४ कार्तिक २०८२, मंगलवार

मनाेरन्जन

सर्जकहरुको कृति माथि परिचर्चा र साहित्यिक यात्रामा लोमश वाङ्मय प्रतिष्ठान

सर्जकहरुको कृति माथि परिचर्चा र साहित्यिक यात्रामा लोमश वाङ्मय प्रतिष्ठान

अर्थवाणिज्य, मनाेरन्जन, संस्कृति, समाचार
काठमाडौं । बिधिवत रुपमा दर्ता भएर छोटो समयमा साहित्यिक उत्थानको क्षेत्रमा आफ्नो प्रभावकारीता जमाउन सफल संस्था लोमश वाङ्मय प्रतिष्ठानले सर्जक जगदीश्वर पोखरेलको “पद्यकुञ्ज”माथि परिचर्चा तथा छन्द विशेष कविता वाचन कार्यक्रम सम्पन्न गरेको छ । प्रतिष्ठानका अध्यक्ष माधव घिमिरे “ अटल ”को सभापतित्वमा सम्पन्न कार्यक्रममा डा.अमर गिरीको प्रमुख आतिथ्यता रहेको थियो भने कार्यक्रम प्रतिष्ठानका सचिव नवीन पल्लवले सन्चालन गर्नु भएको थियो । प्रारम्भ वल्र्ड स्कुल एण्ड कलेज, तार्केश्वर ,शान्तिटोलको शभाहलमा भएको कार्यक्रममा सोहि स्कुलका प्राचार्य कमल प्रसाद ज्ञवालीले सबैलाई स्वागत मनतव्यबाट स्वागत गर्नु भएको थियो । आयोजक संस्थाको तर्फबाट कार्यसमिति सदस्य अप्सरा के.सी.ले स्वागत मनतब्य राख्दै साहित्य प्रेमी सबैमा हार्दिक अभिवादन व्यक्त गर्नु भयो । कार्यक्रममा त्रिशुली वाङ्मय प्रतिष्ठानका उपाध्यक्ष राजेन्द्रमान...
जन्म दिनकाे अवसरमा अधिकारीले गरे विपन्न बालबालिका लाई सहयोग

जन्म दिनकाे अवसरमा अधिकारीले गरे विपन्न बालबालिका लाई सहयोग

Breaking News, मनाेरन्जन, राष्ट्रिय, शिक्षा, समाचार
जाजरकोट :समाज सेवि तथा "शारदा शेर स्मृति प्रतिष्ठान" जाजरकोटका अध्यक्ष अर्जुन बहादुर अधिकारीले आफ्नो जन्मदिनको अवसरमा नेपाल राष्ट्रिय मावि रिन्टाकुरा छेडागाड ८ जाजरकोटका  विपन्न, असाह्य, असक्त र जेहेन्दार विद्यार्थीहरूलाई सहयोग प्रदान गरेका छन् ।विशेष कार्यक्रमको आयोजना गर्दै, उनले विद्यालयका ५५ जना विद्यार्थीलाई कापीकलम, २ वटा भलिबल र १ वटा जाली वितरण गरेका छन् । समाजसेवा र शिक्षा क्षेत्रमा अधिकारीको योगदानले विद्यार्थीहरूमा उत्साह बढाएको विद्यालयका शिक्षक तथा अभिभावकहरूले बताएका छन् । कार्यक्रममा सहभागी एक विद्यार्थीले भने, “हामीजस्ता विपन्न विद्यार्थीहरूलाई यस्तो सहयोगले पढाइमा झनै प्रेरणा दिन्छ । अधिकारी सर प्रति हामी आभारी छौँ ।” अर्जुन बहादुर अधिकारीले यस अवसरमा भने, “समाजका विपन्न वर्गका विद्यार्थीहरूलाई शैक्षिक साधनको अभावमा पढाइमा अवरोध नहोस् भन्ने मेरो सधैं प्रयास रहन्छ । आ...
बिजेन्द्र नौबागेको “पुर्वेली नानी ” सार्वजानिक

बिजेन्द्र नौबागेको “पुर्वेली नानी ” सार्वजानिक

मनाेरन्जन, समाचार
काठमाडौं । सर्जक ,कलाकार तथा मोडल बिजेन्द्र नौबागेको “पुर्वेली नानी ” बोलको गीत भिडियो सहित सार्वजानिक भएको छ । एक्टिभ इन्टरटेनमेन्ट आफिसियल युटुब च्यानलबाट सार्वजानिक गरिएको यो भिडियोमा बाल कलाकार मन्जली तामाङ र आदित्य लम्सालको जोडदार अभिनय रहेको छ भने बिजेन्द्र नौबागे र अस्मिता पुरीको अभिनयले गीतलाई अझ रोमान्टिक बनाएको छ । बिजेन्द्र नौबागेको शब्द तथा संगीत रहेको यो गीतमा दिवान किनारको संगीत संयोजन रहेको छ भने मेलिना राई र प्रविन राईको स्वर रहेको छ । गीत किङ स्टुडियो अनामनगरमा शुरेस राई को रेकर्ड तथा मिक्सिङ मास्टरीङमा तयार भएको हो । बिजेन्द्र नौबागेको निर्देशनमा बनेको यो भिडियोमा दिपेश एसकेको नृत्य निर्देशन,रोजिना श्रेष्ठको श्रृंगार,केशव अधिकारीको छायांकन, प्रेम शर्मा पौडेलको सम्पादन,ओम प्रसाद प्रसाईको कलरिङ रहेको छ । कोचे मल्टिमिडियाको पोष्ट प्रोडक्सनमा बनेको यो गीत तथा भिड...
“धनेश्वर टेलिफिल्म अवार्ड–२०८१” उत्कृष्ट ५ मनोनयनमा परेकाहरुलाई प्रमाणपत्र बितरण कार्यक्रम सम्पन्न

“धनेश्वर टेलिफिल्म अवार्ड–२०८१” उत्कृष्ट ५ मनोनयनमा परेकाहरुलाई प्रमाणपत्र बितरण कार्यक्रम सम्पन्न

मनाेरन्जन, समाचार
काठमाडौं । “धनेश्वर टेलिफिल्म अवार्ड–२०८१” का लागि ३४ विधामा उत्कृष्ट ५ मनोनयनमा परेकाहरुलाई प्रमाणपत्र बितरण कार्यक्रम सम्पन्न भएको छ । धनेश्वर फिल्मस् एण्ड एभर्टाईजमेन्ट प्रा.लि.का प्रबन्ध निर्देशक बिकास थापा मगरको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल चलचित्र संघका अध्यक्ष मोहन निरौलाको प्रमुख आतिथ्यता रहेको थियो । नेपाली टेलिफिल्म क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यसहित आयोजित यस अवार्डमा हास्य, सामाजिक, भावनात्मक तथा विविध विधामा आधारित टेलिफिल्म, वेव श्रृंखला तथा कलाकारहरूलाई अवार्ड प्रदान गरिने धनेश्वर फिल्मस् एण्ड एभर्टाईजमेन्ट प्रा.लि.का प्रबन्ध निर्देशक बिकास थापा मगरले जानकारी दिनु भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि निरौलाले नेपाली टेलिचलचित्र जगतमा सयौं टेलिफिल्महरूको माध्यमबाट हजारौं कलाकर्मीले लाखौं दर्शक–स्रोतासम्म हास्यव्यंग्यात्मक, भावनात्मक, सामाजिक, वास्तविक वा...
जाजरकोट रमाइलो मेलामा एक लाख रासी पुरस्कार श्रृसा पाेल्टि अडर सप्लायर्सलाई

जाजरकोट रमाइलो मेलामा एक लाख रासी पुरस्कार श्रृसा पाेल्टि अडर सप्लायर्सलाई

Breaking News, खेल, मनाेरन्जन, राष्ट्रिय, शिक्षा, समाचार
जाजरकोट : "रमाइलो मेला २०८१" काे एक लाख रासी पुरस्कार श्रृसा पाेल्टि अडर सप्लायर्स नलगाड जाजरकोटले प्राप्त गरेकाे छ ।प्रत्येक बर्ष पुस १२ देखि १६ गते सम्म जाजरकोट जिल्लाको सदरमुकाम खलंगामा लाग्ने "जाजरकोट रमाइलो मेला, कृषि, पर्यटन, खेलकुद तथा साँस्कृतिक महाेत्सव २०८१" यश पटक डाँफे युवा क्लब जाजरकोटले आयाेजना गरेकाे थियाे, भने प्रायोजन तथा आर्थिक  सहयाेग भेरि नगरपालिका जाजरकोट र सहजिकरण जिल्ला खेलकुद बिकास समिति , जिल्ला स्वास्थ्य सेवा कार्यलय, जिल्ला भलिबल संघ, नेपाल स्काउट , लाईन्स युवा क्लब जाजरकोट र टाेल सुधार समिति थाप्लेचाैरले गरेका थिय । बिगतका दिनहरुमा भेरि नगरपालिका -३ काे त्रिभुवन माध्यमिक बिद्यालयकाे  खेल मैदानमा लाग्दै आयकाे उक्त मेला यसपटक भने थाप्ले स्थित बसपार्कमा लागेकाे थियाे । पाँच दिन सम्म संचालित उक्त मेलामा विभिन्न लाेक झाँकि प्रदर्शन गर्नुका साथै राष्ट्रिय तथा स्था...
अभिषेक लम्साल र सिम्रन परियारको स्वर रहेको “मन मिल्ने दौतरी”सार्वजानिक (भिडियो सहित )

अभिषेक लम्साल र सिम्रन परियारको स्वर रहेको “मन मिल्ने दौतरी”सार्वजानिक (भिडियो सहित )

मनाेरन्जन
काठमाडौं । नेपाली सा्रगीतिक बजारमा दिन प्रतिदिन नयाँ नयाँ गीत तथा भिडियोहरु सार्वजानिक हुने क्रम बड्दो छ । यहि क्रममा अभिषेक लम्साल र सिम्रन परियारको स्वर रहेको “मन मिल्ने दौतरी” बोलको गीत सार्वजानिक भएको हो । पछिल्लो समय निकै चर्चामा रहेकी गायीका सिम्रन परियार संग सुमधुर स्वरका धनि उदयीमान गायक अभिषेक लम्सालको स्वरमा रहेको यो गीतका रचनाकार प्रदिप प्रजा र महेन्द्र सापकोटा हुन् । यो गीतमा अभिषेक लम्सालको संगीत, आरेम सुनुवारको मिक्सिङ मास्टरीङ रहेको छ भने संगीत संयोजन र रेकर्डिङ स्टुडियो सोनिकमा गरिएको हो । गीतको अडियो भिडियो उत्पादकको रुपमा एक्सन मिडिया रहेको छ । प्रदिप प्रजा र अर्चना त्रिपाठी को मुख्य अभिनय रहेको यो गीतको भिडियोमा कथा ,नृत्य निर्देशन तथा निर्देशन समिर थोकर ले गरेका छन् भने छायांकन सम्पादन तथा आईटि सपोर्ट सुशिल डाँगीले गरेका हुन् । शंकर सुमनको श्रृंगार रहेको यो...
बिजेन्द्र नौबागेको स्वदेश गान “ काँधमा छ राईफल ” भिडियो सहित सार्वजाजिक

बिजेन्द्र नौबागेको स्वदेश गान “ काँधमा छ राईफल ” भिडियो सहित सार्वजाजिक

मनाेरन्जन, समाचार
काठमाडौं । मोडल ,कलाकार,सर्जक बिजेन्द्र नौबागेको शब्द संकलनमा रहेको स्वदेश गान “ काँधमा छ राईफल ” भिडियो सहित सार्वजाजिक भएको छ । दोश्रो एक्टिभ फेस्टिवल अवार्ड — २०८१ को फाईनल कार्यक्रमको अवस पारेर सो गीत सार्वजानिक गरिएको हो । गोल्डेनपिक हाईस्कुल कपनमा नेपाल सरकारका पुर्व संस्कृति,पर्यटन तथा नागरिक उड्डयन राज्य मन्त्री परशुराम तामाङ वाइबाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रबिच सार्वजानिक भएको गीतमा ईवेस तिरुवाको स्वर , बिजेन्द्र नौबागेको संगीत, डिका गुरुङको संगीत संयोजन रहेको छ भने यो गीत काठमाडौं डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । देशभक्तिले ओतप्रोत भएर देशको रक्षमा लाग्न प्रेरणा दिने भावको यो गीतको भिडियोमा दिपेश एसके र अस्मिता पुरीले मुख्य पात्रको रुपमा अभिनय गरेका छन् भने मन्जली तामाङ र आदित्य लम्सालले बालकलाकारको भुमिका निर्वाह गरेको छन् । रोजिना श्रेष्ठको श्रृंगार,के...
गायक प्रबिन्स् मोक्तानको स्वरमा सजिएको गीत “ हेलम्बु बजार ” सार्वजानिक

गायक प्रबिन्स् मोक्तानको स्वरमा सजिएको गीत “ हेलम्बु बजार ” सार्वजानिक

मनाेरन्जन, समाचार
काठमाडौं । केहिबर्ष देखि बिभिन्न मेला महोत्सवमा स्टेज तताउने उर्जावान गायकको रुपमा स्थापित बन्दै गएका तामाङ समुदायका नायक एवं गायक प्रबिन्स् मोक्तानले “ हेलम्बु बजार ”बोलको गीत सार्वजानिक गरेका छन् । डि.बि.तामाङ बलको शब्द , प्रबिन्स् मोक्तानको संगीत , शुक्र तामाङको संगीत संयोजनमा तयार भएको यो गीतमा प्रबिन्स् मोक्तान र पुर्णिमा ब्लोनले स्वर दिएका छन् । सिन्धुपाल्चोकको पर्यटकीय क्षेत्रको रुपमा रहेको हेलम्बु बजार आसपासको क्षेत्रलाई वर्णन गरेर भावनात्मक र प्रेमिल संयोगहरुको परिकल्पना गर्दै तयार गरिएको यो गीतको अडियो मिक्सिङ दिपेश प्रधानले गरेका हुन् । ल्हास्सो म्युजिक स्टुडियोमा रेकर्डिङ गरिएको यो गीत प्रबिन्स् मोक्तान अफिसियल युटुब च्यानल मार्फत श्रोताहरुको लागि बजारमा ल्याईएको छ । हालको लागि अडियो मात्र सार्वजानिक गरिएको भएपनि दर्शक श्रोताको माग बमोजिम निकट भबिश्यमानै यसको भिडियो...
एक्टिभ म्यूजिक प्रा.लि.को आयोजनामा दोश्रो फेस्टिवल म्युजिक अवार्ड — २०८१ सम्पन्न

एक्टिभ म्यूजिक प्रा.लि.को आयोजनामा दोश्रो फेस्टिवल म्युजिक अवार्ड — २०८१ सम्पन्न

अर्थवाणिज्य, मनाेरन्जन, संस्कृति, समाचार
काठमाडौं । एक्टिभ म्यूजिक प्रा.लि.को आयोजनामा दोश्रो फेस्टिवल म्युजिक अवार्ड — २०८१ सम्पन्न भएको छ । कपन सरस्वती नगर स्थित गोल्डेन पिक हाईस्कुलमा नेपाल सरकारका पुर्व सांस्कृतिक,पर्यटन तथा नागरिक उड्डयन मन्त्री परशुराम तामाङ वाइबाको प्रमुख आतिथ्यता र एक्टिभ म्यूजिक प्रा.लि.का प्रबन्ध निर्देशक ,सर्जक तथा कलाकार बिजेन्द्र नौबागेको सभापतित्वमा अवार्ड कार्यक्रम सम्पन्न भएको हो । नव उदयीमान कार्यक्रम उद्योषक देवेन्द्र शाहीले सन्चालन गरेको अवार्ड बितरण तथा सम्मान कार्यक्रममा बरिष्ठ चलचित्रकर्मी सुभाष प्रसाद गजुरेल , नेपाली चलचित्रका नायक शितल के.सी., लोकप्रिय गायक रुपक डोटेल, गोल्डेन पिक हाई स्कुलका प्रिन्सिपल छत्रमनि राई,दिवाकर भण्डारी (सापटीकाका) लगायतको आतिथ्यता रहेको थियो । म्युजिक अवार्ड कार्यक्रमको मुख्य प्रायोजकको रुपमा गरिमा बिकास बैंक लिमिटेड ( केन्द्रिय कार्यालय) लाजिम्पाट , सुटमाला ब...
बिमल अधिकारी र पुजाको अभिनयमा विष्णु थापा मगरको “पर पर” सार्वजानिक ( भिडियो सहित)

बिमल अधिकारी र पुजाको अभिनयमा विष्णु थापा मगरको “पर पर” सार्वजानिक ( भिडियो सहित)

मनाेरन्जन
सुमन ढकाल,काठमाण्डौ। नेपाली लोक साँगीतीक क्षेत्र मौलाइ रहदा गायीका विष्णु थापा मगरको नयाँ गीत पिडा भाग-२ "पर पर” बोलको गीत सार्वजनिक भएको छ। शनिवार सार्वजनिक गीत करिव १५ मिनेटको छ। गीतलाई सर्जक रमेश बिजिले शब्द कोरेका हुन् भने मिलन पुनले भाका गरेका हुन्। गायीका विष्णु थापा मगरको गीतमा स्वर छ। उनकै प्रस्तुतिमा गीत निर्माण भएको हो। मायाको भाव समेटी पिडा पोखेको गीतमा कथाले दर्शाएको छ। उत्कृष्ठ शब्द लेखन सहित गीतले भिडियोलो न्याय दिलाएको छ। सवैको न्यान सहित सर्जक गायक बाचिरहोस् भन्ने लक्ष्य सहित उनी यो कदम अगाडी बढाईरहेकी छन्। अहिले सार्वजनिक गीत पिडा “पर पर” बोलको गीत विष्णु थापा मगरको स्वयम् अफिसियल युटुव मार्फत सर्वत्र बजारमा छाएको छ। बिमल अधिकारी र पुजा थापा मगरको दर्दनाक अभिनय रहेको भिडियो राजेश घिमिरेको छायांकन शुसिल डागीको रंग भने हेम नारायण श्रेष्ठले निर्देशन/ सम्पादन गर...