४ आश्विन २०८१, शुक्रबार

राष्ट्रिय

जाजरकोटमा अबदेखि राहदानी (पासपोर्ट )अनलाइन आवेदन फारममा शुल्क नलाग्ने

जाजरकोटमा अबदेखि राहदानी (पासपोर्ट )अनलाइन आवेदन फारममा शुल्क नलाग्ने

Breaking News, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार, सुचना संचार
जाजरकोट :जिल्ला प्रशासन कार्यालय जाजरकोटले राहदानी (पासपोर्ट) को अनलाइन आवेदन फाराम निःशुल्क भरिदिने भएको छ । मंगलबार एक सूचना जारी गर्दै प्रशासनले निःशुल्क अनलाइन आवेदन भर्ने व्यवस्था गरेको जनाएको छ ।माघ १ गते देखि निःशुल्क अनलाइन आवेदन फाराम भर्ने व्यवस्था सञ्चालन गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्माले बताए । यसभन्दा अघि आउने सेवाग्राहीले चर्काे शुल्क तिरेर पासपोर्टको अनलाइन फाराम भर्ने गरेका थिए ।  सेवाग्राहीको मर्कालाई बुझेर कार्यालयले निःशुल्क भर्ने व्यवस्था गरेको प्रशासकीय अधिकृत शर्माले बताए । ...
प्रा.डा. ताराकान्त पाण्डे काे पार्थिव शरिरमा अन्तिम श्रद्धाञ्जली अर्पण

प्रा.डा. ताराकान्त पाण्डे काे पार्थिव शरिरमा अन्तिम श्रद्धाञ्जली अर्पण

Breaking News, राष्ट्रिय, संस्कृति, समाचार, स्वास्थ
काठमाडौं : गत पुस २७ दाङ जिल्लाको भालुवाङमा बस दुर्घटनामा परी निधन  भएका बरिष्ठ मार्क्सवादी लेखक, कवि, साहित्यकार तथा साैन्दर्य चिन्तक प्रा.डा. ताराकान्त पाण्डेयकाे पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली अर्पण गरियकाे छ। इच्छुक सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष समेत रहेका पाण्डेयकाे पार्थिव शरीरमा मंगलबार  क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका अध्यक्ष माेहन वैद्य ‘किरण’ ले पार्टीको झन्डा ओढाएर र माल्यार्पण गरी अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिय। मंगलबार दिउँसो १२ :३० बजेदेखि २:३० बजेसम्म इच्छुक सांस्कृतिक प्रतिष्ठानको प्राङ्गण घट्टेकुलोमा श्रद्धाञ्जलीका लागि राखिएकाे अध्यक्ष पाण्डेयकाे पार्थिव शरीरमा उहाँकी जीवनसाथी शिला याेगी, छाेरी ज्वाइँ, क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका कार्यालय सदस्यहरू, नेकपा (माओवादी केन्द्र) की उपाध्यक्ष पम्फा भुसाल, सञ्चारमन्त्री रेखा शर्मालगायत साहित्य तथा...
अखिल (क्रान्तिकारी)ले बुझायाे सिटिइभिटीलाई ज्ञापन पत्र

अखिल (क्रान्तिकारी)ले बुझायाे सिटिइभिटीलाई ज्ञापन पत्र

Breaking News, राष्ट्रिय, शिक्षा, समाचार
काठमाडौं :क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट बिद्यार्थी संगठन अखिल  (क्रान्तिकारी)ले प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद्,(सिटिइभिटि)लाई २ बुद्दे ज्ञापनपत्र बुझायकाे छ ।आइतबार सिटिभिटिका संयोजक डिबि शाहीद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा भनियकाे छ  ", स्तर निर्धारण महाशाखाले १०० बेडको आफ्नै अस्पताल भएको इच्छुक अस्पताल–शिक्षण संस्थाले श्रावण १ देखि मंसिर मसान्तसम्म जुनसुकै समय ३ वर्षे स्वास्थ्य सम्बन्धि प्रमाण–पत्र तहको तालिम सञ्चालनका लागि आवेदन दिन सक्ने भनी २०८० असोज ३० को दिन १९७ औं वैठकले निर्णय गरेको भएपनि बदनियतपूर्ण ढंगले मात्र एक हप्ताको समय दिएर २०८० मंसिर २३ गते सुचना जारी गरिएको विषयले संगठनको गम्भीर ध्यानाकर्षण भएको भन्दै यही सम्बन्धन प्रक्रियाका लागि केही परिषद कै कर्मचारी र कलेजहरुको मालिकसँगको मिलेमतोमा व्यापक आर्थिक चलखेल समेत भएको भन्ने व्यापक जनगुनासो आएको घटना...
डा.ताराकान्त पाण्डे काे निधनप्रती आरसिपिका अध्यक्ष माेहन वैद्यले गरे वक्तव्य मार्फत श्रद्धाञ्जली

डा.ताराकान्त पाण्डे काे निधनप्रती आरसिपिका अध्यक्ष माेहन वैद्यले गरे वक्तव्य मार्फत श्रद्धाञ्जली

Breaking News, यातायात, राष्ट्रिय, विचार, समाचार, स्वास्थ
काठमाडौं :इच्छुक सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष डा ताराकान्त पाण्डेयको निधनप्रति क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका अध्यक्ष माेहन वैद्य "किरण"ले दुःख व्यक्त गरेका छन् । आईतवार  शोक बक्तव्य जारी गर्दै वैद्यले उनको असामयिक निधनप्रति दुःख व्यक्त गरेका हुन् । गत पुस २७ गते राति नेपालगंज देखि काठमाडौं आउने क्रममा  समालोचक, वामपन्थी चिन्तक तथा प्रध्यापक डाक्टर ताराकान्त पाण्डेयको दाङ जिल्लाको  भालुबाङमा बस दुर्घटनामा उपचार लिने क्रममा निधन भएको थियो । नेपाली प्रगतिवादि साहित्य जनवादी तथा समाजवादी साँस्कृतिक आन्दोलन र माक्र्सवादी साैन्दर्य चिन्तनकाे क्षेत्रमा अग्र पंक्तिमा रहेर स्थापित ब्यक्तित्वका रुपमा उल्लेखनीय भुमिका निर्वाह गर्दै आउनु भयका ,क्रान्तिकारी कम्युनिस्ट पार्टीका केन्द्रीय सल्लाहकार सदस्य तथा इच्छुक साँस्कृतिक प्रतिष्ठानका अध्यक्ष समेत रहनु भयका पाण्डे केन्द्रीय स्कुलिङ ...
भालुबाङ बस दुर्घटनामा इच्छुक प्रतिष्ठानका अध्यक्ष डा.ताराकान्त पाण्डेको निधन

भालुबाङ बस दुर्घटनामा इच्छुक प्रतिष्ठानका अध्यक्ष डा.ताराकान्त पाण्डेको निधन

Breaking News, यातायात, राष्ट्रिय, समाचार
काठमाडौं : २०८० पौष २७ गते राति करीव १०:३० बजेतीर दाङको भालुबाङस्थित राप्ती नदीको पुलमा भएको बस दुर्घटनामापरि इच्छुक प्रतिष्ठानका अध्यक्ष प्रा.डा. ताराकान्त पाण्डेयको निधन भएको छ । प्रा.डा. ताराकान्त पाण्डेय एक जना ख्यातीप्राप्त माक्र्सवादी समालोचक, सौन्दर्यशास्त्री तथा चिन्तक हुनुहुन्थ्यो ।इच्छुक प्रतिष्ठानका अध्यक्ष प्राध्यापक डाक्टर ताराकान्त पाण्डेय क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सल्लाहकार समितिका सदस्य, अखिल नेपाल जनसाँस्कृतिक महासंघको केन्द्रीय सचिवालय सदस्य तथा नेपाल राष्ट्रिय प्रध्यापक संघको केन्द्रीय सदस्य हुनुहुन्थ्यो । केन्द्रीय पार्टी स्कुलिङ विभागका सदस्यसमेत रहनु भएका प्रा.डा. पाण्डे क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले कैलालीमा आयोजना गरेको स्कुलिङ कार्यक्रममा प्रशिक्षकको रुपमा सहभागी भएर फर्किने क्रममा उहाँ सवार बस दुर्घटनामा परी दुर्घटनास्थलबाट नजिक...
दाङ राप्ती नदिको पुलमा बस दुर्घटना हुदा १२ जनाकाे मृत्युु १७ जना घाइते

दाङ राप्ती नदिको पुलमा बस दुर्घटना हुदा १२ जनाकाे मृत्युु १७ जना घाइते

Breaking News, यातायात, राष्ट्रिय, समाचार
दाङ :दाङ जिल्लाको देउखुरीको राप्ती गाउँपालिका-१ भालुबाङस्थित राप्ती नदीको पुलबाट बस खस्दा मृत्यु हुनेको संख्या १२ पुगेको छ भने १७ जना घाइते भयका छन्। । बाँकेको नेपालगञ्जबाट काठमाडौं जादै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति १०:३० बजेतिर पुलबाट राप्ती नदीमा खसेको थियो । दुर्घटनामा एक महिला र ११ पुरुष गरी १२ जनाको मृत्यु भएको घटनास्थलमा रहेका राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले जानकारी दिए । धेरैजसोको बसले च्यापिएर मृत्यु भएको छ । घाइतेहरुलाई उपचारका लागि बुटवल र नेपालगन्ज पठाइएको छ । इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक उज्ज्वल सिंहका अनुसार १२ वटै शव पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ । मृत्यु हुने मध्येका  ८ जनाको सनाखत भएको छ।मृतक १२  जना मध्ये  दुई जना भारतीय नागरिक सहित ८ जनाको परिचाहन भएको  हो।मृत्यु हुनेमा नेपालगञ्जका ६० वर्षीया कुसम बस्नेत, मकवान...
सुर्खेतमा ३४ औं राष्ट्रिय भलिबल प्रतियाेगिता सुरु

सुर्खेतमा ३४ औं राष्ट्रिय भलिबल प्रतियाेगिता सुरु

Breaking News, खेल, मनाेरन्जन, राष्ट्रिय, समाचार
सुर्खेत :कर्णाली प्रदेशको राजधानी सुर्खेत, वीरेन्द्रनगरको खुल्ला मञ्चमा आयोजित ३४ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता सुरु भयकाे छ। खेलकाे पहिलाे दिन मधेश,एपीएफ, लुम्बिनी र आर्मी क्लव विजयी भएका छन । पहिलो चरण अन्तर्गत मधेस प्रदेशले सुदूरपश्चिम प्रदेशलाइ, लुम्बिनी प्रदेशले बागमती प्रदेशलाइ, त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई र सशस्त्र प्रहरी बल एपिएफले कोशी प्रदेशलाई पराजित गरेको छ । बिहिवार संचालन भएको खेलमा मधेस प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ३–२ अन्तरमा पराजित गराएको छ । त्यस्तै त्रिभुवन आर्मी क्लबले घरेलुु टोली कर्णाली प्रदेशलाई ३–० को सेटमा पराजित गरेको छ । त्यस्तै सशस्त्र प्रहरी बल एपिएफले कोशी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । यस्तै, लुम्बिनी प्रदेशले बागमती प्रदेशलाई ३–० को सोझो सेटले पराजित गरेको छ । शुक्रबार हुने खेलमा चार टोलीले प्रतिस्पर्धा गर्ने छन । ज...
जाजरकोटमा बस दुर्घटना, दुई जना घाईते

जाजरकोटमा बस दुर्घटना, दुई जना घाईते

Breaking News, यातायात, राष्ट्रिय, समाचार
जाजरकोट : जिल्लाको छेडागाड नगरपालिका-१०मा बस दुर्घटना भएको छ। बिहिवार बिहान कुशे गाउँपालिकादेखि छेडागाड थलह बजार जाँदै गरेको बस बाटुल्ले नजिकै जलजला भन्ने ठाउँको मोडमा बस दुर्घटना भएको वडाध्यक्ष जयनाथ योगीले जानकारी दिए । बस सडकबाट २५ मिटर तल खोल्सामा खसेको उनले बताय ।सडक साघुराे र कच्ची भएको कारण माेड्ने क्रममा दुर्घटना भयकाे बुझिएको छ । दुइजना सामान्य घाइते भएका छन् र मानवीय क्षति भने नभयकाे  वडा अध्यक्ष याेगिले जानकारी दिय। बिगतका बर्षहरुमा बाेलेराे जिप चल्दै आयकाे उक्त सडकमा गत असाेज देखि ठुला गाडिहरु संचालनमा आईरहेका छन ।...
लुम्बिनी मेडिकल कलेजलाई अखिल(क्रान्तिकारी) ले दियो ८ बुँदे मागपत्र,तीन दिनकाे अल्टिमेटम

लुम्बिनी मेडिकल कलेजलाई अखिल(क्रान्तिकारी) ले दियो ८ बुँदे मागपत्र,तीन दिनकाे अल्टिमेटम

Breaking News, राजनीति, राष्ट्रिय, शिक्षा, समाचार
बुटवल :लुम्बिनी मेडिकल कलेज एण्ड रिसर्च सेन्टर, प्रभास पाल्पालाई अखिल(क्रान्तिकारी) पाँच नम्बर प्रदेश संगठन समितिले ८ बुँदे मागपत्र पेश गरेको छ । बुधबार माेहन वैध "किरण" नेतृत्वकाे क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल निकट अखिल नेपाल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी) ले मेडिकल कलेजमा पुगि उक्त मागपत्र बुझाएको छ । मागमा मेडिकल कलेजमा अध्ययनरत MBBS एवम् अन्य विद्यार्थीसंग अनावश्यक फाइन तथा अतिरिक्त शुल्कको नाममा लिइएको लाखौ शुल्क फिर्ता गर्नुका साथै त्यस्ता शुल्क लिन अन्त्य गर्नुपर्ने,कमिशनका कारण फार्मेसीबाट लिइने औषधी सेवाग्राहिहरुलाई महङ्गो पर्न गएकोले औषधिमा लिइएको चकों शुल्क खारेज गर्नुका साथै वार्डमा उपचारत बिरामीहरुलाई आर्थिक टचर गरिरहेको जनगुनासो व्यापक रहेको हुँदा यस्ता बिषयमा हस्पिटल संचालक सचेत हुन,लुम्बिनी मेडिकल कलेज एन्ड रिसर्च सेन्टरमा MBBS पास भएका वि...
भ्रष्टाचार आराेपमा पुर्व डिआईजि शाहलाई ३ बर्ष जेल सजाय

भ्रष्टाचार आराेपमा पुर्व डिआईजि शाहलाई ३ बर्ष जेल सजाय

Breaking News, राष्ट्रिय, समाचार
काठमाडौं :विशेष अदालतले पूर्वडीआईजी महेश विक्रम शाहलाई ३ वर्ष जेल सजाय सुनाएको छ । बुधबार विशेष भ्रष्टाचार आरोपमा शाहलाई तीन वर्ष जेल सजाय सुनाएको हो ।शाहलगायतविरुद्ध १६ लाख ६९ हजार ४२ रुपैयाँ बिगो दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । विशेष अदालतका अध्यक्ष तथा न्यायाधीश टेकनारायण कुँवर तथा न्यायाधीशहरू तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले शाहसहित पूर्वसई दिपेन्द्रप्रसाद पनेरुलाई जनही तीन वर्ष कैद सजाय सुनाएको हो । ११ पुसमा विशेष अदालतले शाहसहित दुई जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको थियो । शाहसहित प्रहरीका पूर्वसई पनेरुलाई क्षेत्रीय प्रहरी तालिम केन्द्र दुधौलीमा कार्यरत रहँदा तलब भत्ता प्रकरणमा दोषी ठहर गरेको थियो । अख्तियारले २० फागुन २०७६ मा यो मुद्दा विशेष अदालतमा दायर गरेको थियो । यो मुद्दाका आरोपित प्रहरी हवल्...