प्रगतिशील कानुन ब्यावसायी संगठनकाे राष्ट्रिय भेला सम्पन
ललितपुर ।प्रगतिशील कानुन व्यवसायी संगठनको राष्ट्रिय एकता भेला शनिवार ललितपुरको कुपण्डोलमा सम्पन्न भएको छ ।
मोहन बैद्य ‘किरण’ नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र धर्मेन्द्र वास्तोला ‘कन्चन’ नेतृत्वको नेकपा (बहुमत) बीच भएको पार्टी एकतापछि ति पार्टी आबद्ध दुई कानुन व्यवसायी संगठनबीचको एकता भेला शनिबार सम्पन्न भएको हो ।
एकता भेलाबाट अधिबक्ता देब कुमार मुक्तान संयोजक, अधिबक्ताद्वय दिवश निरौला र फडिन्द्र कार्की सह–संयोजक रहने गरी २५ सदस्सीय केन्द्रीय कार्य समिति चयन गरिएको छ। संगठनका सह-संयोजक दिवश निरौलाले संचालन गरेको भेलाको अध्यक्षता संगठनका संयोजक देब कुमार मुक्तानले गरेका थिए भने सहसंयोजक फडिन्द्र कार्कीले स्वागत मन्तव्य राखेका थिए ।
भेलाका प्रमुख अतिथी सिपी गजुरेल र बिशेष अतिथी धर्मेन्द्र वास्तोलाले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरेका थिए। भेलामा पार्टी केन्द्रीय कार्य...