पाल्पा जिल्ला संयाेजक सहित सिंगाे कमिटि वैद्य संग नरहने घाेषणा
पाल्पा : माेहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल पाल्पा जिल्ला संयाेजक दिग्दर्शन सहित सिंगाे टिमले बिद्रोह काे घाेषणा गरेकाे छ ।मंगलबार एक विज्ञप्ति जारि गर्दै सिंगाे जिल्ला कमिटिले पार्टीकाे कुनै सदस्य समेत नरहने जनायकाे छ । पार्टीका सहसंयाेजक र बिद्यार्थी अध्यक्ष बाहेक सबैले बिद्रोह गरेकाे एक जिल्ला नेताले बताय ।
विज्ञप्तिमा भनियकाे छ :"व्यवहारले दर्शनलाई चुम्नेछ, दर्शनले सिद्धान्तलाई चुम्नेछ, सिद्धान्तले कार्यदिशालाई चुम्नेछ, कार्यदिशाले संगठनलाई चुम्नेछ, संगठनले विजयलाई चुम्नेछ, विजयले हामीलाई फेरि नयाँ व्यवहारमा पुनः फर्काउछ। हामी नत वस्तुवादि भयौ, नत व्यवहारिक भयौं, नत विजयी केही पनि हुन सकेनौं। पार्टीमा २०८० मंसिर देखि रुपान्तरणको महान प्रक्रिया शुरु गर्दै पुनः लिखित रुपमै ९ वटा जिल्ला र दुईवटा जबस मोचर्चामा रहेका ३१ जना प्रदेश संगठन समितिका सदस्य हामीहरुल...








