३ आश्विन २०८१, बिहीबार

विगन्यूज

जाजरकोट प्रतिनिधि सभामा शक्ति बहादुर बस्नेत विजयी

जाजरकोट प्रतिनिधि सभामा शक्ति बहादुर बस्नेत विजयी

Breaking News, चुनाव, निर्वाचन, राष्ट्रिय, विगन्यूज, समाचार
८ मंसिर जाजरकोट । नेकपा माओवादी केन्द्रका उप महासचिव  शक्ति बस्नेत प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। बस्नेत जाजरकोटबाट लगातार तेस्रोपटक निर्वाचित भएका हुन्। बस्नेतले ३४ हजार १ सय ५१ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका निरज आचार्यले २५ हजार १ सय २० मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ। बस्नेत ०७० र ०७४ सालको निर्वाचनमा पनि जाजरकोटबाटै निर्वाचित भएका थिए। माओवादी संसदीय राजनीतिमा आएपछि बस्नेत २०६८ सालमा स्वास्थ्य मन्त्री, २०७२ सालमा गृहमन्त्री र २०७४ सालमा वन मन्त्री भइसकेका छन्।...
दार्चुलामा संकास्पद बस्तु फेला ,नेपाली सेनाद्वारा डिस्पोज:

दार्चुलामा संकास्पद बस्तु फेला ,नेपाली सेनाद्वारा डिस्पोज:

Breaking News, निर्वाचन, राष्ट्रिय, विगन्यूज, विज्ञान प्रबिधि, समाचार
दार्चुलाको गोकुलेश्वरमा भेटिएको शंकास्पद वस्तु सेनाले डिस्पोज गरेको छ। गोकुलेश्वर पुलमा भेटिएको शंकास्पद वस्तु सेनाको टोलीले निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक राजेश शाहीले बताए। शैल्यशिखर नगरपालिका—९ गोकुलेश्वरस्थित पुलमा बिहान २ बजे प्रेसरकुकर बमजस्तो देखिने शंकास्पद वस्तु फेला परेका थियो। प्रेसर कुकरमा माटो र सिसा हालिएको थियो, स्थानीयलाई त्रसित पार्ने उदेश्यले निर्वाचन बहिष्कार गर्ने समूहले त्यो राखेको हुन सक्छ,’ उनले भने।  ...
रुपन्देहीमा टिप्परकाे ठक्कर बाट एकजना पत्रकारकाे मृत्युु ।

रुपन्देहीमा टिप्परकाे ठक्कर बाट एकजना पत्रकारकाे मृत्युु ।

Breaking News, पुर्वाधार, राष्ट्रिय, विगन्यूज, समाचार
३ मंसिर, बुटवल । टिप्परले मोटरसाइकललाई ठक्कर दिंदा रुपन्हेदीमा एक जना पत्रकारको मृत्यु भएको छ । लु १ क ५२७६ नम्बरको टिपर (रेडिमिक्स)ले शुक्रबार साँझ सिद्धार्थ राजमार्गको बुटवल-भैरहवा खण्डस्थित तिलोत्तमाको जानकीनगरमा मोटरसाइकललाई ठक्कर दिंदा ३५ वर्षीय पत्रकार एनबी कंडेलको मृत्यु भएको हो । बुटवलबाट भैरहवातर्फ जांदै गरेको टिपरले लु ४४ प ८२०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा सख्त घाइते भएका  कंडेलको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । रुपन्देहीको सैनामैना नगरपालिका–१ रानीबगिया स्थायी घर भई बुटवलमा बस्दै आएका कंडेल बुटवलबाट सञ्चालित ग्लोबल आवाज अनलाइनका सम्पादक थिए । ठक्कर दिने सवारी साधन र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
विश्वकाे जनसंख्या ८ अर्ब पुग्याे ।

विश्वकाे जनसंख्या ८ अर्ब पुग्याे ।

Breaking News, अन्तर्राष्ट्रिय, विगन्यूज, सुचना संचार, स्वास्थ
बितेका १२ वर्षमा १ अर्ब मानिस थपिएसँगै आजदेखि विश्वको जनसङ्ख्या ८ अर्ब पुगेको छ। संयुक्त राष्ट्रसङ्घको प्रक्षेपणअनुसार जन्मदर सुस्त हुनुअघि नै विश्वको जनसङ्ख्या ८ अर्ब पुगेको हो। स्वास्थ्य क्षेत्रमा भएको विकासले मानव आयु लम्बिएको छ। विश्व जनसङ्ख्या दिवसका अवसरमा सोमबार सार्वजनिक वार्षिक विश्व जनसङ्ख्या सम्भावना प्रतिवेदनमा  उल्लेख गरिएको छ। सन् २०२० मा १ प्रतिशतभन्दा कममा झरेर सन् १९५० यता विश्वको जनसङ्ख्या सबैभन्दा सुस्त गतिमा बढिरहेको  देखाएको थियो। विश्व जनसङ्ख्याबितेका १२ वर्षमा १ अर्ब मानिस थपिएसँगै आजदेखि विश्वको जनसङ्ख्या ८ अर्ब पुगेको छ। संयुक्त राष्ट्रसङ्घको प्रक्षेपणअनुसार जन्मदर सुस्त हुनुअघि नै विश्वको जनसङ्ख्या ८ अर्ब पुगेको हो। स्वास्थ्य क्षेत्रमा भएको विकासले मानव आयु लम्बिएको छ। ७ बाट ८ अर्ब पुग्न १२ वर्ष लागेको र यो ९ अर्ब वृद्धि करिब १५ वर्ष लाग्ने अर्थात् सन् २०...
न्यायिक स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध   : अख्तियार

न्यायिक स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध : अख्तियार

Breaking News, राष्ट्रिय, विगन्यूज, समाचार
    काठमाडौँ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदालतप्रति अनास्था फैलाउने विषय कल्पनासमेत गर्न नसकिने प्रस्ट पारेको छ । अख्तियारले मंगलबार पत्रकार सम्मेलन गरेर विशेष अदालतबाट मुद्दाको विपक्षमा भएका फैसलाप्रति असन्तुष्टि जनाएको थियो । त्यसको दुई दिनपछि नेपाल बार एसोसिएसनले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै अख्तियारको अभिव्यक्तिप्रति स्वतन्त्र न्यायापालिकाविरुद्ध भएको भन्दै ध्यानाकर्षण गराएको थियो । बारले विज्ञप्ति जारी गरेलगत्तै अख्तियार स्वतन्त्र न्यायापालिकाप्रति अनास्था फैलाउने कुरा कल्पनासमेत गर्न नसकिने जनाएको हो । 'यसै सन्दर्भमा चालु आर्थिक वर्षमा हालसम्म सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएका मुद्दाहरुको बारेमा पुनरावेदन गर्दा लिइएका आधारहरुको सम्बन्धमा आयोगबाट मिति २०७९/०७/२२ मा जारी गरिएको प्रेस विज्ञप्ति र जानकारीमूलक विवरणका सम्बन्धमा आयोगबाट असल मनसायका साथ गरिएको कार्...
नेकपा (बहुमत )का युवा नेता राेहित ढकाल रिहाई पछि सम्मानित :

नेकपा (बहुमत )का युवा नेता राेहित ढकाल रिहाई पछि सम्मानित :

Breaking News, राजनीति, राष्ट्रिय, विगन्यूज, समाचार
    काठमाडौँ : नेकपा (बहुमत) का युवा नेता रोहित ढकाल तीन वर्षपछि जेलमुक्त भएका छन् । ढकाल जेलमुक्त हुनासाथ नेकपा (बहुमत) को मधेस ब्युरोअन्तर्गत धनुषाले स्वागत अभिनन्दन गरेको छ । उनी २०७६ साल पुस ३ गते सर्लाहीको लालबन्दी बजारबाट गिरफ्तार भएका थिए । उनी यही २३ गते जनकपुरबाट रिहा भएका हुन् । नेकपा (बहुमत) नवौँ महाधिवेशन आयोजक समिति सदस्य एवम् धनुषा जिल्ला इन्चार्ज रेखालगायत पार्टी नेताहरूले रोहितलाई खुला आकाश र क्रान्तिकारी आन्दोलनमा स्वागत गर्दै अभिनन्दन गरेका थिए । जेलमुक्त भएपछि नेकपा (बहुमत) का युवा नेता रोहितले रातो खबरसँग कुरा गर्दै आफू निरन्तर क्रान्तिकारी आन्दोलनमा लामबद्ध हुने र संसदीय संशोधनवादलाई घृणा र तिरस्कार गर्ने बताए । उनलाई तत्कालीन सरकारले दर्जनौँ झूट्टा मुद्दा लगाउँदै विभिन्न हिरासत र जेल घुमाएर फसाउने षड्यन्त्र गरेको थियो । तर उनी आस्था, निष्ठा र विचारमा प्...
डोटीमा ६.६ म्याग्निच्यूडकाे भूकम्प, घर भत्किँदा ३ जनाको मृत्यु

डोटीमा ६.६ म्याग्निच्यूडकाे भूकम्प, घर भत्किँदा ३ जनाको मृत्यु

Breaking News, पुर्वाधार, राष्ट्रिय, विगन्यूज, विज्ञान प्रबिधि, समाचार, सुचना संचार
२३ कात्तिक, धनगढी । डाेटीमा मंगलबार मध्यराति २ बजेर १२ मिनेटमा ६.६ म्याग्निच्यूडकाे भूकम्पले घर भत्काउँदा तीन जनाको मृत्यु भएको छ । पूर्वीचौकी गाउँपालिका–३ गैरा गाउँ ठक्कर बोहराको घर भत्काउँदा तीन जनाको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले बताए । गाउँपालिका उपाध्यक्षका अनुसार एक महिला र दुई बालबालिकाको शव च्यापिएको अवस्थामा भेटिएको छ ।  उनीहरुको सनाखत हुन बाँकी छ । अन्य घाइतेको उद्दार गरिएको  अध्यक्ष उपाध्यायले बताए । उद्दारमा नेपाली सेनाकाे टाेली खटिएकाे छ भने थप विवरण आउन बाँकी छ ।यसअघि राति ९ बजेर ७ मिनेटमा डोटी केन्द्रविन्दू भएर भूकम्पकाे धक्का महशुस गरिएको थियाे।•...
जिएमआरबारे सर्वोच्चको आदेश राष्ट्रहितमा छ: अधिवक्ता भण्डारी

जिएमआरबारे सर्वोच्चको आदेश राष्ट्रहितमा छ: अधिवक्ता भण्डारी

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, विगन्यूज, समाचार
काठमाडौं: वरिष्ठ अधिवक्ता तथा जनअधिकार अभियान नेपालका अध्यक्ष एकराज भण्डारीले भारतीय जलजलविद्युत कम्पनी गान्धी मालिकार्जुन राव(जिएमआर)लाई अपरकर्णाली जलविद्युत योजनाका लागि लगानी जुटाउन समय थप गर्ने निर्णय कार्यान्वयन नगर्नका लागि सर्वोच्चले गरेको निर्णय राष्ट्रहितमा भएको टिप्पणी गरेका छ्न् । शुक्रबार सञ्चारकर्मिसङ्गको कुराकानीमा भण्डारीले यस्तो टिप्पणी गरेका हुन् । बिहीबार सर्वोच्च अदालतका न्यायाधीश इश्वर प्रसाद खतिवडाको एकल इजलासले रतन भण्डारी समेतको रिट माथी सुनुवाइ गर्दै जिएमआर कम्पनीलाई लगानी जुटाउन थप गरिएको समय सिमा नेपालको प्रचलित कानुन र जि एम आरसङ्गको द्विपक्षीय सम्झौताको प्रावधान विपरीत रहेकोले यसको कार्यान्वयन नगर्ने आदेश जारी भएपछि प्रस्तुत रिटको पक्षमा बहस गर्दै आएका अधिवक्ता भण्डारीले सर्वोच्चको निर्णय सकारात्मक रहेको उल्लेख गरेका हुन् । संसारकै सस्तो लागातमा बन्न सक्न...
मिचिएको भूमि फिर्ता ल्याउँछौँ,  त्यसको ग्यारेण्टी गर्न चाहन्छौँ।’: केपि शर्मा  ओली

मिचिएको भूमि फिर्ता ल्याउँछौँ,  त्यसको ग्यारेण्टी गर्न चाहन्छौँ।’: केपि शर्मा ओली

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, विगन्यूज, समाचार
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दार्चुलाबाट चुनावी अभियानको पछाडि राष्ट्रियता र विकासको मुद्दा जोडिएको बताएका छन्। दार्चुला सदरमुकाम खलंगामा शुक्रबार आयोजित एमालेको चुनावी आमसभालाई सम्बोधन गर्दै ओलीले एक इन्च पनि नेपाली भूमि कसैलाई नछाड्ने उद्घोष गरे। एक इन्च पनि नेपाली भूमि कसैलाई छाड्दैनौँ', उनले भने, 'मिचिएको भूमि फिर्ता ल्याउँछौँ,  त्यसको ग्यारेण्टी गर्न चाहन्छौँ।’ ओली चुनावी अभियानमा सहभागी हुन बिहीबार धनगढी पुगेका थिए। त्यहाँबाट उनी खलंगा पुगेका हुन्। उनले शुक्रबार अन्य जिल्लाको चुनावीसभा पनि सम्बोधन गर्दैछन्।  ...
कर्णाली करिडोरको ट्रयाक खोल्न डेढ वर्ष लाग्ने !

कर्णाली करिडोरको ट्रयाक खोल्न डेढ वर्ष लाग्ने !

Breaking News, अर्थवाणिज्य, पर्यटन, पुर्वाधार, राष्ट्रिय, विगन्यूज, समाचार, सुचना संचार
१७ कार्तिक, काठमाडौं । कर्णालीवासीको लाइफ लाइनको रूपमा लिइएको कर्णाली करिडोर निर्माण कार्यले गति लिन नसक्दा हुम्ला सडक सञ्जालमा जोडिन सकेको छैन्। कर्णालीवासीको भविष्यसँग जोडिएको यो करिडोरको अझै साढे ७ किलो मिटर सडकको ट्रयाक खुल्न बाँकी छ। कालिकोटको खुलालुदेखि हिल्सासम्मको २ सय ६९ किलोमिटर सडक निर्माण गर्न निक्कै कठिन रहेको छ। यो सडकको हिल्सा-हुम्ला खण्डको साढे ७ किलोमिटर ट्रयाक खुल्न बाँकी रहेको हुम्ला सडक विकास निर्माण कार्यदलका योजना प्रमुख अनुप पोख्रेलले बताए। सरकारले गएको वर्ष ११ किलोमिटर सडकको ट्रयाक खोल्ने जिम्मा नेपाली सेनालाई दिएको थियो । कर्णाली करिडोरको अधिकांश चट्टानी क्षेत्रको सडक ट्रयाक नेपाली सेनाले खोलेको हो। सडकको उत्तर(दक्षिण तथा व्यापारिक मार्ग विस्तार आयोजनाको २ सय ६९ किलोमिटर सडक निर्माणको काम भइरहेको छ। यो आयोजना २०६९ चैत्र ८ बाट सुरु भएको थियो। आयोजना सुर...