१८ पुष २०८२, शुक्रबार

Author: तुफान न्यूज

टिकटक प्रतिबन्ध बारे आज सुनुवाइ हुने

टिकटक प्रतिबन्ध बारे आज सुनुवाइ हुने

Breaking News, मनाेरन्जन, राष्ट्रिय, विज्ञान प्रबिधि, संस्कृति, समाचार
काठमाडौं :सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय विरुद्ध दायर भएको रिट निवेदनमाथि सर्वोच्च अदालतमा आजदेखि सुनुवाइ हुँदैछ ।सर्वोच्च अदालतमा दर्ता भएका करिव एक दर्जन रिट निवेदनमाथि एकसाथ सुनुवाइ गर्ने तयारी भएको हो । यसअघि अन्तरिम आदेश दिन अस्विकार गरेको एकल इजलासले मुद्दालाई प्राथमिकतामा राखी सुनुवाइका लागि आजको मिति तोकेको थियो । सोमबारमात्रै सम्पादकहरुसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले आवश्यक परे कानूनमा नियमनको व्यवस्था राखेर प्रतिबन्धमाथि पुनर्विचार गर्न सकिने बताएका थिए । ...
क्रान्तिकारीहरु नै वास्तविक जन्ताका सेवक हुन : दिनेश शर्मा

क्रान्तिकारीहरु नै वास्तविक जन्ताका सेवक हुन : दिनेश शर्मा

Breaking News, पुर्वाधार, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं :क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल निकट क्रान्तिकारी ट्रेड युनियन महासंघका संयोजक दिनेश शर्माले क्रान्तिकारीहरु मात्रै जनताको वास्तविक सेवक भएको बतायका छन्।क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले भूकम्प प्रभावित क्षेत्रमा सञ्चालन गरेको उद्दार, राहत तथा पुननिर्माण अभियान अन्तरगत पश्चिम(रुकुम) को सानीभेरी गाउँपालिका -१, पक्रिया स्थिति शितल माविको अस्थायी विद्यालय भवन/टहरा हस्तान्तरण एवं विद्यालयद्वारा आयोजित स्वयंसेवकहरुको बिदाई कार्यक्रममा शर्माले उक्त उद्घोष गरेका हुन्। संयोजक शर्माले भने“क्रान्तिकारीहरु नै वास्तविक जनसेवक हुन, हामी यहाँ जनसेवाका निम्ति काम गर्न आएका हौं, त्यसबाहेक हाम्रो कुनै स्वार्थ छैन । क्रान्ति भनेकै जनसेवा हो । तर यहाँ तुच्छ स्वार्थ बोक्नेहरु पनि छन, तिनीहरुको भ्रमबाट जनतालाई मुक्त गर्न पनि उतिकै जरुरी छ । त्यसमध्ये कतिपय नाङ्गिएका छन, कतिपय छिटै नाङ्गिने...
एम सिसि सम्झाैता बिरुद्ध,जनप्रतिराेध गर्ने छाै : धर्मेन्द्र बास्तोला

एम सिसि सम्झाैता बिरुद्ध,जनप्रतिराेध गर्ने छाै : धर्मेन्द्र बास्तोला

Breaking News, राजनीति, विचार
दाङ :क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका प्रवक्ता धर्मेन्द्र बास्तोला 'कञ्चन' ले एमसिसी सम्झौता विरुद्ध जनप्रतिरोध संघर्ष अगाडी बढाउने बताएका छन् ।पार्टीको ५ नम्बर प्रदेश समितीद्धारा सोमबार दाङ्गको घोराहीमा आयोजित अन्तरक्रिया कार्यक्रममा प्रमुख अथितीको रुपमा बोल्दैं नेता बास्तोलाले एमसिसी सम्झौता राष्ट्रहित विपरित भएको भन्दैं यसमा विरुद्ध आफ्नो पार्टीले जनप्रतिरोध संघर्ष अगाडी बढाउने बताएका हुन् । प्रवक्ता बास्तोलाले राष्ट्रघाती एमसिसी सम्झौता कुनैपनि हालतमा लागू हुन नदिने बताए । साथै उनले पार्टीले दोस्रो चरणको जनप्रतिरोध संघर्ष अगाडी बढाउने समेत घोषणा गरेका छ्न । उक्त अन्तरक्रिया कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता तथा बुद्धिजीवीहरुको सहभागीता रहेको थियो । कार्यक्रममा सहभागी सबै वक्ताहरूले एमसिसी खारेजीको पक्षमा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले गरिरहेको संघर्षमा ऐक्...
विप्लव सहित चार जना नेता बिरुद्ध पक्राउ पुर्जी जारी

विप्लव सहित चार जना नेता बिरुद्ध पक्राउ पुर्जी जारी

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं :जिल्ला अदालत काठमाडौंले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लब) सहित चारजना नेताविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ ।सरकारले दर्ता गरेको राज्यविरुद्धको कसुरका दुई मुद्दामा उनीहरुलाई ३५ दिनभित्र अदालतमा उपस्थित हुन भनिएको छ । जिल्ला अदालत काठमाडौंले सोमबार गोरखापत्रमा प्रकाशन गरेको ३५ दिने सूचनामा नेकपाका महासचिव विप्लव, पोलिटब्यूरो सदस्य खड्गबहादुर विश्वकर्मा, माइला लामा, अखिल नेपाल किसान महासंघका अध्यक्ष राजु कार्कीको नाममा अदालतमा उपस्थित हुनका लागि आग्रह गरिएको छ । पक्राउ पुर्जी यस्तो छ -  ...
उच्च अदालत पाटनले सन्दीप रायमाझीलाई ३० लाख धरौटीमा छाड्न आदेश दियकाे छ

उच्च अदालत पाटनले सन्दीप रायमाझीलाई ३० लाख धरौटीमा छाड्न आदेश दियकाे छ

Breaking News, राष्ट्रिय, विचार, समाचार
काठमाडौं :नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्व उपप्रधानमन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई धरौटीमा छाड्न आदेश भएको छ ।उच्च अदालत, पाटनले शुक्रबार उनलाई ३० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।अभियोग दाबीबाट कसुर पुष्टि हुने नदेखिएको भन्दै उनलाई छाड्ने आदेश भएको हो । सन्दिपका बुवा टोपबहादुर रायमाझीको हकमा भने उच्च अदालतले जिल्लाकै निर्णय यथावत् रहने आदेश सुनाएको छ । जिल्लाले टोपबहादुरलाई थुनामा राख्न आदेश दिएको थियो ।प्रहरीले उनलाई २० वैशाखमा बुटवलबाट पक्राउ गरेर काठमाडौं ल्याएको थियो ।...
नेपाल आयल निगमले पेट्रोल र डिजेलको भाउ घटाएको छ

नेपाल आयल निगमले पेट्रोल र डिजेलको भाउ घटाएको छ

Breaking News, अर्थवाणिज्य, यातायात, राष्ट्रिय, समाचार
काठमाडौं :नेपाल आयल निगमले पेट्रोल र डिजेलको भाउ घटाएको छ । इन्डियन आयल कर्पोरेशन (आईओसी) बाट खरिद मूल्य घटेर आएपछि निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको हो । शुक्रवार दिउसो १ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलमा प्रतिलिटर दुई तथा डिजेल/मट्टीतेलमा प्रतिलिटर चार रुपैयाँले घटाएको हो । भाउ घटेसँगै काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर एक सय ७० रुपैयाँ र डिजेलको मूल्य एक ६० रुपैयाँ कायम भएको छ । चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिटर एक सय ६७ रुपैयाँ र डिजेलको मूल्य एक ५७ रुपैयाँमा कायम भएको छ । यस्तै सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर एक सय ६९ रुपैयाँ र डिजेलको मूल्य एक सय ५९ रुपैयाँ कायम भएको छ । निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखेको छ । अहिले ग्यासको मूल्य प्रतिसिलिन्डर एक हजार आठ सय ९५ ...
भुकम्पले अभिभावक गुमाए पछि, एक्लि प्रेम कलालाई नेता “सुदर्शन”ले भेटेर राहत हस्तान्तरण गरे

भुकम्पले अभिभावक गुमाए पछि, एक्लि प्रेम कलालाई नेता “सुदर्शन”ले भेटेर राहत हस्तान्तरण गरे

Breaking News, अर्थवाणिज्य, पुर्वाधार, राष्ट्रिय, समाचार
जाजरकोट :क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय कार्यालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ले जाजरकोटको नलगाड नगरपालिकाकाे चिउरी गाउँमा  पुगेर अभिभावक विहिन प्रेमकला विकलाई भेटी राहत हस्तान्तरण गरेका छन्।भुकम्पमा अभिभावक गुमाएकी ९ वर्षीया प्रेमकला विकको तस्बिर सामाजिक संजालमा भाइरल भएको थियो । तिनै प्रेमकला विकको लागि काठमाडाैँ दशरथ रंगशालाका खेलाडिहरुले पठाएको राहत स्वरुपको नगद रकम नेता सुदर्शनले प्रेमकलालाई मंगलबार हस्तान्तरण गरेका हुन् ।"दिलिप स्मृति प्रतिष्ठान"का अध्यक्ष एवम् प्रशिक्षक राजेन्द्र खत्रीका स्वर्गीय छोरा दिलिप खत्रीको सम्झनामा स्थापना गरिएको आवद्ध ३८ जना खेलाडिहरुले उठाएको रकम प्रेमकलालाई हस्तान्तरण गरिएको हो । स्वर्गीय दिलिप खत्रीका बुवा राजेन्द्रले क्रान्तिकारी कम्युनिस्ट पार्टीका ३ नम्बर प्रदेश कार्यालयका सहायक सचिव झनक श्रेष्ठ ‘प्रज्वल’लाई हस्तान्तरण गरेको उक्त...
देशका केही भुभागमा आज हिमपातकाे सम्भावना

देशका केही भुभागमा आज हिमपातकाे सम्भावना

Breaking News, माैसम, राष्ट्रिय, समाचार
काठमाडौं :आज देशका केही भू–भागमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । विभागले दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।ब विभागले राति देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको छ ।सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको विभागको भनाइ छ ।...
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले गर्याे भुकम्प पिडितका लागि १ कराेड ३० लाखकाे राहत सामाग्री हस्तान्तरण

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले गर्याे भुकम्प पिडितका लागि १ कराेड ३० लाखकाे राहत सामाग्री हस्तान्तरण

Breaking News, पुर्वाधार, राष्ट्रिय, विगन्यूज, शिक्षा, समाचार
जाजरकोट : माेहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी  कम्युनिस्ट पार्टी,नेपालले १ कराेड ३० लाखकाे राहात सामाग्रीहरु हस्तान्तरण गरेकाे छ ।केन्द्रीय कार्यलय सदस्य हेमन्त प्रकाश ओलि "सुदर्शन", केन्द्रीय कार्यलय सदस्य दिपक र दिनेश शर्मा लगायतकाे केन्द्रीय "जनसेवा अभियान" टिमले जाजरकोटमा पुगि  उक्त राहतका सामाग्री जिल्लालाई हस्तान्तरण गरेका हुन । पार्टी र पार्टीका भातृ संगठनकाे विशेष पहलमा संकलीत टेन्ट, त्रिपाल, कम्मल ,कार्पेट , सिरक डस्ना ,जकेट स्विटर, लगायत बिभिन्न ओैषधिहरु सहित १ कराेड ३० लाख बराबरको राहत सामाग्रीहरु जिल्ला राहात उद्धार तथा दैवीप्रकोप काेषमा हस्तान्तरण गरेका छन।भुकम्प गय लगत्तै पार्टीकाे निर्देशनमा पहिलाे चरणमा जिल्ला ईन्चार्ज अनन्त र संयोजक हिमालकाे नेतृत्वमा उद्धार कार्यमा खटिरहेका थिए। दाेश्राे चरणमा पार्टीका केन्द्रीय कार्यलय सदस्य तथा ६ नम्बर प्रदेश इन्चार्ज उदय बहादुर ...
अबको बिकल्प ‘सङ्घीय जनगणतन्त्र नेपाल” हाे : माेहन वैद्य “किरण”

अबको बिकल्प ‘सङ्घीय जनगणतन्त्र नेपाल” हाे : माेहन वैद्य “किरण”

Breaking News, राजनीति, विचार
काठमाडौं :क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका अध्यक्ष मोहन वैद्य"किरण"ले पछिल्लो विकसित राजनीतिक घटनाक्रमलाई उल्लेख गर्दै ,एक प्रेस वक्तव्य जारी गरी भनेका छन अवकाे बिकल्प संघिय जनगणतन्त्र नेपाल हाे । किरणले भनेका छन : यतिबेला देश भयावह अवस्थाबाट गुज्रिरहेको छ ।देशमा यो स्थिति पैदा हुनुका पछाडिको कारण दलाल तथा नोकरशाही पुँजीपति एवम् सामन्त वर्गीय राज्यसत्ता, संसदीय व्यवस्था र त्यसले अङ्गिकार गरेको नवउदारवादी आर्थिक प्रणाली हो । यसको समाधान पश्चगमन त हुँदै होइन, संसदीय व्यवस्था अन्तर्गत हुने सरकारको नेतृत्व परिवर्तनबाट समेत संभव छैन । यस सत्यलाई आजसम्म संसदीय व्यवस्था अन्तर्गत हुँदै आएका निर्वाचित सरकारहरुको असफलताले प्रमाणित गरेको छ ।” जनता यसको विकल्पको खोजीमा छन् । जनताको परिवर्तनको चाहनालाई दूरुपयोग गर्दै पश्चगामी शक्तिहरु जनताले आन्दोलनबाट प्राप्त गरेका सङ्घीयता तथा धर्मनिरपेक्षता ज...