जनयुद्धमा बाबा गुमाएकी छोरीको अनुत्तरित प्रश्न
- जानुका धमला
छोरी अनुपमा भर्खरै किशोरावस्थामा प्रवेश गरेकी छिन । बाल्यकालमा शान्त स्वभावकी छोरी यो उमेर समुहमा प्रवेश गरेपछि निकै उत्सुक र जिज्ञासु भएकी छे । घरका प्रत्येक सरसामानसंग उसको अनौठो सामीप्यता छ । कोठामा रहेका हरेक सामानको बारेमा जस्तै भित्तामा ईन्लार्ज गरेर राखिएका २ वटा ठूला फोटोको बारेमा पनि ऊ अनौठा अनौठा प्रश्न गर्छे मसंग । हुन त देशमा गणतन्त्र घोषणा भएको पनि १६ वर्ष पुगिसक्यो नि । अहिलेसम्म यसको चित्तबुझदो उत्तर नपाएर पनि होला त्यो बाबाको ए के ४७ राइफल बोकेको फोटो र उसले नपत्याउने अनुहारमा ईन्लार्ज गरिएको बाबा आमाको फोटोको बारेमा खासै बोल्दिन आजकाल । नसोधेको होइन उसले यस अघि बालसुलभपनको आवाजमा त्यो बन्दुक बोकेर खिचेको फोटो कसको हो भनेर । तर मैले दुई चार पटक झर्केर उत्तर दिएपछि भने उसले फेरि सोध्ने आँट गरिन ।
असरल्लै छन् विगतका यादहरु । कहाँबाट कसरी पो टिपौँ खै ...









