नवऔपनिवेशिक पुँजीवादको सङ्कट र समाधान
विषय प्रवेश-
आज नेपालमा सामन्तवाद, पुँजीवाद र बहुरूपी पुँजीवाद मूलतः विश्वसाम्राज्यवादका बारेमा विभिन्न जोड, कोण र दृष्टिकोणका आधारमा छलफल, बहस र विश्लेषण भइरहेको छ । मुलुकमा हाबी भइरहेको पुँजीवाद–साम्राज्यवादका बारेमा विभिन्न विश्लेषण एवम् संश्लेषण भइरहेका छन् । कसैले अर्धसामन्ती, अर्धऔपनिवेशिक, दलाल, नोकरशाही, नवउदारवाद, एकाधिकार, भूमण्डलीकृत, नवऔपनिवेशिक, साम्राज्यवादी पुँजीवाद आदि विश्लेषण एवम् विशेषण दिइरहेका छन् । त्यसमा विभिन्न कारण रहेका छन् जसमा चारवटा कारण मुख्य छन्– पहिलो, विश्लेषण एवम् संश्लेषणका आधारमा अमूक व्यक्ति वा दललाई फरक देखाउन, दोस्रो, पुँजीवाद–साम्राज्यवादविरुद्धको लडाइँलाई विकेन्द्रित एवम् कमजोर बनाउन, तेस्रो, मध्यमार्गी समाजवाद र पुँजीवादलाई समान देख्ने अथवा पुँजीवादलाई नै समाजवादको बकबास गर्ने र चौथो, समाजवादमा होइन, पुँजीवादमा जीवन र भविष्य देख्ने प्रवृत्ति मु...