२०८३ असार १६, मंगलवार

Author: तुफान न्यूज

रुकुम बाट काठमाडौंका लागि छुटेको यात्रुबाहक बस बाग्लुङमा दुर्घटना

रुकुम बाट काठमाडौंका लागि छुटेको यात्रुबाहक बस बाग्लुङमा दुर्घटना

Breaking News, यातायात, राष्ट्रिय, समाचार
काठमाडौं :रुकुम पश्चिमको सानीभेरी गाउँपालिका १ चाईनाबगरबाट काठमाडौका लागि छुटेको यात्रुबाहक बस बाग्लुङ्गमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।सोमबार बिहान छुटेको बा ००६ ख ३८७९ नम्बरको कमलताल डिलक्स बस साँझ करिब ५:३० बजेतिर बागलुङको निसीखोला गाउँपालिका वडा नम्बर ६ को जाउले पानीमा दुर्घटनाग्रस्त भएको हाे। उक्त बसमा करिब ३२ जना यात्रुहरु रहेको र घाइते २५ जनाको नजिकै बुर्तिबाङ स्वास्थ्य चौकीमा प्राथमिक उपचार भई रहेको बागलुङका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले जानकारी गराएका छन । रातको समय भएकोले हेलिकप्टरबाट उद्धार कार्य कठिन भएको रिजालले बताए । घाइतेहरुलाई थप उपचारका लागि पोखरा लगिदै छ । मृतकको संख्या बढन सक्ने बताइएको छ । दुर्घटनाको कारण भने खुलेको छैन ।...
रुसि सेनामा कार्यरत जाजरकोटका नवीन लगायत ७ जनाकाे निधन

रुसि सेनामा कार्यरत जाजरकोटका नवीन लगायत ७ जनाकाे निधन

Breaking News, अन्तर्राष्ट्रिय, समाचार, स्वास्थ
जाजरकोट : रुसी सेनामा कार्यरत जाजरकोटका नविन शाही सहित ७ जना नेपालीको निधन भएको छ । जाजरकोटको शिवालय गाउँपालिकाका शाही सहित रूसी सेनामा भर्ती भएका ७ जना नेपालीहरुको मृत्यु भएको बिहिवार परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति मार्फत सार्वजनिक गरेकाे छ । मन्त्रालयका अनुसार मृत्युहुनेमा जाजरकोटका नविन शाही, बाँकेका संजय केसी, बाग्लुङका जित बहादुर बिक, धादिङ्का पूर्ण बहादुर गुरुङ, रसुवाका सुन्दर मोक्तान,उदयपुरका पदम बहादुर घिमिरे र झापाका गंगाराम अधिकारी रहेका छन । मित्र राष्ट्रहरुको राष्ट्रिय सेनामा बाहेक अन्य देशको सेनामा नेपाली नागरिक भर्ती हुन नपाइने प्रावधान रहेकोले स्वदेश फर्काउन कूटनीतिक प्रयास भइरहेका बेला रुसमा थप नेपाली नागरिकको निधन भएको प्रति सरकारले दुख व्यक्त गरेको छ । सरकारले ज्यान गुमाएका नेपाली नागरिकहरुका परिवारलाई क्षतिपूर्ति र घाइतेको उपचारका साथै त्यहाँ कार्यरत नेपाली...
सन्दर्भ : १४१ आौं मार्क्स स्मृति दिवस : मार्क्सवादको आौचित्य र सान्दर्भिकता – हस्त बहादुर केसी

सन्दर्भ : १४१ आौं मार्क्स स्मृति दिवस : मार्क्सवादको आौचित्य र सान्दर्भिकता – हस्त बहादुर केसी

राजनीति, विचार, शिक्षा
 "उनको नाउँ र कार्य युगयुगान्तरसम्म जीवित रहनेछन् ।"                                            - फ्रेडरिक एंगेल्स सन १८८३ मार्च १४ का दिन अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा एउटा अपुरणीय क्षतिको घटना घटित हुन पुग्यो । त्यो घटना थियो - विश्व सर्वहारा वर्गका महान् नेता तथा मार्क्सवादका प्रवर्तक कार्ल मार्क्सको देहावसान भएको दिन । त्यस दिन  मानव समाजको , विश्व सर्वहारावर्गको सबैभन्दा शक्तिशाली मस्तिष्कले विचार गर्न छोडेर कुर्सीमा निदाएको थियोे । यसरी मार्क्सले यस धर्तीबाट बिदा लिएको आज १४१ वर्ष पुरा भएको छ । र विश्व सर्वहारा वर्गले आज महान् दार्शनिक कार्ल मार्क्सको १४१ आौं स्मृति दिवस भव्यताका साथ मनाउन गइरहेका छन् ।       कार्ल मार्क्स जन्म   ५ मई १८१८ मा जर्मनीको ट्रियर शहरको एक वकिल परिवारमा भएको थियो । सन १८४८ फेब्रुअरी २१ का मार्क्स र एंगेल्सद्वारा कम्युनिस्ट लिगको तर्फबाट लण्डनबाट ...
मार्क्सको सम्झनामा अन्तराष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले निकाल्यो विज्ञप्ति

मार्क्सको सम्झनामा अन्तराष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले निकाल्यो विज्ञप्ति

Breaking News, राजनीति, राष्ट्रिय, विचार, शिक्षा, संस्कृति, समाचार
काठमाडौं : चैत्र १ गते अर्थात् मार्च १४ तारिक मार्क्सवादी दर्शनका आविष्कारक कार्ल मार्क्सको निधन भएको दिन हो । त्यसैले आजको दिनलाई संसारका किसान र मजदूरहरुले स्मरण गर्दै आएका छन् । यसै अवसरमा अन्तराष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले कार्ल माक्र्सलाई स्मरण गरेको छ । सो संगठनका तर्फबाट अध्यक्ष हस्तबहादुर केसीले एक विज्ञप्ति जारी गर्दै कार्ल मार्क्सको निधन भएको १४१औं जन्मदिनको अवसरमा स्मरण गर्दै मार्क्सको योगदानलाई स्मरण गरेका छन् । यस्तो अध्यक्ष केसीद्धारा जारी गरिएको विज्ञप्ति : १४ मार्च १८८३ । आज मार्च १४ हो । आजकै दिन अर्थात् सन १८८३ मार्च १४ दिन वैज्ञानिक साम्यवादका सिद्धान्तकार, सर्वहारा वर्गको मुक्तिको सिद्धान्त  मार्क्सवादका प्रतिपादक, द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शनका अन्वेषक कार्ल  मार्क्सको देहावसान भएको थियो । आज  मार्क्सको देहावसान भएको १४१ वर्ष पुरा भएको छ । उह...
आउदै गरेको डोजर र खलंगाको चिन्ता:-जनक केसी

आउदै गरेको डोजर र खलंगाको चिन्ता:-जनक केसी

Breaking News, अर्थवाणिज्य, पुर्वाधार, यातायात, राष्ट्रिय, विचार, शिक्षा
बिषय प्रवेश :अहिले जाजरकोट सदरमुकाम खलंगाको बजारमा अतिक्रमित जग्गामा बनेका भौतिक संरचनाहरु हटाउन स्थानीय प्रशासनले जारी गरेको ३५ दिने सुचना पछि घरटहरा भत्काउन डोजर आउन लागेको भन्ने हल्लाको व्यापक चर्चा भइरहेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीको फैसला र गृहमन्त्रालयको परिपत्र भन्दै जिल्ला प्रशासन कार्यालयले फागुन २० गते केहि स्थानीयको नाम र केहि कित्ता नम्वरहरुमा रहेका जग्गाहरुको क्षेत्र तोकेर ती क्षेत्रमा वनेका घरटहराहरु भत्काउन सार्वजनिक सुचना जारी गरेपछि यहाँ विभिन्न थरिका हल्लाहरु फैलिएका छन् ।स्थानीय प्रशासनको सुचना, अख्तियारको फैसला,गृहमन्त्रालयको पत्र र विभिन्न समयमा वसेका जिल्ला स्तरका सर्वदलीय तथा सर्वपक्षीय वैठकहरुले पनि विकल्प नदिएर गरेका निणर्यहरुका आधारमा स्थानीय प्रशासन अघि वढेको छ । जाजरकोट सदरमुकाम खलंगाको वजार क्षेत्रमा अहिले भर्खरै भन्दा पनि तीस चालिस वर्...
राष्ट्रिय सभा अध्यक्ष मा दाहाल विजयी

राष्ट्रिय सभा अध्यक्ष मा दाहाल विजयी

Breaking News, निर्वाचन, राष्ट्रिय, समाचार
काठमाडौं ;राष्ट्रिय सभाको अध्यक्षमा नारायण दाहाल निर्वाचित भएका छन् । मंगलबार राष्ट्रिय सभामा भएको मतदानमा दाहालको पक्षमा ३९ र विपक्षमा १७ मत परेको छ । मतदानमा ५६ जना सांसद उपस्थित थिए ।  
राष्ट्रिय सभा अध्यक्ष पदका लागि आज मतदान हुँदै

राष्ट्रिय सभा अध्यक्ष पदका लागि आज मतदान हुँदै

Breaking News, निर्वाचन, राष्ट्रिय, समाचार
काठमाडौं : राष्ट्रिय सभा अध्यक्ष पदका लागि आज मतदात हुँदैछ । साेमबार सत्ता गठबन्धनको तर्फ बाट नेकपा माओवादी केन्द्र का नेता नारायण दाहाल र नेपाली कांग्रेसका युवराज शर्माले उम्मेदवारी दर्ता गरेका थिय। बिहान ११:९ बजे बस्ने राष्ट्रिय सभा बैठकमा अध्यक्षको निर्वाचन हुने संघीय संसद सचिवालयले जनाएको छ ।   ...
ग्रील तथा स्टील ब्यवसायी महिला राष्ट्रिय भेला सम्पन्न बिष्णुमाया उचहीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

ग्रील तथा स्टील ब्यवसायी महिला राष्ट्रिय भेला सम्पन्न बिष्णुमाया उचहीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, शिक्षा, समाचार
काठमाडौं : ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपाल अन्तर्गत रहेको महिला उपसमितिको आयोजनामा भएको ग्रील तथा स्टील ब्यवसायी महिला राष्ट्रिय भेला भब्यताको साथ सम्पन्न भएको छ ।भेलाले देशैभर बाट प्रतिनिधित्व हुने एक कार्यसमिति समेत चयन गरेको छ । भेलाले ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालकी महिला उपाध्यक्ष बिष्णुमाया उचहीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । कार्यसमितिको अध्यक्षमा बिष्णुमाया उचही (काठमाडौं),उपाध्यक्षमा देवी कार्की (रुपन्देही),सचिवमा सर्मिला कार्की(रिमाल) काठमाडौं,कोषध्यक्षमा सरिता प्रधान(मकवानपुर) तथा सदस्य हरुमा सम्झना सिलवाल (चितवन),सृजना भट्टराई(सुनसरी),प्रभा घिमिरे (पश्चिम नवलपरासी),तारा बुढाथोकी (पोखरा),गिता खम्चा (नवलपुर) सर्व सहमत निर्वाचित भयका छन्। प्रतिनिधिसभा नेपालकी उपसभामुख ईन्दिरा रानामगरको प्रमुख आतिथ्यतामा भएको उद्घाटन समारोहमा विशिष्ट अतिथिको रुपमा नेप...
राष्ट्रिय सभा अध्यक्षमा दाहाल र शर्माकाे उम्मेदवार दर्ता

राष्ट्रिय सभा अध्यक्षमा दाहाल र शर्माकाे उम्मेदवार दर्ता

Breaking News
काठमाडौं ;राष्ट्रिय सभा अध्यक्ष पद लागि दुई जनाको उम्मेदवारी दर्ता भएको छ । संघीय संसद्को निर्वाचन कार्यतालिका अनुसार सोमबार संसद भवन नयाँ बानेश्वरमा नेपाली कांग्रेसका युवराज शर्मा र माओवादी केन्द्रका सांसद नारायण दाहालले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका छन्। भोलि मंगलबार राष्ट्रियसभा बैठकमा निर्वाचन हुनेछ । सत्ता गठबन्धनको सहज बहुमत भएकाले दाहाल आफ्नो जितप्रति ढुक्क भयकाे बताउछन।    ...
तिमी आइरहनु है :- सत्या पहाडी

तिमी आइरहनु है :- सत्या पहाडी

कविता, विचार, शिक्षा
कविता : आमा प्रति समर्पित । आज पनि देखिरहेकी छु दुर क्षितिजमा फैलिएको घना बादलकालाई च्यातेर टिलपिलाइरहेछ एउटा तारा स्मृतीको चिमनीबाट मनभरी चियाउँदै कल्पना गर्छु तिम्रो अनुहार जस्तै चम्किलो छ हरेक अन्धकारलाई चिर्न सक्ने निरासताको पर्दा छेडेर हरेक मन मस्तिष्कमा आशाको प्रकाश भई छुन सक्ने ओइलाएका पुष्पहरुमा वहार छर्न सक्ने आँचलमा अगालेर बात्सल्यता भर्न सक्ने उज्यालोको अद्भुत अनुभुती मन भरी हुन सक्ने अजर अनि अमर तिमी त्यही तारा हौं हर मनहरुमा हर जंघारहरुमा जोस बनेर जगाइरहने स्मृतीको अमिट विम्व हौ तिम्रो प्रतिविम्व त के वन्न सकुला र तिम्रो अभावमा आउने ऐठनहरुलाई नियन्त्रण गर्दै तिम्रो यादको आगनमा सजाइरहेकी छु तिम्रो तस्वीर कहिले कहि जिन्दगीका भिर र पिर पखालेर दृढताको मन धोइरहेकी हुन्छु तिमीलाई गुमाएको पल मेरो खुशी खोसिएको क्षण भाव विहलताको औसी च्यातेर सम्झाना...