११ श्रावण २०८१, शनिबार

Tag: रुकुम

भुकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सरकारले ५ लाख अनुदान दिने

भुकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सरकारले ५ लाख अनुदान दिने

Breaking News, अर्थवाणिज्य, पुर्वाधार, राष्ट्रिय, समाचार
जाजरकोट :पुर्ननिर्माणका लागि सरकारले प्रति परिवार पाँच लाख अनुदान दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले भूकम्प प्रभावित क्षेत्रमा प्रति परिवार घर निर्माणका लागि पाँच लाख अनुदान दिने निर्णय गरेको हो । पुनर्निर्माणका लागि सरकारले आन्तरिक स्रोत, बाहृय सहयोग, अनुदान र ऋण प्रयोग गर्ने भएको छ । कार्यविधि अनुसार भूकम्प प्रतिरोधी घरको ढाँचा तयार गरी पुनर्निर्माणको काम अघि बढ्ने बताईयकाे छ। भूकम्प गएको चार महिना बितिसक्दा पनि पुनर्निर्माणको काम अघि नबढेको भन्दै संसदमा सरकारको आलोचना भएको थियो । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रिपरिषद् बैठकले भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माण अघि बढाउने निर्णय गरेको बताए । "कार्यविधि स्वीकृत भइसकेको छ । अब आन्तरिक र बाहृय स्रोत परिचालन गरी पुनर्निर्माण अघि बढ्छ,"गृह मन्त्री श्रेष्ठले भने । जाजरकोटमा हालसम्म ४२ हजार...
भुकम्प गयकाे दुई महिना बितिसक्दा पनि अस्थायी घर बनाउने प्रक्रिया कागज मै घुम्दै

भुकम्प गयकाे दुई महिना बितिसक्दा पनि अस्थायी घर बनाउने प्रक्रिया कागज मै घुम्दै

Breaking News, पुर्वाधार, राष्ट्रिय, समाचार, स्वास्थ
जाजरकोट :गत कात्तिक १७ गते राति ११:४७ बजे तिर जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्यूडको भूकम्प गएको पुस १७ गते दुई महिना पुगेको छ । तर अस्थायी घर बनाउने प्रक्रिया कागजमै घुमिरहेकाे छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांक अनुसार जाजरकोट र रुकुम पश्चिमसहित पाँच जिल्लाका ५९ हजार १६२ परिवार भूकम्पबाट घरबार विहीन बनेका छन् ।काेहि पाल मुनि त काेहि काठकाे गाेठ र ढुङ्गाकाे ओडार मुनि  याे जाडाे माैसममा कष्टकर जीवन बिताईरहेका छन । खुल्ला आकाश र त्रिपाल मुनिकाे  चिसोले धेरै बिरामी परेका छन्। तीन बालबालिका,दुई सुत्केरी र बृद्धबृद्धासहित जाजरकोटमा ३० जना र रुकुम पश्चिममा ५ गरी ३५ जनाको मृत्यु भइसकेको छ। अहिलेसम्म सरकारले दिने भनेको पहिलो किस्ताकै अुनदान रकम पाउन सकेका छैनन्। अनुदान नपाउँदा अस्थायी आवास निर्माण प्रक्रिया समेतमा ढिलाई भएको छ। ...
भूकम्पले क्षति भएका घर बनाउन सस्तो ब्याजमा ऋण पाईने

भूकम्पले क्षति भएका घर बनाउन सस्तो ब्याजमा ऋण पाईने

Breaking News, अर्थवाणिज्य, पुर्वाधार, राष्ट्रिय, विगन्यूज, समाचार
जाजरकोट :गत कात्तिक १७ गते राति गएको भूकम्पका कारण क्षतिग्रस्त भएका आवासीय घरहरुको पुनर्निर्माणका  लागि सस्तो ब्याजमा ऋण पाईने भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो मौद्रिक नीति समीक्षा सार्वजनिक गर्दै यस्तो व्यवस्था गरेको हो ।‘सरकारले तोकेका निकायले भूकम्प प्रभावितको रुपमा सूचीकरण गरेका परिवारलाई बैंक तथा वित्तीय संस्थाले २५ लाखसम्मको आवासीय घर कर्जा दिंदा आधार दरमा २ प्रतिशत बिन्दुभन्दा बढी प्रिमियम थप गर्न नपाउने व्यवस्था गरिने छ,’ समीक्षामा भनिएको छ  । यस्तै भूकम्पका कारण क्षतिग्रस्त भएका सार्वजनिक विद्यालय, सार्वजनिक अस्पताल तथा स्वास्थ्य चौकीको पुनर्निर्माणका लागि बैंक तथा वित्तीय संस्थाले आर्थिक वर्ष २०७९-८० र २०८०-८१ को मुनाफाबाट सामाजिक उत्तरदायित्व कोषमा छुट्टयाई खर्च गर्नुपर्ने रकमको ४० प्रतिशतसम्म योगदान गर्न सक्ने व्यवस्था गरिएको छ । यस्तै, नेपाल राष्...
भूकम्प: पुनर्निर्माणमा ६८अर्ब ६२ कराेड लाग्ने

भूकम्प: पुनर्निर्माणमा ६८अर्ब ६२ कराेड लाग्ने

Breaking News, अर्थवाणिज्य, पुर्वाधार, राष्ट्रिय, समाचार
जाजरकोट ।बारेकोट–१, रामीडाँडालाई केन्द्रबिन्दु बनाएर १५३ जनाको ज्यान जानेगरी गएको भूकम्पबाट करिब ६८ अर्ब रुपैयाँको बराबरको आर्थिक क्षति भएको छ। भूकम्पले क्षति भएका निजी घर, विद्यालय, स्वास्थ्य संस्था, सरकारी भवन निर्माण गर्न ठूलो धनराशि खर्च हुने भएको छ । गृह मन्त्रालयका अनुसार भूकम्पबाट जाजरकोट, रुकुम पश्चिम, रुकुम पूर्व, सल्यान, रोल्पा, दाङ, प्युठानलगायतका जिल्लामा भत्किएका निजी घर, विद्यालय, सरकारी भवन पुनःनिर्माण गर्न ६८ अर्ब ६२ करोड रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । योबाहेक चौपाया, कृषिलगायतका अन्य पूर्वाधारमा पनि ४०/५० करोड रुपैयाँको. क्षति भएको अनुमान छ । यसरी हेर्दा मानवीयबाहेक भौतिक पूर्वाधार, खाद्यान्न, चौपायालगायत गरी करिब ६८ अर्ब रुपैयाँ क्षति भएको प्रारम्भिक अनुमान छ ।भूकम्पले क्षति भएका निजी घर, विद्यालय, सरकारी भवन, स्वास्थ्य चौकी, सांस्कृतिक सम्पदा पुनःनिर्माणम...
भुकम्पकाे दाेश्राे ठुलो धक्काले जाजरकोटमा ६ जना र रुकुममा १० जना घाइते

भुकम्पकाे दाेश्राे ठुलो धक्काले जाजरकोटमा ६ जना र रुकुममा १० जना घाइते

Breaking News, पुर्वाधार, राष्ट्रिय, समाचार
जाजरकोट ।जाजरकोटमा सोमबार गएको पराकम्पबाट १६ जना घाइते भएका छन् । प्रदेशको शान्ति सुरक्षाका शाखाको विवरण अनुसार रुकुम पश्चिममा १० जना घाइते भएका छन् भने जाजरकोटमा ६ जना घाइते भएका छन् । अपराह्न ४ बजे जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ५.८ रेक्टरको भूकम्प गएको थियो ।  घाइते हुनेमा आठबिसकोट नगरपालिकाका मात्रै ६ जना रहेका छन् । यस्तै भेरी नगरपालिका–१ रावत गाउँकी एक महिला घरको माथिल्लो तलाबाट हाम फाल्दा घाइते भएकी थिइन् । काखमा छोरी च्यापेर हाफ फालेकी उनको उपचार भइरहेको छ । छोरी भने सकुशल छिन् । यो सँगै भूकम्पबाट घाइतेहरूको संख्या ३५७ जना पुगेको छ । घाइते हुने जाजरकोटका १४५ जना रहेका छन् भने रुकुम पश्चिमका २०० जना रहेका छन् । यस्तै दैलेखका ३, जुम्लाका चार, सल्यानका २ र कालिकोटका एक जना छन् । घाइतेहरुमध्ये २४३ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् भने बाँकी ११४ जनाको उपचार भइरहेको छ ...
भुकम्पले पुर्‍यायकाे प्रारम्भिक क्षतिकाे सार्वजनिक

भुकम्पले पुर्‍यायकाे प्रारम्भिक क्षतिकाे सार्वजनिक

Breaking News, पुर्वाधार, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
जाजरकोट । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति गएको भूकम्पमा क्षति पुगेका घरधुरी मृतक र घाइते हरुकाे प्रारम्भिक संख्या सार्वजनिक गरियकाे छ । गृहमन्त्रालय अन्तर्गतको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाले सार्वजनिक गरेको विवरणअनुसार अहिलेसम्म ९३७ घरमा पूर्ण क्षति र २,९५४ वटा घरमा आंशिक क्षति भएको छ । त्यसमध्ये जाजरकोटमा सबभन्दा बढी ९०५ वटा घर पूर्णरूपमा क्षति भएको छ । त्यस्तै २६८५ घरमा आंशिक क्षति भएको छ । रुकुम पश्चिमको विवरण भने हालसम्म सार्वजनिक गरेको छैन ।त्यस्तै रुकुम पूर्वमा ५ वटा घरमा पूर्ण क्षति र ११८ घरमा आंशिक क्षति भएको छ । सल्यानमा ९७, प्युठानमा २९, रोल्पामा १७, दाङमा ६, नवलपरासी पूर्व र दैलेखमा १/१ घर क्षतिग्रस्त भएका छन् । यस्तै सल्यानमा २५, दैलेख र बैतडीमा १/१ घर क्षतिग्रस्त भएका छन् । गृहमन्त्रालयका अनुसार जाजरकोटमा १०५ र रुकुममा ५२ जनाको मृत्यु भए...
भुकम्प अपडेट: हाल सम्म जम्मा १३७ जनाकाे मृत्युु भयकाे पुष्टि

भुकम्प अपडेट: हाल सम्म जम्मा १३७ जनाकाे मृत्युु भयकाे पुष्टि

Breaking News, पुर्वाधार, माैसम, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
जाजरकोट ।भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा मृत्यु हुनेको सङ्ख्या १ सय ३७ पुगेको छ । दिउँसो २:१५ को अपडेट अनुसार जाजरकोटमा मात्र ६९ महिला र ३० पुरुष गरी ९९ जनाको मृत्यु भएको छ । त्यसैगरी रुकुम पश्चिममा १९ महिला र १९ पुरुष गरी ३८ जनाको मृत्यु भएको हो । दुवै जिल्लाको मृतकको सङ्ख्या जोड्दा १३८ पुगेको हो । त्यस्तै जाजरकोटमा ८१ जना घाइते भएका छन् भने रुकुम पश्चिममा ७५ जना घाइते भएका छन् । भूकम्पबाट दैलेखमा २, सल्यानमा १ र जुम्लामा ५ जना घाइते भएका छन् ।  गएराति जाजरकोट केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।...
भुकम्पमा परि हाल सम्म १२९ जनाकाे मृत्युु , ३५० भन्दा बढि घाइते

भुकम्पमा परि हाल सम्म १२९ जनाकाे मृत्युु , ३५० भन्दा बढि घाइते

Breaking News, पुर्वाधार, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
जाजरकोट।  जाजरकोटकाे बारेकाेट केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण मृत्यु हुनेको संख्या १२९ पुगेको छ। ३५० भन्दा धेरै घाइते भएका छन्। जाजरकोटमा ९२ र रुकुम पश्चिममा ३७  जनाको मृत्यु भएको हो। जिल्ला प्रशासन कार्यालय जाजरकोटका सूचना अधिकारी हरिश्चन्द्र शर्माका अनुसार नलगाड नगरपालिकामा सबैभन्दा धेरै ४७ जनाको मृत्यु भएको छ। भेरी नगरपालिकामा ३१, कुशे गाउँपालिकामा ७ र छेडागाड नगरपालिकामा एक जनाको मृत्यु भएको जानकारी आएको उनले जानकारी दिए। अहिलेसम्म साढे २ सयभन्दा धेरै घाइते अस्पताल पुगेको अनुमान गरिएको उनको भनाए छ। केही उपचारपछि डिस्चार्ज भएका, केहीलाई अस्पताल लगिँदै गरेको र विकट ठाउँका केहीलाई अस्पताल पुर्‍याउनै बाँकी रहेकाले यकिन तथ्यांक प्राप्त गर्न कठिनाइ भएको शर्माले बताए। राति सुतेका बेला भूकम्प आएकाले घर भत्किएका ठाउँमा परिवारका सबैजसो सदस्यको मृत्यु भएको पाएको उनले जानकारी ...
भुकम्पमा परि रुकुममा हाल सम्म ३५ जनाकाे मृत्युु भयकाे पुष्टि

भुकम्पमा परि रुकुममा हाल सम्म ३५ जनाकाे मृत्युु भयकाे पुष्टि

Breaking News, राष्ट्रिय, समाचार
रुकुम । जाजरकोट आसपासलाई केन्द्र बनाएर मध्यराती गएको ६.४ म्याग्निच्युडको भुकम्पमा परी अहिलेसम्म रुकुम पश्चिममा ३५ जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी नमराज भट्टराईका अनुसार अहिलेसम्मको अद्यावधिक सूचना संकलन गर्दा आठविसकाेट नगरपालिकामा २८ जना र सानीभेरी गाउँपालिकामा ७ जनागरि ३५ जना काे मृत्यु भएको हाे । उहाँका अनुसार आठविसकाेट नगरपालिका वडा नम्बर ११ मा ६ जना, वडा नम्बर १२ मा ३ जना, वडा नम्बर १३ मा ७ जना, वडा नम्बर १४ मा १२ जना मृत्यु भएको हाे । त्यस्तै सानीभेरी गाउँपालिका वडा १ मा ४ जना, वडा नम्बर २ मा १ जना र वडा नम्बर ४ मा २ जनाकाे मृत्यु भएको प्रहरीले जनाएको छ । भूकम्पमा परी दुई वटा पालिकामा ५३ जना घाइते भएका हुन् । घाइतेहरुकाे मिसन अस्पताल चौरजहारि, जिल्ला अस्पताल सल्ले र आठविसकाेट नगर अस्पतालमा उपचार भैईरहेकाे छ ।शुक्रबार राती ११ बजेर ४७ मिनेटमा जाजरकोटको...
मध्यरातमा ६.४ म्याग्निच्युडको भूकम्प, नलगाड उपमेयर सरिता सिंह लगायत ५४ जनाकाे ज्यान गयकाे छ

मध्यरातमा ६.४ म्याग्निच्युडको भूकम्प, नलगाड उपमेयर सरिता सिंह लगायत ५४ जनाकाे ज्यान गयकाे छ

Breaking News, पुर्वाधार, राष्ट्रिय, विगन्यूज, समाचार
जाजरकोट ।जाजरकोट केन्द्र बिन्दु भयर ६.४ म्याग्निच्युडको भूकम्प गएको छ । शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर सो भूकम्प गयकाे हाे ।जाजरकोटको रामेडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको पुष्टि भएको छ’, भूकम्पको धक्का काठमाडौँका साथै देशैभरजसो महसुश भएको थियो । भूकम्पबाट जाजरकोटसहितका जिल्लाहरुमा घरहरुमा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएपनि थप विवरण प्राप्त हुन सकेको छैन । हाल सम्म नलगाड नगरपालिकाकि उपप्रमुख सरिता सिंह लगायत ५४ जनाको मृत्यु भएको छ खबर प्राप्त भयकाे छ । बिहान साढे ५ बजेसम्मको विवरणअनुसार रुकुम पश्चिमका डीएसपी नमराज भट्टराईका अनुसार रुकुममा मात्र २८ जनाको मृत्यु पुष्टि भएको छ ।जाजरकोटमा नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंहसहित २६ जनाको मृत्यु पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालयका डीएसपी सन्तोष रोकाले भने, ‘अहिलेसम्म २६ जनाको ज्यान गएको ...