२३ भाद्र २०८१, आईतवार

भुकम्पमा परि रुकुममा हाल सम्म ३५ जनाकाे मृत्युु भयकाे पुष्टि

रुकुम । जाजरकोट आसपासलाई केन्द्र बनाएर मध्यराती गएको ६.४ म्याग्निच्युडको भुकम्पमा परी अहिलेसम्म रुकुम पश्चिममा ३५ जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी नमराज भट्टराईका अनुसार अहिलेसम्मको अद्यावधिक सूचना संकलन गर्दा आठविसकाेट नगरपालिकामा २८ जना र सानीभेरी गाउँपालिकामा ७ जनागरि ३५ जना काे मृत्यु भएको हाे ।
उहाँका अनुसार आठविसकाेट नगरपालिका वडा नम्बर ११ मा ६ जना, वडा नम्बर १२ मा ३ जना, वडा नम्बर १३ मा ७ जना, वडा नम्बर १४ मा १२ जना मृत्यु भएको हाे । त्यस्तै सानीभेरी गाउँपालिका वडा १ मा ४ जना, वडा नम्बर २ मा १ जना र वडा नम्बर ४ मा २ जनाकाे मृत्यु भएको प्रहरीले जनाएको छ ।

भूकम्पमा परी दुई वटा पालिकामा ५३ जना घाइते भएका हुन् । घाइतेहरुकाे मिसन अस्पताल चौरजहारि, जिल्ला अस्पताल सल्ले र आठविसकाेट नगर अस्पतालमा उपचार भैईरहेकाे छ ।शुक्रबार राती ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।