१७ पुष २०८२, बिहीबार

Author: तुफान न्यूज

भुकम्पले घर भत्किय पछि त्रिपाल मुनि बस्दै आयकी शर्मिलाकाे चिसाेले ज्यान लियाे

भुकम्पले घर भत्किय पछि त्रिपाल मुनि बस्दै आयकी शर्मिलाकाे चिसाेले ज्यान लियाे

Breaking News, पुर्वाधार, माैसम, राष्ट्रिय, समाचार, स्वास्थ
जाजरकोट :भूकम्पले घर भत्किय पछि त्रिपालमुनि बस्दै आएकी नलगाड नगरपालिका वडा न. ८ कि  २५ वर्षीया शर्मिला चदाराको चिसोबाट मृत्यु भएको छ । उनी सुत्केरी भएको करिब एक महिना हुन लागेको जनाइएको छ । स्थानीय टेकबहादुर नेपालीले चदाराको गए राति चिसोबाट मृत्यु भएको जानकारी दिए । नलगाड –८ का वडाध्यक्ष तेजबहादुर सिंहले भने, ‘घर बाहिर त्रिपालमुनि बस्दै आएकी चदाराको चिसोबाट मृत्यु भएको खबर आएको छ ।’ चदाराले छोरीको जन्म दिएकी थिइन् । चिसोका कारण जाजरकोटमा हालसम्म १२ जनाको मृत्यु भइसकेको छ । भेरी नगरपालिका– २ का हुकुमबहादुर पुनकी एक महिनाकी छोरी निरुता, नलगाड नगरपालिका– ८ टापुकी ७० वर्षीया विष्णुकुमारी खत्री, जुनीचाँदे गाउँपालिका– ४ लुहादहकी ८९ वर्षीया सुगिली नेपाली, बारेकोट गाउँपालिका– १ रामीडाँडाका ७० वर्षीय डुमे पुन, छेडागाड नगरपालिका– १३ थानवाडाकी ५६ वर्षीया मनसरी कामी, भेरी नगरपालिका– २ का ८८ वर्ष...
आरसिपि नेपालकाे केन्द्रीय “जनसेवा अभियान” टिम राहत र पुनःनिर्माणका लागि भुकम्प प्रभावित क्षेत्रमा पुग्याे

आरसिपि नेपालकाे केन्द्रीय “जनसेवा अभियान” टिम राहत र पुनःनिर्माणका लागि भुकम्प प्रभावित क्षेत्रमा पुग्याे

Breaking News, पुर्वाधार, राष्ट्रिय, विचार, विज्ञान प्रबिधि, समाचार
काठमाडौं ।मोहन वैद्य (किरण) नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टि नेपालका केन्द्रीय कार्यलय सदस्य तथा ३ नम्बर प्रदेश ईन्चार्ज हेमन्त प्रकाश ओली सुदर्शनकाे नेतृत्वको केन्द्रीय "जनसेना अभियान" टोली भूकम्प प्रभावित क्षेत्र जाजरकोटमा  पुगेकाे छ ।भूकम्प प्रभावित क्षेत्रको उद्धार र पुर्ननिर्माणको लागी नेता सुदर्शनकाे नेतृत्वमा पार्टी निकट बिद्यार्थी संगठनका केन्द्रीय संयाेजक मिलन राई,क्रान्तिकारी युवा संगठनका केन्द्रीय कार्यलय सदस्य प्रमाेद सिंह, मजदु संगठन का केन्द्रीय संयोजक दिनेश शर्मा लगायत ४० जनाकाे  अभियान टोलि राहत सामग्री सहित भूकम्प प्रभावित क्षेत्र जाजरकोटमा आइतबार पुगेकाे  हो । भुकम्प गय लगत्तै पार्टीकाे निर्देशनमा पहिलाे चरणमा जिल्ला ईन्चार्ज अनन्त र संयोजक हिमालकाे नेतृत्वमा उद्धार कार्यमा खटिरहेका थिए। दाेश्राे चरणमा पार्टीका केन्द्रीय कार्यलय सदस्य तथा ६ नम्बर प्रदेश इन्चार्ज उ...
जाजरकोटमा भुकम्पिय बिपत ब्यवस्था सम्बन्धि सर्वपक्षीय बैंठक सम्पन्न

जाजरकोटमा भुकम्पिय बिपत ब्यवस्था सम्बन्धि सर्वपक्षीय बैंठक सम्पन्न

Breaking News, पुर्वाधार, राजनीति, राष्ट्रिय, विचार, शिक्षा, समाचार
जाजरकोट : जाजरकोटमा भूकम्पिय विपद व्यवस्था सम्बन्धि सर्वपक्षिय बैठक सम्पन्न भयकाे छ ।क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल जाजरकोट जिल्ला संगठन समितिकाे आयाेजनामा पार्टी केन्द्रीय कार्यलय सदस्य तथा  ६ नम्बर प्रदेश इन्चार्ज उदय बहादुर चलाउने "दिपक"काे प्रमुख आतिथ्यतामा सम्पन्न भएको हाे ।शनिवार जाजरकोट भेरि नगरपालिकाकाे वडा न ३ ठाँटि स्थित स्याम कटेजकाे हलमा भयकाे सर्वपक्षीय बैंठकमा जिल्ला समन्वय समिति जाजरकोटका प्रमुख काली बहादुर खत्रि, नेकपा एमालेका जिल्ला अध्यक्ष खिम बहादुर शाही,नेकपा एकिकृत समाजवादी का जिल्ला अध्यक्ष कमान खड्का , नेकपा माओवादी केन्द्र का प्रदेश कमिटी सदस्य दिपक खत्रि ,राप्रपाका जिल्ला उपाध्यक्ष राजेन्द्र प्रसाद शर्मा ,नागरिक समाजका अगुवा राजेन्द्र बिक्रम शाह, नेपाल रेडक्रस जाजरकोट शाखाका सभापति हरि बहादुर बस्नेत, जिल्लामा क्रियाशील पत्रकार  र पार्टीका जिल्ला कमिटीका ईन्चा...
पुर्वराजा ज्ञानेन्द्र शाह झापा भ्रमणमा

पुर्वराजा ज्ञानेन्द्र शाह झापा भ्रमणमा

Breaking News, राष्ट्रिय, विचार, समाचार
काठमाडौ ।पूर्वराजा ज्ञानेन्द्र शाह झापा भ्रमणमा छन्। उनी काठमाडौँबाट हिजै (शुक्रबार) झापा पुगेका हुन्। पूर्वराजा शाह आज बिर्तामोडमा पृथ्वीनारायण शाहको सालिक अनावरणदेखि स्थानीय नागरिकसँग भेटघाटसम्मका कार्यक्रममा सहभागी हुनेछन्। मेची क्राउन होटल (पूर्वराजा बास बसेक छन) साेहि ठाउबाट आज दिउँसो १ बजे मोटरसाइकल र्‍याली गरि अनि बिर्तामोडको भाटभटेनीअगाडि ‘राजा’ गाडिबाट ओर्लियर हिड्ने कार्यक्रम रहेका छ । त्यसपछि पूर्वराजा ज्ञानेन्द्रले त्यहाँ बनेको पृथ्वीनारायण शाहको सालिक अनावरण गर्ने बताएको छ।...
जाजरकोट,मेलामा झडप हुदा एक युवाकाे मृत्यु र एक जना गम्भीर घाईते

जाजरकोट,मेलामा झडप हुदा एक युवाकाे मृत्यु र एक जना गम्भीर घाईते

Breaking News, राष्ट्रिय, संस्कृति, समाचार, स्वास्थ
जाजरकोट :जाजरकोटमा एक जना युवाकाे मेलामा झडप हुदा  मृत्यु भयकाे छ भने एक जना गम्भीर घाइते भयका छन् ।जिल्लाको कुशे  गाउँ पालिका वडा न.२ तिमिल्धारा टाेल निवासी बर्ष ३० जनक शाहीकाे शुक्रबार राति मृत्यु भयकाे हाे भने साेहि टाेलका बर्ष १९ का तेजेन्द्र शाहि गम्भीर घाइते भयका छन । प्रत्येक बर्ष हरिबाेधिनि एकादशीका दिन लाग्ने मेला छेडागाड नगरपालिका वडा न ७ र कुशे गाउपालीका वडा न २ काे बिचमा पर्ने धाैला मेलामा गयका घाइते तेजेन्द्र शाहि संगकाे ब्यक्तिगत रिसिभिका कारण झडप भयकाे र उनका सहाेदर अंकल पर्ने जनक शाहि झगडा छुटाउन जादा साेहि पालिका वडा न ३ का युवाहरूले  एक्कासि लठ्ठी प्रहार गरि घाईते अवस्थामा छाेडेर भागेकाे र  आफन्त हरुले घर सम्मा पुर्‍याइयकाे अवस्थामा दुई बजे राति शाहिकाे मुत्यृ भयकाे बुझिएको छ । गम्भीर घाइते तेजेन्द्र शाहीलाई त्यहा प्राथमिक उपचार नभय पछि हस्पिटल तर्फ लगिएकाे र...
एमाले युवा संघ र दुर्गा प्रसाईं काे शक्ति प्रदर्शन: कस्काे कति ? हेर्नुहाेस

एमाले युवा संघ र दुर्गा प्रसाईं काे शक्ति प्रदर्शन: कस्काे कति ? हेर्नुहाेस

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौँ: नेकपा (एमाले)को भातृ संगठन युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको समूहले आज काठमाडौंमा शक्ति प्रदर्शन गरेका छन् ।निकै चासोपूर्वक हेरिएको दुर्गा प्रसाईं नेतृत्वको "राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान"का समर्थकहरूले जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा बिहीबार काठमाडौँको बल्खुमा प्रदर्शन गरेका हुन् । प्रदर्शन स्थलमा नेपाल प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मीहरू परिचालन गरिएको थियो ।उता युवा संघले तीनकुनेमा प्रदर्शन गरेकाे थियाे, तीनकुनेमा पनि नेपाल प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मीहरू परिचालन गरिएको थियो । दुवै समूहले माइतीघरमा प्रदर्शन गर्न खोजेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले फरक–फरक स्थान तोकेर माइतीघर देखि बानेश्वर सम्मकाे एरियालाई "निषेधाज्ञा" जारी गरेको थियो । दुर्गा प्रसाईं नेतृत...
भुकम्पकाे केन्द्र बिन्दु मकवानपुर  जिल्लाकाे चित्लाङ, ४.५ म्याग्निच्युड

भुकम्पकाे केन्द्र बिन्दु मकवानपुर जिल्लाकाे चित्लाङ, ४.५ म्याग्निच्युड

Breaking News, पुर्वाधार, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
काठमाडौं : १ बजेर १९ मिनेट जाँदा मकवानपुर जिल्लाको चित्लाङभन्दा केही माथि केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का मकवानपुरसहित धादिङ र काठमाडौँ जिल्लामा महसुस गरिएको थियाे।    
काठमाडौंमा १:१९ भुकम्पकाे महसुस

काठमाडौंमा १:१९ भुकम्पकाे महसुस

Breaking News, पुर्वाधार, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
काठमाडौं :काठमाडौँमा भूकम्पको धक्का महसुस भएको छ । बिहीबार राति  १ बजेर १९ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो । रातको समयमा भूकम्पको धक्का कडा महसुस भएको छ भने यसबारे थप विवरण आउने क्रममा रहेको छ।
जाजरकोटमा भुकम्प पछिकाे पुन:स्थापना

जाजरकोटमा भुकम्प पछिकाे पुन:स्थापना

पुर्वाधार, विचार, शिक्षा
कार्तिक १७ गते राती ११.४७ बजे गएको भूकम्पले जाजरकोटमा १०१ जनाको ज्यान गएको छ भने १५८ जना घाइते भएका छन् । यस भूकम्पले ९ हजार ७ सय ९४ घर भत्किएका छन् भने २४ हजार ७ सय ७ घर बस्न नमिल्ने गरी चर्किएका छन् । कुल ३४ हजार ३ सय ९ घरधुरी रहेको जाजरकोटमा कुल जनसंख्या १ लाख ८९ हजार ३६५ जना रहेको छ । भूकम्प पछि ९९ % जनता खुला आकाशमा बास गरिरहेका छन् । यसबिचमा ६०० भन्दा बढी प्रकम्प गइसकेका छन् । भूकम्प पछिको १३ दिन वितिसक्दा पनि न त पर्याप्त राहत सामग्री नै पुगेको छ नत जनता आफैले आफ्नो जोहो गर्न सकिरहेका छन् । प्राय सबैमा एउटै आशा छ कि पाल आउँछ, कम्बल आउँछ, म्याट्रिक्स आउँछ, चामल आउँछ र आफ्नो र परिवारको दैन्यनदिन सहज हुन्छ । भूकम्प पछि राहत सामग्री जिल्लामा भित्रिरहेकै पनि छ । नेता, कार्यकर्ता, समाजसेवी लगायतका विभिन्न मानिसहरुले भूकम्प पिडितलाई भेटेर राहन आउने आश्वासन बाँडिरहेकै पनि छन् । राज्यप्रत...
शिक्षकले बनाईदिए भुकम्प पिडत, शहिद परिवार तथा एकल महिलाको अस्थायी आवास

शिक्षकले बनाईदिए भुकम्प पिडत, शहिद परिवार तथा एकल महिलाको अस्थायी आवास

Breaking News, पुर्वाधार, राष्ट्रिय, शिक्षा, समाचार
जाजरकोट :शहिद परिवार तथा एकल महिलाको अस्थायी आवास शिक्षकले बनाइदिएका छन । अखिल नेपाल शिक्षक संगठनले भेरी नगरपालिका २ तिमिले जाजरकोट निवासी शहिद प्रताप ओलीको पत्नी भुकम्प पीडित एकल महिला गौमति ओलीको बस्ने अस्थायी आवास निर्माण गरेको छ । संगठनका राष्ट्रिय समितिका उप- महासचिव (अर्थ )लक्ष्मण ओली को नेतृत्वमा संगठनका राष्ट्रिय समिति सदस्य एवम् जाजरकोट जिल्ला अध्यक्ष रुद्र बहादुर ओली , बारा जिल्लामा कार्यरत शिक्षक शेर बहादुर खड्का ,स्थानीय युवा तिलक ओली, राम बहादुर ओली, डिल्ली ओली,मोहनलाल खत्री, जितेन्द्र ओली, दल बहादुर ओली लगाएतको टिमको सक्रिय सहभागीतामा उक्त आवास निर्माण गरिएको हो। जाजरकोट केन्द्र बिन्दु भयर २०८० कार्तिक १७ गते आएको बिनासकारी भुकम्पका कारण बाहिर हेर्दा ठिकै देखिएतापनि भित्र हेर्दा बस्न लाएक घर नभएपछि गौमति ओली बास बस्नको लागि सधै अर्काको अस्थायी आवासमा जानुपर्ने बाध्यता थियो ।...