२४ असार २०८२, मंगलवार

संस्कृति

विदाहरु धेरै भए, पुनर्विचार आवश्यक छ : प्रधानमन्त्री

विदाहरु धेरै भए, पुनर्विचार आवश्यक छ : प्रधानमन्त्री

Breaking News, राजनीति, राष्ट्रिय, शिक्षा, संस्कृति, समाचार
२४ माघ काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सरकारी विदा धेरै भएकाले सेवा प्रवाह प्रभावित भएको र त्यसमा पुनर्विचार आवश्यक भएको बताउनुभएको छ। मंगलबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो। प्रधानमन्त्रीले भन्नुभयो, “हाम्रा सरकारी विदाहरू धेरै भए। यसले जनताका काम गर्ने समय कम भएको छ, सेवा प्रवाहमा समस्या देखिएको छ। यसबारे पुनर्विचार आवश्यक छ भनेर हामीले मन्त्रिपरिषदमा पनि छलफल गरेका छौँ। गृहकार्य गरेर यसमा पुनर्विचार गर्नुपर्छ।” प्रधानमन्त्रीले प्रजातन्त्र दिवस, लोकतन्त्र दिवस, गणतन्त्र दिवसमा एकै प्रकृतिका कार्यक्रम गरिँदै आएकाले त्यसबारे समेत थप छलफल आवश्यक भएको बताउनुभएको छ। उहाँले भन्नुभयो, “हामीले गणतन्त्र दिवस मनाउँछौँ, प्रजातन्त्र दिवस मनाउँछौँ, लोकतन्त्र दिवस मनाउँछौँ...
कर्णाली प्रदेश सरकारले  फाल्गुन १ गते  सार्वजनिक बिदा दिने

कर्णाली प्रदेश सरकारले फाल्गुन १ गते सार्वजनिक बिदा दिने

Breaking News, पुर्वाधार, संस्कृति, समाचार
२४ माघ सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेश तथा स्थानीय तहका लागि फागुन १ गतेलाई जनयुद्ध दिवसको रुपमा मनाउने निर्णय गरेको छ । मन्त्रिपरिषद बैठकले जनयुद्ध दिवस मनाउनका लागि १ फागुनमा सार्वजानिक विदा दिने निर्णय पनि गरेकाे छ । बैठकले प्रदेशका जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय र भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयलाई मर्ज गरी एकै मन्त्रालय बनाएपनि काम भने पुरानै अक्तियारी अनुसार गर्ने निर्णय गरेको छ । कर्णालीका हिमाली तथा पहाडी जिल्लामा निर्माण भइरहेका एकीकृत बस्ती विकास कार्यक्रमलाई थप व्यवस्थित बनाउनका लागि सञ्चालन नियामावली २०७९ स्वीकृत गर्ने निर्णय भएको छ । फागुनदेखि मन्त्रिपरिषद्को बैठक दोस्रो र चौथो बुधबार बस्ने निर्णयसमेत गरिएको छ । ...
आज स्वस्थानी व्रत समापन

आज स्वस्थानी व्रत समापन

Breaking News, पर्यटन, संस्कृति, समाचार
२२ माघ काठमाडौं । हिन्दू धर्मावलम्बीहरुले पौष शुक्ल पूर्णिमादेखि माघ शुक्लपूर्णिमासम्म श्रद्धापूर्वक पढ्दै र सुन्दै आएको स्वस्थानी व्रत कथा आज समापन हुन लागेको हो । माधवनारायणको व्रत बसेका व्रतालुले पनि आईतवार नै व्रत समापन गर्दैछन् । स्वस्थानी व्रतकथा समापनका लागि विगत वर्षजस्तै आज पनि काठमाडौंको शालीनदी, पशुपतिको गौरीघाट, भक्तपुरको हनुमानघाट पाटन मन्दिर र कृष्ण मन्दिर  लगायत स्थानमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउनाका लागि निराहार रहेर स्वस्थानीको व्रत गर्दा मनोकांक्षा पूरा भएको विश्वासका साथ परम्परागत रूपमा स्वस्थानी व्रतकथा बाचन गर्ने, सुन्ने र पूजाआजा गर्ने चलन छ । परम्परादेखि नै श्रीस्वस्थानीको व्रत रहने चलन  रहेको पाटन बंगलामुखि र कृष्ण मन्दिरमा  विभिन्न जिल्लाबाट आएका भक्तजनले माघ महिनामा व्रत बसि आज माटाेकाे भाडामा  जलाउन...
आज सहिद दिवस मनाईदै

आज सहिद दिवस मनाईदै

Breaking News, शिक्षा, संस्कृति, समाचार
१६ माघ, काठमाडौं । प्रत्येक वर्ष माघ १६ गते मनाइने शहीद दिवस  जनयुद्ध जनआन्दोलन र विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी आज देशभर मनाइँदैछ । परिवर्तित परिपक्षमा नेपाललाई सहिद दिवसका रुपमा मात्र नभई सहिद सप्ताह काे रुपमा एक हप्ता अगाडि नै  विभिन्न कार्यक्रम गरि  मनाउने गरिन्छ ।विसं २०१२ देखि नै तत्कालीन काठमाडौँ नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते शहीदको सम्झनामा दिवस मनाउन थालिएको हो । सहिदहरु शुक्रराज शास्त्री धर्मभक्त माथेमा , गंगालाल श्रेष्ठ र दशरथ चन्द ठाकुरले प्रजातान्त्रकाे पक्षमा जन्ताकाे  वकालत गरेकाे अभियाेगमा हत्या गरिएको माघ १० गते देखि १६ गते सम्मकाे अवधिलाई सहिद सप्ताहकाे रुपमा मनाउने गरिन्छ । आज  शहीद दिवसका अवसरमा बिहान शान्तिवाटिका रत्नपार्कदेखि शहीद स्मारक लैनचौरसम्म प्रभातफेरी कार्यक्रम आयोजना गरिएको ...
आज ३०१ओैँ पृथ्वी जयन्ति मनाईदै । सरकाले दियाे सार्वजनिक बिदा ।

आज ३०१ओैँ पृथ्वी जयन्ति मनाईदै । सरकाले दियाे सार्वजनिक बिदा ।

मनाेरन्जन, राष्ट्रिय, विगन्यूज, शिक्षा, संस्कृति, समाचार
२७ पुस, काठमाडौं ।सबै जातजाति, भाषाभाषीको सहयोग लिएर नेपाल एकीकरणको श्रीगणेश गरेका पृथ्वीनारायण शाहको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ३०१ औं जन्मजयन्ती मनाइँदैछ । प्रत्येक वर्ष पुस २७ गते मनाइने पृथ्वीनारायण शाहको जन्मजयन्ती राष्ट्रिय एकता दिवसका रुपमा आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । यस अवसरमा सरकारले आज सार्वजनिक बिदा पनि दिएको छ । विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको इतिहास थियाे । इतिहास अनुसार विसं १७९९ चैत २५ गते पृथ्वीनारायण शाह राजा भएका थिए । त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो । पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार गर्न उनी सफल भए । पृथ्वीनारायणको शेषपछि उनका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई विस्तार गरेको इतिहास...
अखिल नेपाल जन साँस्कृतिक महासंघ काे बिशेष भेला सम्पन्न

अखिल नेपाल जन साँस्कृतिक महासंघ काे बिशेष भेला सम्पन्न

Breaking News, राष्ट्रिय, संस्कृति, समाचार
१२ पुस काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी बहुमत निकट अखिल नेपाल जन साँस्कृतिक महासंघ काे केन्द्रीय विशेष  भेला सम्वाद डब्बलि अनामनगर काठमाडौंमा सम्पन्न  भयकाे छ । चिनियाँ कम्युनिस्ट पार्टीका नेता माओ काे  १३० ओेैँ  दिवशकाे सन्दर्भमा माओेलाई स्मरण गर्दै बिशेष  भेला संचालन भयकाे हाे। ,भेलामा अध्यक्षता र संचालन महासंघका संयाेजक खेम थपलिया , अतिथि नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला , नेकपा बहुमतका केन्द्रीय सचिवालय सदस्य सार्दुल ,बागमती ब्युराे ईन्चार्ज सरद रसायली लगायत  देशै भरिका प्रतिनिधि हरु काे सहभागी रहेकाे थियाे ।भेलाले खेम थपलिया अध्यक्ष रहने गरि २९ जना केन्द्रीय समिति चयन गरेकाे छ ।...
आज क्रिश्चियन धर्मावलम्बीले क्रिसमस दिवश मनाउँदै ।

आज क्रिश्चियन धर्मावलम्बीले क्रिसमस दिवश मनाउँदै ।

Breaking News, मनाेरन्जन, राष्ट्रिय, संस्कृति, समाचार
१० पुस, काठमाडौं । आज क्रिसमस डे । हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुसियाली मनाउने परम्पराअनुसार नेपालसहित संसारभरका क्रिश्चियन धर्मालम्बीले क्रिसमस मनाउँदैछन् । २००० वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । उनले मानव समुदायका लागि पुर्‍याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ । क्रिसमस डेका अवसरमा सरकारले सम्बन्धित धर्मालम्बीहरूलाई आज सार्वजनिक बिदासमेत दिएको छ । ख्रीष्टमस’ पनि भनिने यस अवसरमा आज देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी येशु ख्रीष्टको सम्झना गरिँदैछ । क्रिसमस डेमा येशुको शिक्षा एवं उपदेशको मनन गर्नुका साथै प्रेम प्रकट गर्दै, शुभकामना तथा उपहार आदानप्रदान गरिन्छ । यस अवसरमा राष्ट्रिय ख्रिष्टियन महासंघले विभिन्न कार्यक्रम आयोजना गरेको छ । क्रिसमसक...
आफ्नाे साँस्कृती जाेगाउन जुम्ली महिला भैलि खेल्दै

आफ्नाे साँस्कृती जाेगाउन जुम्ली महिला भैलि खेल्दै

Breaking News, संस्कृति, समाचार
गिता कुमारी शाहि । जुम्ला  जुम्ला । कर्णाली प्रदेश अन्तरगत जुम्ला जिल्ला चन्दननाथ नगरपालिकाका महिलाहरुले आफ्नो परम्परागत साँस्कृतिलाई जाेगाईराख्न  पुसे अैाँसीलाई बिशेष पर्वका रुपमा मनाउँदै ठुलि भैलि खेल्दै गाउँ देखि सदरमुकाम सम्मा पुग्दछन ।यस  बर्ष पनि  ८ गते अैाँसी परेकाे र ९ गते देखि भैलि खेल्दै आयकाे वडा न ९ कि माला रावलले बताईन । हाम्राे सस्कृतिलाई जगेर्ना गर्नका लागि गित गाउदै, आफ्नाे पाेसाक सहित  जिल्ला भरि आज बिशेष रुपमा मनाईरहेकाे अर्कि महिला तारा बाेहराले बताईन ।...
जुम्ली पहिरनमा सपत ग्रहनमा गइन सांसद बिनिता कठायत र कान्तिका सेजुवाल

जुम्ली पहिरनमा सपत ग्रहनमा गइन सांसद बिनिता कठायत र कान्तिका सेजुवाल

राजनीति, राष्ट्रिय, संस्कृति, समाचार
जुम्ला । कर्णाली प्रदेश जुम्ला जिल्लाकी सांसद बिनिता कठायत आफ्नाे लाेकालिटी जुम्लि पहिरणमा सपतग्रहण गर्न बिहिवार सासंद भवन बानेश्वरमा गयकि हुन ।उनले जुम्लाकाे साँस्कृति झल्काउने गरि जुम्लि पहिरणमा गयकाे बताईन् , आफ्नाे भेषभुसा अनि खस भाषाकाे उत्पतिकाे  ठाउँ जुम्ला नै हाे , जुम्लि आमा , दिदिबहिनीहरुले लगाउने याे पाेसाक हाे , यसलाई अझै बढी प्राेत्साहित र पहिचानका लागि म याे पहिरणमा आयकाे बताईन । उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट जुम्ला बाट सांसद मा निर्वाचित भएकि हुन । अर्कि जुम्लााबाटै गठबन्धनकि सांसद कान्तिका सेजुवाल पनि जुम्लि पहिरणमा सपतग्रहण गर्न गयकि थिईन ।...
चलचित्र बिकास बाेर्डले गर्याे आन्दोलनका कार्यक्रम घाेषणा ।

चलचित्र बिकास बाेर्डले गर्याे आन्दोलनका कार्यक्रम घाेषणा ।

Breaking News, मनाेरन्जन, राष्ट्रिय, संस्कृति, समाचार
काठमाडौं । चलचित्र विकास बोर्ड खारेजीको माग गर्दै चलचित्र संघले विकास बोर्डविरुद्ध चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । बुधबार काठमाडौंमा भएको देशभरका सयभन्दा बढी हल व्यवसायीको भेलाले बोर्ड अध्यक्ष भुवन केसीको राजीनामा माग्ने, हल बन्द गर्नेदेखि बोर्डमा ताला लगाउने सम्मका कार्यक्रम तय गरेका छन्। जसअनुसार पुस १२ गते सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा ज्ञापनपत्र बुझाउने, १४, १५ र १६ गते हलमा कालोपट्टी बाँधेर काम गर्ने कार्यक्रम तय गरिएका छन् । उक्त मितिसम्म पनि मन्त्रालयले ठोस सम्बोधन नगरे हल बन्द गर्ने र बोर्डमा ताला लगाउनेसम्मका कार्यक्रम घोषणा गरेका छन् । चलचित्र संघका महासचिव नरेन्द्र महर्जनले अध्यक्ष भुवन केसीसँग वार्ता नगर्ने निष्कर्षमा आफूहरु पुगेको बताए । ‘अब हामीहरु मन्त्रालयस्तरमै वार्ता गर्छौं,’ उनले भने, ‘हामी क्रमशः कडा आन्दोलनसहित अघि बढ्छौं ।’ एक साताअघि नै...