नवऔपनिवेशिक पुँजीवादी संसदीय व्यवस्था विरुद्ध विद्रोह गर्नु युगीन कार्यभार हाे : भट्ट
काठमाडौं : नवऔपनिवेशिक पुँजीवादी संसदीय व्यवस्था र त्यसद्वारा निर्देशित एवम् सञ्चालित शिक्षा प्रणालीका विरुद्ध विद्रोह गर्नु युवा विद्यार्थीको नयाँ युगीन कार्यभार भएको अनेरास्ववियु(क्रान्तिकारी) का केन्द्रीय संयाेजक नवराज भट्टले बतायका छन् । जेठ १ गते विद्यार्थी दिवसका सन्दर्भमा शुभकामना वक्तव्य जारी गर्दै भट्टले भने- "नेपाली विद्यार्थी आन्दोलन बलशाली रहेको छ । विद्यार्थी आन्दोलन सङ्घर्ष, बलिदान र विजयको पर्याय हो । विद्यार्थी आन्दोलनले राणा, पञ्चायत र राजतन्त्र बढार्याे ।" उनले थप भनेका छन -सर्वप्रथम ६० औं विद्यार्थी एकता दिवसको सन्दर्भमा हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।माेहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीबाट बिद्रोह गरेका संयोजक भट्टद्वारा
जारी वक्तव्य जस्ताको त्यस्तै -"नेपाली विद्यार्थी आन्दोलन बलशाली रहेको छ । विद्यार्थी आन्दोलन सङ्घर्ष, बलिदान र विजयको पर्याय हो । व...