन्त्री दाहाल र माेदि बिच आज भेटवार्ता हुने

Breaking News, अन्तर्राष्ट्रिय, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं ।चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले आज भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्दै छन् । आज बिहान ११ बजे हैदरावाद हाउसमा प्रधानमन्त्री प्रचण्ड र मोदीबीच भेटवार्ताको कार्यसूची तय भएको छ । कार्यसूची अनुसार दुई समकक्षीबीच आधा घण्टा भेटवार्ता हुने बताएको छ। त्यसपछि प्रतिनिधिमण्डल स्तरको बैठकमा प्रचण्ड र मोदी सहभागी हुनेछन् । प्रतिनिधिमण्डल स्तरको बैठकपछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्नेछन् आजै भारतीय प्रधानमन्त्री मोदीले आयोजना गरेको दिवाभोजमा प्रधानमन्त्री प्रचण्डसहितको नेपाली प्रतिनिधिमण्डल सहभागी हुनेछ । प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जगदीप धनखडसँग पनि आजै भेटवार्ता गर्ने कार्यसूची छ । उपराष्ट्रपतिसँग अपराह्न ४ बजे र राष्ट्रपतिसँग साढे ४ बजे भेट्ने समय निर्धारण गरिएको छ । ...