
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले गर्याे भुकम्प पिडितका लागि १ कराेड ३० लाखकाे राहत सामाग्री हस्तान्तरण
जाजरकोट : माेहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपालले १ कराेड ३० लाखकाे राहात सामाग्रीहरु हस्तान्तरण गरेकाे छ ।केन्द्रीय कार्यलय सदस्य हेमन्त प्रकाश ओलि "सुदर्शन", केन्द्रीय कार्यलय सदस्य दिपक र दिनेश शर्मा लगायतकाे केन्द्रीय "जनसेवा अभियान" टिमले जाजरकोटमा पुगि उक्त राहतका सामाग्री जिल्लालाई हस्तान्तरण गरेका हुन ।
पार्टी र पार्टीका भातृ संगठनकाे विशेष पहलमा संकलीत टेन्ट, त्रिपाल, कम्मल ,कार्पेट , सिरक डस्ना ,जकेट स्विटर, लगायत बिभिन्न ओैषधिहरु सहित १ कराेड ३० लाख बराबरको राहत सामाग्रीहरु जिल्ला राहात उद्धार तथा दैवीप्रकोप काेषमा हस्तान्तरण गरेका छन।भुकम्प गय लगत्तै पार्टीकाे निर्देशनमा पहिलाे चरणमा जिल्ला ईन्चार्ज अनन्त र संयोजक हिमालकाे नेतृत्वमा उद्धार कार्यमा खटिरहेका थिए। दाेश्राे चरणमा पार्टीका केन्द्रीय कार्यलय सदस्य तथा ६ नम्बर प्रदेश इन्चार्ज उदय बहादुर ...