१२ फाल्गुन २०८१, सोमबार

Author: तुफान न्यूज

अष्ट्रेलियाले अफगानिस्तानमाथि  रोमाञ्चक जित, सेमिफाइनल पुग्न इंग्ल्याण्ड-श्रीलंकाको खेल कुर्नुपर्ने

अष्ट्रेलियाले अफगानिस्तानमाथि रोमाञ्चक जित, सेमिफाइनल पुग्न इंग्ल्याण्ड-श्रीलंकाको खेल कुर्नुपर्ने

Breaking News, खेल, राष्ट्रिय, समाचार
१८ कात्तिक, काठमाडौं । आईसीसी टी-२० विश्वकपमा बिहीबार अफगानिस्तानमाथि ४ रनको रोमाञ्चक जित निकाल्दै घरेलु टोली अष्ट्रेलियाले सेमिफाइनल पुग्ने सम्भावना कायमै राखेको छ । सुपर १२ अन्तर्गत समूह ‘ए’ को जित्नैपर्ने खेलमा अष्ट्रेलियाले अफगानिस्तानलाई झिनो रन अन्तरले पराजित गरेको हो । अष्ट्रेलियाले दिएको १६९ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले रासिद खानको अविजित ४८ रन मद्दतमा ७ विकेट गुमाएर १६४ रन बनायो । अन्तिम ओभरमा जितका लागि अफगानिस्तानलाई २१ रन आवश्यक थियो । रासिद खानले मार्कुस स्टोनइसलाई एक छक्का र २ चौका प्रहार गर्दा अफगानिस्तानले १७ रन जोडे पनि अष्ट्रेलियामाथि शनसनी जितबाट बन्चित रह्यो । रासिदले २३ बल खेल्दै ३ चौका र ४ छक्का मद्दतमा अविजित ४८ रन बनाए । अफगानिस्तानका लागि गुल्बादिन नइबले ३९, रहमानुल्लाह गुर्बाजले ३० र इब्राहिम जद्रानले २६ रन जोडे । अष्ट्रेलिया जोस हेजलउड र एडम...
राजधानीका  विद्यालयमा डिजिटल सिकाइका लागि सम्झौता :

राजधानीका विद्यालयमा डिजिटल सिकाइका लागि सम्झौता :

Breaking News, राष्ट्रिय, विज्ञान प्रबिधि, शिक्षा, समाचार
१८ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले डिजिटल शिक्षण सिकाइ गर्न सम्झौता गरेको छ । शुक्रबार सामुदायिक विद्यालयहरुमा डिजिटल शिक्षण पद्धति विकास गर्न काठमाडौँ महानगर र डिजिटल एण्ड वियोन्ड प्रालिबीच सम्झौता भएको छ । महानगरकी उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी र शिक्षा सल्लाहकार रेशु अर्यालको रोहवरमा राष्ट्रिय सभा गृहमा शिक्षा विभागका प्रमुख रामप्रसाद सुवेदी र वियोन्डका प्रमुख कार्यकारी निर्देशक सगुन ढुंगानाले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । वियोन्ड गुगलको नेपाल र दक्षिण एशियाली साझेदार संस्था हो । आउँदो २ बर्षका लागि भएको सम्झौताबमोजिम वियोन्डले महानगरलाई गुगलबाट शैक्षिक क्रियाकलापका लागि प्राप्त हुने सुविधा, सञ्चालन र व्यवस्थापनका लागि तालिम लगायत सहयोग सेवा निःशुल्क उपलब्ध गराउनेछ । यसअन्तर्गत सामुदायिक विद्यालयहरुमा शिक्षण र सिकाइका लागि शि...
नेकपा विप्लव  निकट युवाका महासचिव नै माओवादी केन्द्रमा

नेकपा विप्लव निकट युवाका महासचिव नै माओवादी केन्द्रमा

Breaking News, राजनीति, राष्ट्रिय, समाचार
      काठमाडौं । विप्लव नेतृत्वको नेकपा निकट युवा संगठनका महासचिव माओवादी केन्द्रमा प्रवेश गरेकी छन् । महासचिव सावित्री अधिकारी (बिधुसि ) सहितका केही  युवा पार्टीमा प्रवेश गरेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ । उनीहरूलाई प्रचण्डले खुमलटारस्थित निवासमा आयोजित कार्यक्रममा पार्टीमा स्वागत गरेको बताइएको छ।...
मिचिएको भूमि फिर्ता ल्याउँछौँ,  त्यसको ग्यारेण्टी गर्न चाहन्छौँ।’: केपि शर्मा  ओली

मिचिएको भूमि फिर्ता ल्याउँछौँ,  त्यसको ग्यारेण्टी गर्न चाहन्छौँ।’: केपि शर्मा ओली

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, विगन्यूज, समाचार
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दार्चुलाबाट चुनावी अभियानको पछाडि राष्ट्रियता र विकासको मुद्दा जोडिएको बताएका छन्। दार्चुला सदरमुकाम खलंगामा शुक्रबार आयोजित एमालेको चुनावी आमसभालाई सम्बोधन गर्दै ओलीले एक इन्च पनि नेपाली भूमि कसैलाई नछाड्ने उद्घोष गरे। एक इन्च पनि नेपाली भूमि कसैलाई छाड्दैनौँ', उनले भने, 'मिचिएको भूमि फिर्ता ल्याउँछौँ,  त्यसको ग्यारेण्टी गर्न चाहन्छौँ।’ ओली चुनावी अभियानमा सहभागी हुन बिहीबार धनगढी पुगेका थिए। त्यहाँबाट उनी खलंगा पुगेका हुन्। उनले शुक्रबार अन्य जिल्लाको चुनावीसभा पनि सम्बोधन गर्दैछन्।  ...
सुर्खेतमा ४ दलिय अवज्ञा तथा बहिस्कार सभा सम्पन्न

सुर्खेतमा ४ दलिय अवज्ञा तथा बहिस्कार सभा सम्पन्न

Breaking News, चुनाव, राजनीति, राष्ट्रिय, समाचार
सुर्खेत : नेपाल कम्युनिस्ट पार्टी (बहुमत), नेकपा (क्रान्तिकारी माओवादी) सहितका ४ दलको संयुक्त आयोजनामा सुर्खेतको वीरेन्द्रनगरमा निर्वाचन बहिष्कार तथा अबज्ञा सभा सम्पन्न भएको छ । नेकपा(क्रान्तिकारी माओवादी), नेकपा (बहुमत), नेकपा (मशाल) र माओवादी कम्युनिस्ट पार्टी नेपालको आयोजनामा सम्पन्न उक्त सभामा चार पार्टीका नेताहरुले सम्बोधन गर्दै निर्वाचन अवज्ञा तथा बहिस्कारको बारेमा आआफ्नो धारणा राखेका थिय । सभामा नेकपा (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य तथा देजमोका केन्द्रीय अध्यक्ष सिपी गजुरेलले आसन्न संसदीय व्यवस्थाको निर्वाचनको कुनै औचित्य नरहेको र यो चुनाव राष्ट्रको ढुकुटि सक्ने, जनता र देशलाई कमजोर बनाउन अर्बौ रकम खर्च गर्ने जनराष्ट्रघाती भएको भन्दै यो चुनाव अवज्ञा तथा बहिस्कार गर्नुपर्ने बताए । नेकपा (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’, ले यो संसदीय चुनाव जनताक...
चुनाव सम्बन्धी धारणा सार्वजनिक गर्न क्रान्तिकारीले पत्रकार सम्मेलन गर्दै

चुनाव सम्बन्धी धारणा सार्वजनिक गर्न क्रान्तिकारीले पत्रकार सम्मेलन गर्दै

Breaking News, निर्वाचन, राजनीति, राष्ट्रिय, शिक्षा, समाचार
काठमाडौँ: नेकपा (बहुमत) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) र नेकपा(क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले आउदै गरेको संसदीय निर्वाचन वहिस्कार तथा अवज्ञाबारे पत्रकार सम्मेलन गर्दैछन् । मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन वहिस्कार तथा अवज्ञाबारे संगठनको आधिकारीक धारणा सार्वजनिक गर्न आज शुक्रबार दिउसो १ बजे काठमाडौँको अनामनगरमा रहेको संबाद डबलीमा दुई विद्यार्थी संगठनले पत्रकार सम्मेलन गर्न लागेका हुन् । बहुमत निकट अखिल क्रान्तिकारीका अध्यक्ष मिलन राई र क्रान्तिकारी माओवादी निकट अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले हिजो बिहिबार संयुक्त विज्ञप्ति जारी गरी पत्रकार सम्मेलन हुन लागेको जानकारी दिएका छन् । ...
सयपत्री बिक्रीबाटै ८ लाख आम्दानी

सयपत्री बिक्रीबाटै ८ लाख आम्दानी

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, संस्कृति, समाचार
१८ कार्तिक । स्याङ्जा  कालीगण्डकी गाउँपालिकाबाट तिहारको अवधिमा मात्रै रु आठ लाख बढीको सयपत्रीको फूलमाला बिक्री भएको छ। गाउँपालिकाले १५ रोपनी र स्थानीय किसान तथा समूहले ३५ रोपनीमा उत्पादन गरेको सयपत्री फूलका थुङ्गा तथा माला बिक्रीबाट गाउँपालिका र स्थानीय समूह तथा कृषकले आम्दानी लिन सफल भएका हुन्। तिहारलाई लक्ष्य गरी उत्पादन गरिएको फूल गाउँपालिकाले प्रतिकिलो रु दुई सय ५० र कृषक तथा समूहले प्रतिकिलो रु तीन सयका दरले बिक्री गरेको गाउँपालिकाका कृषि अधिकृत अनुप पौडेलले बताए। किसान तथा समूहले फूलका थुङ्गाका अलावा मालासमेत बनाएर बिक्री गरे’, उनले भने, ‘तिहारको अवधिमा किसान तथा समूहद्वारा प्रतिमाला रु ८० देखि रु एक सयका दरले बिक्री भयो।’ यहाँ उत्पादन भएको फूल तथा माला स्थानीय बजारमै अत्यधिक खपत भएको थियो। स्थानीय बजारसँगै बुटवल, पोखरा, काठमाडौँ, दाङ, नवलपुरलगायत ठाउँमा समेत माला खपत भए...
राष्टपति भण्डारीले  : मुष्ताङ मुक्तिनाथमा बिशेष पुजा गरिन।

राष्टपति भण्डारीले : मुष्ताङ मुक्तिनाथमा बिशेष पुजा गरिन।

Breaking News, पर्यटन, समाचार
राष्ट्रपति विद्यादेवी भण्डारीले मुस्ताङस्थित प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको आज बिहान दर्शन गरेकी छन्। उनले मन्दिर परिसरमा रहेका एक सय ८ धाराको परिक्रमासँगै मन्दिरमा विशेष पूजाआजा गरेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए। मुक्तिनाथ मन्दिर परिसरमा निर्मित भगवान् गौतमबुद्धको मूर्ति अनावरण र भगवान् विष्णुको मूर्ति शिलान्यासका सिलसिलामा राष्ट्रपति यहाँ आएकी हुन्। केही बेरपछि राष्ट्रपति भण्डारी मूर्ति अनावरण र शिलान्यास समारोहमा सरिक हुने प्रजिअ शर्माले जानकारी दिए। राष्ट्रपतिबाट मुक्तिनाथको रानीपौवामा निर्माण गरिएको ‘लो मुस्ताङ हिमालयन रिसोर्ट’को पनि शुभारम्भ गर्ने जनाइएको छ।...
नेकपा विप्लव समूहको निर्णयपछि सुरक्षा निकायसँग आयोगको छलफल

नेकपा विप्लव समूहको निर्णयपछि सुरक्षा निकायसँग आयोगको छलफल

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार
             १७ कार्तिक, काठमाडौं । आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन बिथोल्ने नेकपा  विप्लव समूहको निर्णयपछि निर्वाचन आयोगले सुरक्षा निकायसँग छलफल गरेको  छ । बुधवार आयोगले गरेको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले यसबारे जानकारी दिएका हुन् । उनले आयोगले यो वर्ष सर्वसहमतिमा चुनाव हुने विश्वास गरेकोमा उक्त समूहको निर्णय अनपेक्षित रहेको बताए । यसबारेमा सुरक्षा निकायसँग आयोगले छलफल गरेको बताउँदै उनले शान्तिपूर्ण रूपमा चुनाव हुने विश्वास व्यक्त गरे । आयोगले प्रधानमन्त्रीसहित  संघ र केन्द्रका मन्त्रीले आयोगको सहमतिमा मात्र निर्वाचन प्रचारप्रसारमा जान पाउने उल्लेख गरे । यस्तै चुनाव प्रचारका क्रममा लागेको खर्च विवरण  मंसिर ४ गतेदेखि १५ दिनभित्र बुझाउनु पर्ने जानकारी गराए ।  उनीहरूले बुझाएको खर्च विवरणको रजिस्टर्ड लेखा परीक्षकबाट लेखा परीक्षण गर्ने बताए । य...
आज  देखि चुनाव केन्द्रित जुलुस र आमसभा गर्न पाउने ; निर्वाचन आयाेग

आज देखि चुनाव केन्द्रित जुलुस र आमसभा गर्न पाउने ; निर्वाचन आयाेग

Breaking News, चुनाव, निर्वाचन, राष्ट्रिय, शिक्षा, समाचार
            १७ कार्तिक, काठमाडौं । आगामी मंसिर ४ गते हुने आम निर्वाचनका लागि दलहरुले आज  बिहीबारदेखि चुनाव केन्द्रित प्रचारप्रसारलाई व्यापक बनाउन पाउने भएका छन् । उम्मेदवारहरूले कात्तिक १७ गतेदेखि मङ्सिर १ गतेसम्म प्रचारप्रसारअन्तर्गत जुलुस,आमसभा,कोणसभा गर्न पाउने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आचारसंहिताको दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भातृ  सङ्गठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचारप्रसारसम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरणको व्यवस्था गरिएको छ । उक्त दफा १३ (म) मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदान हुने दिनभन्दा १७ दिनअघिदेखि मात्र निर्वाचन प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सकिने व्यवस्था गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा ...