
पाँचबर्ष पछि काठमाडौं फोटोग्राफर संघले “केपीए वेडिङ फोटो अवार्ड – २०२४”गर्दै
काठमाडौं / काठमाडौं फोटोग्राफर संघले ‘केपीए वेडिङ फोटो अवार्ड’ २०२४ को आयोजना गर्ने भन्दै सोमवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी अवार्ड कार्यक्रमको बारेमा जानकारी गराएको छ ।
कार्यक्रम संयोजक तथा संघका उपाध्यक्ष आनन्द प्रभाकर घिमिरेले आगामी पुस १२ गते काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा अवार्ड कार्यक्रम आयोजना गर्न लागेको जानकारी दिए ।
सन् २०१२ देखि शुरुगरिएको अवार्ड कार्यक्रम कोभिड—१९ को कारण सन् २०१९ बाट रोकिएको कार्यक्रममा जानकारी गराईएको थियो भने यो भन्दा अगाडीका अवार्ड कार्यक्रमहरु बिवादित भएका बिषयहरु समेत पत्रकार सम्मेलनमा उठेको थियो ।
पत्रकार सम्मेलनमा उठेका प्रश्नहरुको जवाफ दिदै संघका अध्यक्ष हरि प्रसाद घिमिरेले बिगत पाँच बर्ष देखि रोकिएको यो अवार्ड पुन अगाडी बढाउने अहिलेको कार्यसमितिले निर्णय गरेकोले यसलाई सकेसम्म व्यवस्थित र पारदर्शि बनाउने कुरामा यो कार्य समिति नचुक...