थापाथलीमा दशैँको खसी, बोका बिक्री सुरू
काठमाडौं । दशैँको अवसरमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले स्थापना गरेको सुपथ मूल्य पसलबाट खसी, बोकाको बिक्री वितरण सुरू भएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको काठमाडौं थापाथलीमा अवस्थित वागमती प्रादेशिक कार्यालयबाट बुधबारदेखि खसी, बोका र च्याङ्ग्राको बिक्री वितरण सुरू भएको हो ।कम्पनीसँग एक हजार वटा खसी, बोका र दुई सय वटा च्याङ्ग्रा रहेकोमा बिहीवार दिउँसो सम्ममा तीन सयवटा खसी बोका र सय वटा च्याङ्ग्रा बिक्री भइसकेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड वागमती प्रादेशिक कार्यालयकी प्रमुख ज्ञानु थापाले जानकारी दिइन् ।
प्रमुख थापाले खसी, बोका बिक्री वितरण गर्दा पशु चिकित्सकले जाँच गरेर मात्रै स्वस्थ खसी, बोका बिक्री वितरण गरिरहेको बताइन् । उनले खसी, बोका तथा च्याङ्ग्रा बजार मूल्यभन्दा सस्तो गरी बिक्री भइरहेको पनि उल्लेख गरिन् । थापाथलीस्थित प्रादेशिक कार्यालय...