फागुन-२५। लोक दोहोरीमा एक क्षेत्र चर्चा कमाइरहेका खेम सेन्चुरी र देवि घर्तिको “यो दुनिया त बेग्लै रहेछ” बोलको गीत बजारमा आएको छ।
गीतलाइ लोकप्रिय सर्जक अनिश दवाडीले शब्द लय गरेका हुन्। दवाडी गीत संगीत क्षेत्रमा एक अबब्ल सर्जकको रुपमा छन्। उनका गीत लगभग जसो चर्चामै छन्।
मिठा शब्द चयन संगै मनमोहक भाका भरेर गीत बनिरहेका हुन्छन् दवाडीका। यस्तै यतिबेला गीतले चर्चा कमाउन थालिसकेको छ।
टिकटक देखि युटुवसम्म गाना घन्किरहेको छ।
बिनोद बाजुरालीको अडियो एरेन्जमा भिडियो केशबराज भट्टले निर्देशन गरेका छन्। दिनेश पराजुलीको छायांकन, मोज कार्कीको सम्पादन भित्र जुना कार्की,कपिल, सोफिइले रुवाउने अभिनय दिएका छन्।
पुरा भिडियो जेके फिल्मसवाट विश्वभर उपलब्ध छ।