९ बैशाख २०८३, बुधबार

विचार

नेपालको आर्थिक नीति र युवाहरूको विश्वप्रतिस्पर्धाः सन् २०३० सम्मको रणनीति र युवा नेतृत्वको भूमिका

नेपालको आर्थिक नीति र युवाहरूको विश्वप्रतिस्पर्धाः सन् २०३० सम्मको रणनीति र युवा नेतृत्वको भूमिका

अर्थवाणिज्य, विचार, शिक्षा
ओम यादव (मनिस) नेपालको आर्थिक नीति र युवाहरूलाई विश्वबजारमा प्रतिस्पर्धी बनाउने विषयमा गहन विश्लेषण गर्नु पर्दा यो एक जटिल र बहुआयामिक मुद्दा हो, जसले आर्थिक रणनीति, युवाजनशक्तिको विकास,विश्वबजारमा नेपालको स्थान, र युवा नेतृत्वको भूमिकालाई समेट्छ। नेपालले सन् २०३० सम्ममा दिगो विकास लक्ष्यहरू हासिलगर्ने र मध्यमआयभएको मुलुकमा स्तरोन्नतिगर्ने महत्वाकांक्षी योजना राखेको छ। यसका लागियुवाहरू, जो देशको कुलजनसंख्याको ४०.३५% (१ करोड ७ लाख) छन्, लाई केन्द्रमा राखेर नीतिनिर्माण र कार्यान्वयनगर्नु आवश्यक छ। नेपालको आर्थिक नीतिले युवाहरूलाई विश्वसँगप्रतिस्पर्धा गर्न सक्षमबनाउन सबैभन्दापहिले शिक्षार सीप विकासमा ध्यान केन्द्रित गर्नुपर्छ। नेपालको अर्थतन्त्र हाल कृषिमाआधारित छ, जसले कुल गार्हस्थ्य उत्पादन  को करिब ३३% योगदान गर्छ र ६६% जनसंख्यालाई रोजगारी प्रदान गर्छ। तर, यो क्षेत्रमा उत्पादकत्व ...
नेकपा बहुमत निकट बिद्यार्थी संगठनका उपाध्यक्ष  रुपा बुढा लगायत १० जनालाई प्रहरीले गिरफ्तार गरेकाे छ

नेकपा बहुमत निकट बिद्यार्थी संगठनका उपाध्यक्ष रुपा बुढा लगायत १० जनालाई प्रहरीले गिरफ्तार गरेकाे छ

Breaking News, राष्ट्रिय, विचार, शिक्षा, समाचार
काठमाडौ :शिक्षामा निजीकरण र व्यापारिककरणको विरोध गर्दै काठमाडौंको माइतीघरमा शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका अखिल (क्रान्तिकारी) का उपाध्यक्ष रुपा बुढामगरसहित १० जना विद्यार्थी नेताहरूलाई प्रहरीले गिरफ्तार गरेको छ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट रहेको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले जनपक्षीय शिक्षा ऐन जारी गर्न माग राख्दै सोमबार देशभर विद्यार्थी प्रदर्शन आह्वान गरेको थियो। सोही क्रममा माइतीघरमा भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दै नेताहरूलाई पक्राउ गरेको हो । गिरफ्तारमा पर्ने नेताहरूमा उपाध्यक्ष बुढामगर सहित सचिवालय सदस्य लक्ष्मी शाह, सर्जन पाण्डे, आयुष घिमिरे, केन्द्रीय सदस्य बज्जिर सिंह नेपाली, सक्षम विश्वकर्मा, सुप्रिया नेपाली, समीर विक, सन्जु राई, र कम्युनिस्ट युवा संगठन नेपालका सचिवालय सदस्य पदम हमाल रहेका छन् । प्रहरीको यो हस्तक्षेपप्रति संगठनले कडा आपत्ति ...
न्यायाधीशलाई मोसो दलेकाे आराेपमा पक्राउ परेका नेकपा (बहुमत) का नेताहरूलाई पार्टीद्वारा सम्मान तथा अभिनन्दन

न्यायाधीशलाई मोसो दलेकाे आराेपमा पक्राउ परेका नेकपा (बहुमत) का नेताहरूलाई पार्टीद्वारा सम्मान तथा अभिनन्दन

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं :अफताव आलमलाई उन्मुक्ति दिएको भन्दै न्यायाधीशहरुलाई मोसो दल्ने नेकपा (बहुमत) का नेताहरूलाई पार्टीले सम्मान तथा अभिनन्दन गरेको छ । शनिबार राजधानीको संवाद डबलीमा पार्टीको ३ नम्बर ब्यूरो(बागमती प्रदेश)ले पत्रकार सम्मेलन गरी स्वागत तथा अभिनन्दन गरेको हो । पार्टीका स्थायी समिति सदस्य उदयबहादुर चलाउने ‘दीपक’ ले गरिब तथा निमुखा जनताको न्यायको लागि जोखिम उठाएर हिम्मत गरेका नेताहरूलाई बधाई तथा धन्यवाद दिए । चलाउनेले पछिल्लो समयमा राज्यका तीनवोटै अङ्गहरूमा भ्रष्टाचार चरमचुलीमा पुगेको बेला आफ्नो पार्टीले त्यस विरुद्ध नयाँ अभियान चलाएको पनि बताए । कालोमोसो टोलीका सदस्य तथा पार्टीका केन्द्रीय सदस्य अभिनाश कुँवरले २४ दिने प्रहरी हिरासत र ४ दिने कारागार बसाइँले धेरै कुरा सिकाएको बताए । उनले भने,‘हाम्रो बन्द पर्खालको बसाई उत्साहप्रद रह्यो, जनताको लागि मोसो मात्रै हैन अपराधीहरूलाई त्यो भन्दा...
उत्कृष्ट वडाध्यक्षका रूपमा बारेकाेटका रामवहादुर सिंह सम्मानित

उत्कृष्ट वडाध्यक्षका रूपमा बारेकाेटका रामवहादुर सिंह सम्मानित

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, विचार, शिक्षा, समाचार
जाजरकोट :बारेकोट गाउँपालिका–०३ का वडाध्यक्ष रामबहादुर सिंह “उत्कृष्ट वडाध्यक्ष“ को रूपमा सम्मानित भएका छन् । बारेकोट गाउँपालिकाको २१औं गाउँसभामा सिंह सम्मानित भएका हुन् । जनताको सेवा, पारदर्शिता, विकास र समर्पणमा उल्लेखनीय योगदान दिएको भन्दै गाउँपालिकाले उनलाई विशेष सम्मान प्रदान गरेको हो । उनी सहित गोबिन्द बहादुर सिंह (जैविक बिबिधता तथा बन्यजन्तु र पंक्षी संरक्षण अभियानता, राज बहादुर सिंह (उत्कृष्ट कर्मचारी ),कौशी बहादुर बुढा र काली बहादुर नेपालीलाई सम्मान गरिएको छ ।...
मौलाउँदै नकारात्मकता झाँगिदै निराशा

मौलाउँदै नकारात्मकता झाँगिदै निराशा

मनाेरन्जन, विचार, विज्ञान प्रबिधि, शिक्षा
हेर्नुस् गाइज’ भन्ने वाक्यांश सुन्नासाथ मलाई घृणा लाग्ने भएको छ । सुत्केरी छटपटाउँदै ‘पानी पानी... बचाउ–बचाउ’ भनिरहेकी हुन्छिन्, यता एउटा युवक हतार–हतार मोबाइल खोल्छ र भन्छ— हेर्नुस् गाइज, एकजना सुत्केरी बाटोमा छटपटाउँदै छन्... सरकार कहाँ छ ? मानव सभ्यताको सुरुवातदेखि एक घरकाले अर्को घरकालाई सहयोग गर्दैै आएको हो, तर अहिले त्यो सद्भाव खै ? तल घरबाट आगो सल्काएर माथिल्लो घरमा खाना पकाउने पुर्खाका सन्तति कति चाँडै मतलबी र नकारात्मकतातिर हिँड्न सकेका । केही दिनअगाडि भारतमा इन्डियन प्रिमियर लिग चलिरहेको थियो, अनलाइनमा लाइभ हेर्न पसेँ, त्यहाँ सबैभन्दा बढी नेपाली नेतालाई असभ्य र अस्वाभाविक गालीको वर्षा चलिरहेको रहेछ । लाग्दैथ्यो कि क्रिकेट भारतमा चहिरहेको छ, नेपालमा गालीको विश्वकप । नेपाली नेताको पनौती लागेर कुनै टिमले गेम हार्ने या जित्नेझैँ ! बाबु समानको राष्ट्रका अग्रजलाई गाली–बेइज्जती गरेर ...
रित्तो बोरामा फर्काईएका युवाहरुको सपना उजाड़ भएकै हो त ? – शम्भु उप्रेती

रित्तो बोरामा फर्काईएका युवाहरुको सपना उजाड़ भएकै हो त ? – शम्भु उप्रेती

विचार
युवावस्थामा आर्थिक समृद्धिका सपना देख्न कसलाई मन पर्दैन र? विशेषगरी हाम्रो जस्तो अल्पबिकसीत, राजनीति अस्थिरता बाट भ्रष्टाचारले चुर्लुम्भ डुबेको मुलुकका युवाहरूका भबिश्यका सपना त झन् अबसर पाए चन्द्रमासम्म पुग्ने देख्नु पर्छ ।—जसमा अमेरिका, अष्ट्रेलिया, युरोपजस्ता देशहरू सपना होईनन्, लक्ष्य बन्नु पर्छ।खासगरी अमेरिका जाने अबसर लाई चुम्न लालयीत युवाहरु लाई याबत पक्ष उचालेर दोष देखाई हतोत्साहित गरिनु को औचित्य छैन । नागरिकहरुको स्वतन्त्रता को रक्षा गर्नु राज्यको दायित्व हो । सबाल ग़ैरक़ानूनी अप्रवासी हरुको समन्धमा अन्तराष्ट्रीय कानुनको सम्मान गर्ने बिषय प्रतिको चासो र निरुत्साह गरिनु सम्म हो ।आफ्ना मूलुकका युवा हरु लाई दलाल मार्फत अमेरिका वा खाडी तिर धकेल्न त्यसमा पनि राज्यकै संयन्त्र मिलेर छिराईन्छ अर्थात् बेचिन्छ, पासबीक ब्यबहारमा लगाइन्छ अत्याचार गरिन्छ,जवान महीला हरु लाई शरिर बेच्न सम...
नेकपा बहुमतले एक न्यायाधीशलाई कालाे माेसाे छर्केर कार्वाही गरेकाे छ

नेकपा बहुमतले एक न्यायाधीशलाई कालाे माेसाे छर्केर कार्वाही गरेकाे छ

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं : इँट्टा भट्टामा मानिसलाई जिउँदै हालेर जलाएको आरोपमा कैद भुक्तान गरिरहेका नेपाली कांग्रेसका नेता तथा पूर्व सांसद अफताब आलमलाई सफाइ दिने उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जका न्यायाधीश खुशीराम थारुलाई नेकपा बहुमतले कालाे माेसाे छर्केर कार्वाही गरेकाे छ ।बिहीबार न्यायाधीश थारुको अदालतभित्र चेम्बरमा बहुमतले थारुलाई कालाे माेसाे दलेर जनकारवाही गरेको जनाएको छ । जिल्ला अदालत रौतहटबाट दोषी ठहर भई कारागारमा रहेका आलमलाई गएको जेठ १४ गते न्यायाधीशद्वय खुशीप्रसाद थारु र अर्जुन महर्जनको संयुक्त इजलासले जिल्लाको फैसला उल्ट्याउँदै सफाइ दिएको थियो । न्यायाधिीशद्व खुसीप्रसाद थारु र अर्जुन महर्जनले हत्या आरोपी कांग्रेस नेता मोहमद अफताव आलमलाई सफाई दिने फैसला गरेका थिए । जेठ १४ मा भएको सो फैसलाबारे विभिन्न टीकाटिप्पणी भइरहेका छन् । न्यायाधिशद्वयले जिल्लाको फैसला उल्ट्याउँदै सफाइ दिएका थिए । ...
वाईसीएल नेपालकाे तेस्रो महाधिवेशन सम्पन्न

वाईसीएल नेपालकाे तेस्रो महाधिवेशन सम्पन्न

Breaking News, चुनाव, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं :नेकपा माओवादी केन्द्रकाे सहायक संगठन योङ कम्युनिष्ट लिग(वाईसीएल)काे तेस्रो महाधिवेशन सम्पन्न भयकाे छ। नवनिर्वाचित ५२ पदाधिकारीहरुको अन्तिम निर्वाचन परिणाम आज  सार्वजनिक संगै महाधिवेशन सम्पन भयकाे हाे। गत जेठ १८ गते देखि काठमाडौंमा सुरु भयकाे तेस्रो महाधिवेशनले शुक्रबार पुष्प ओलीको नेतृत्वमा नयाँ कार्य समिति गठन गरिएको थियो ।उपाध्यक्षमा डम्बर पुलामी सहित २१ जना निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै महासचिवमा गणेश शाही निर्वाचित भएका छन् । वाईसीएलको तेस्रो राष्ट्रिय सम्मेलनबाट नयाँ नेतृत्व चयन गरिएको हो । आइतबार उनीहरुको सपथ ग्रहण कार्यक्रम समेत सम्पन्न भएको छ । २१ गते सम्म सहमतिय प्रणाली बाट नेतृत्व चयन गरेर महाधिवेशन सम्पन गरि सक्ने भनिय पनि नेतृत्व चयनमा केही विवाद भय पछि चुनावी प्रक्रिया मार्फत पदाधिकारीकाे परिणाम टुंगोमा लगाईयकाे एक नेताले जानकारी दिए । अझै पनि नेतृत्व चय...
जाजरकोटमा नेकपा बहुमतद्वारा भ्रष्टाचार र बेथिति विरुद्धको अभियान तिब्र

जाजरकोटमा नेकपा बहुमतद्वारा भ्रष्टाचार र बेथिति विरुद्धको अभियान तिब्र

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
जाजरकोट :नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले देशव्यापी रूपमा सञ्चालन गरिरहेको "भ्रष्ट दलाल पुँजीवादी व्यवस्था विरुद्ध जनसंघर्ष अभियान" जाजरकोटमा पनि तीव्र गतिमा अगाडि बढाइएको छ । पार्टीका इन्चार्ज महेशको नेतृत्वमा सातवटै स्थानीय तह र सबै वडामा पुगेर जनसंगठित कार्यक्रमहरू सञ्चालन भइरहेको हाे। भेरी नगरपालिकाबाट बैशाख ८ गते सुरू गरिएको अभियान नलगाड, बारेकोट, कुशे, जुनीचाँदे, छेडागाड हुँदै शिवालयसम्म विस्तार गरिएको थियाे। अभियानमा जनतासँग प्रत्यक्ष संवाद, गुनासो संकलन र समस्या पहिचानका कार्यहरू भइरहेको पार्टी का जिल्ला सेक्रेटरी हिमालले बताय। अभियानको क्रममा स्थानीय तहका कतिपय विकास योजनामा देखिएको गुणस्तरहीनता र आर्थिक चलखेलसम्बन्धी प्रमाणहरू संकलन गरिएको पार्टीको दाबी छ। सडक, ट्रस्ट पुल, विद्युत् विस्तार, विद्यालय भवन निर्माणलगायत योजनाहरूमा प्राविधिक र ठेकेदारबीच मिलेमतो भएको गुनासो...
बुद्ध दर्शन र मानसिक स्वास्थ्य : एक दृष्टिकोण

बुद्ध दर्शन र मानसिक स्वास्थ्य : एक दृष्टिकोण

विचार
पृष्ठभूमी बुद्ध जयन्ती प्रत्येक वर्ष वैशाख पूर्णिमाका दिन मनाइन्छ – यस वर्ष (वि.सं.२०८२, बैशाख २९ गते) पनि विश्वभरका बौद्ध धर्मावलम्वीहरूले मायादेवी मन्दिर लगायत विभिन्न बौद्ध विहार तथा स्तुपाहरूमा २५६९ औं बुद्ध जयन्ती धुमधामले मनाइयो । जसले भगवान बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाणलाई एकै साथ स्मरण गराउँदछ ।आज जब हामी बुद्ध जयन्ती मनाउँदैछौं, के हामीले कहिल्यै गहिरिएर सोचेका छौं – "बुद्धको ज्ञान हाम्रो मानसिक स्वास्थ्यमा के काम लाग्न सक्छ?" वर्तमान समयमा मानिसहरू चिन्ता, तनाव, आत्महत्या, नशा, सामाजिक विच्छेदनर अवसादका समस्यामा फँसेका छन्, बुद्धको दर्शन केवल धार्मिक आस्था होइन, जीवन परिवर्तनको माध्यम बन्नसक्छ। विशेष गरी मानसिक स्वास्थ्यको क्षेत्रमा बौद्ध दर्शनको योगदान गहिरो, वैज्ञानिक र व्यावहारिक देखिन्छ। बुद्धका उपदेश केवल पूजाका लागि होइनन्। ती जीवनका दुःखहरू बुझ्...