सिद्धिश्वरमान अक्षलोक साहित्य केन्द्रद्वारा सम्मान अर्पण गरिने
- माधव घिमिरे 'अटल'
काठमाडौँ / साहित्य, समाज, स्वास्थ्य र शिक्षाको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने विशिष्ट व्यक्तित्वहरूलाई “सिद्धिश्वरमान अक्षलोक साहित्यिक केन्द्र” ले विशेष सम्मान गर्ने भएको छ । यस केन्द्रले विगत वर्षहरूदेखि निरन्तरता दिँदै आएको सम्मान तथा अक्षलोक साहित्यिक पत्रिका लोकार्पण समारोह यस वर्ष पनि आयोजना गर्ने जनाएको छ ।
यही श्रावण ११ गते पुल्चोक इन्जिनियरिङ कलेजमा विशेष कार्यक्रमको आयोजना गरी सो पुरस्कार तथा सम्मान अर्पण गरिने कुरा केन्द्रले एउटा प्रेस विज्ञप्ति प्रकाशित गरी जनाएको छ ।
समाज रूपान्तरणमा विशिष्ट योगदान दिने साहित्य साधक, समाजसेवी, स्वास्थ्यकर्मी उद्यमी तथा शिक्षाकर्मीहरूलाई विभिन्न शीर्षकमा सम्मान गरिने उक्त वज्ञप्तिमा जनाइएको छ ।
सो सम्मान तथा पुरस्कार प्राप्त गर्ने विशिष्ट व्यक्तित्वहरूमा सिद्धिश्वरमान मिलन–मुक्ति आजीवन साहित्य साधन...








