तारकेश्वर नगरपालिका र सचेतना नागरिक संस्था नेपालद्वारा करदाता सचेतना शिक्षा कार्यक्रम सम्पन्न
काठमाडौं : तारकेश्वर नगरपालिका काठमाडौं र सचेतना नागरिक संस्था - नेपालकाे सहकार्यमा नगरस्तरिय करदाता सचेतना सम्पन्न भयकाे छ ।
तारकेश्वर नगरपालिका धर्मस्थालि काठमाडौं र सचेतना नागरिक संस्था नेपाल तारकेश्वर -११ काे सहकार्यमा काठमाडौंको टुसल मल्टि भेन्युमा सनिवार दिउसाे भयकाे कार्यक्रममा तारकेश्वर नगरपालिका भित्रका विभिन्न ब्यावसायी तथा करदाताहरुकाे सहभागीता रहेकाे थियाे । कार्यक्रममा बाेल्दै नगर प्रमुख कृष्णहरि महर्जनले भने "करकाे दायरालाई फराकिलो ,ब्यवस्थित र पारदर्शिताका लागि विभिन्न शिर्षकमा सचेतना कार्यक्रमहरु गर्दै आयका छाै, र घर देखि राष्ट्र निर्माण सम्मका लागि अर्थ ब्यवस्थापन नितान्तै आवश्यक रहने हुदा राजस्व ब्यवस्थापनमा नगरपालिकाले महत्त्वपूर्ण भुमिका खेलेकाे छ, नगरकाे समग्र बिकाशका साथै, सब्य र सुन्दर नगर निर्माणका लागि ब्यवस्थित अर्थ नीति निर्माण गरि लागि परिरहेकाे कुरा नगर प्रम...