काठमाडौं । पुरानो निक्कै नै हिट गीत जत्तुकु मुबा आङीला जामे बोलको गीत नयां स्वाद सहित पुनः बजारमा ल्याएको छ ।एनालग जमानामा स्थापना गरेर संचालमा रहेको पुरानो म्युजिक कम्पनि Shree Music ले पुरानो गीतलाई रि-रेकर्ड गरेर डिजिटल बजारमा भिडियो सहित सार्वजनिक गरेका हुन् ।
२०५४ सालमा ‘सेम’ एल्बममा समाबेश गरिएको यो गीत तामाङ गीतसंगीतको ईतिहांसमा निक्कै नै हिट गीत रहेका थिए । एनालगको जमाना मै हिट रहेको यो गीकलाई नयां प्रविधिको प्रयोग सहित पुनः डिजिचल बजारमा ल्याएको हो । लाल बहादुर योञ्जनको शब्द रहेको उक्त गीतमा वरिष्ठ संगितकार भरत योञ्जनको संगीत रहेको थियो भने आवाज शब्द रचनाकार लाल बहादुर योन्जन र वरिष्ठ गायिका इन्दिरा गोले गुरुङको आवाज रहेको थियो ।
शुक्रबार Shree Music बाट सार्बजनिक गरिएको उक्त गीतको नयां भर्जनमा भने वरिष्ठ गायिका इन्दिरा गोले गुरुङ र The Voice of Nepal Season 5 का फर्स्ट रनर-अप मकर योञ्जनको स्वर रहेको छ । गीतको भिडियो तर्फ भने निर्देशक सुन्दर योन्जनको निर्देशन र युद्ध लामाको कोरियोग्राफिमा नायक तथा मोडल कुन्साङ बम्जन र नायिका अम्बिका तामाङको मुख्य अभिनय रहेको छ ।
प्राकृतिक सौन्दर्यताले भरिएको जिल्ला रसुवा आसपासमा छायांकन गरिएको भिडियोको दृश्यमा रसुवा आसपासको तामाङको जीवन शैली र भेषभुषालाई पनि निक्कै आकर्षक ढंगले प्रस्तुत गरेको पाईन्छ । तामाङ समुदायमा आस्याङ आङिको छोरा छोरी विच गहिरो सम्बन्ध रहने गर्दछ । अझ पहिले पहिले हक लाग्छ भन्ने चलन पनि रहेका थिए ।
यस्तै आस्याङ आङिला जा-जामे बिचको ठट्यौली पाराको यो गीतको शब्दहरु पनि निक्कै नै टिपिकल रहेका छन् । समग्रमा भिडियोमा कैद गरिएका दृश्यहरु निक्कै रोमान्चक र आकर्षक ढंगले प्रस्तुत गरेको पाईन्छ ।