२३ भाद्र २०८१, आईतवार

Tag: रुकुम

वेलिब्रिज पुल भाँचिदा २ जनाकाे ज्यान गयाे ७ जना घाइते

वेलिब्रिज पुल भाँचिदा २ जनाकाे ज्यान गयाे ७ जना घाइते

Breaking News, अर्थवाणिज्य, पुर्वाधार, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
जाजरकोट  । भेरी नदीमा निर्माणाधीन बेलिब्रिज भाँचिदा घाइते भएका ९ जनामध्ये दुईजनाको मृत्यु भएको छ ।जाजरकोट-डोल्पा सडकअन्तर्गत जाजरकोटको तल्लुबगर र रुकुम पश्चिमको आठबीसकोट जोड्ने निर्माणाधीन बेलिब्रिज भाँचिदा त्यहाँ काम गरिरहेका दुई श्रमिकको ज्यान गएको हो । ६ जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार एकजनाको घटनास्थलमै र एकजनाको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । मृत्यु हुनेमा भारत बहराइच घर भएका अन्दाजी ४० वर्षीय कामदार पुरोस्लिम चमारको घटनास्थलमै र बहराइचकै अर्का कामदार धर्मेन्द्र गौतम भन्ने हर्जन चमार छन् । घाइते हर्जनलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । घाइते सातजनामध्ये क्रेनका २५ वर्षीय चालक नीरजकुमार चौधरी सामान्य घाइते भएका छन् । नवलपरासी घर भएका चौधरीलाई थप उपचारका लागि नेपालगन्ज लगिएको प्रहरीले जनाएको छ ...
याे जित अग्रगामी जन्ताकाे जित हाे , अर्थमन्त्री  जनार्दन शर्मा

याे जित अग्रगामी जन्ताकाे जित हाे , अर्थमन्त्री जनार्दन शर्मा

Breaking News, चुनाव, निर्वाचन, राजनीति, समाचार
९ मंसिर काठमाडौं ।प्रदेशसभातर्फका दुवै सिटसहित आफू प्रतिनिधि सभामा  विजयी भएका शर्माले ‘अग्रगामी जनताको जित’ को रुपमा आफूहरुको विजयी भएको बताएका छन । रूकुम पश्चिमबाट प्रतिनिधिसभामा भारी मतान्तरसहित विजयी भएका अर्थमन्त्री जनार्दन शर्माले रुकुमेली जनताको अपेक्षा पूरा गर्न आफू इमानदारी पूर्वक प्रयास गर्ने बताएका छन्। हामीसँग प्रतिस्पर्धामा सहभागी विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारहरूका साथै पार्टीका सम्पूर्ण नेता–कार्यकर्ता, गठबन्धन नेता–कार्यकर्ता सबैमा हार्दिक आभारसहित धन्यवाद व्यक्त गर्दछु,’ शर्माले भनेका छन्, ‘यो जित अग्रगामी जनताको जित हो।’ उत्पादन, रोजगार, समृद्धि सामाजिक, सांस्कृतिक रूपान्तरण अभियानमार्फत रूकुम जिल्लालाई समृद्ध र समुन्नत बनाउन आफूहरुको साझा प्रयास हुने उनले मतदातालाई धन्यवाद दिँदै उल्लेख गरेका छन्।अब त्यो आधारमा टेकेर कृषिलाई उद्योगसँग जोड्दै गुणात्मक विकासमा ...
रुकुम पश्चिममा जनार्दन शर्मा : चौथो जितका दावेदार

रुकुम पश्चिममा जनार्दन शर्मा : चौथो जितका दावेदार

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार
 २०१९ वैशाखमा रुकुमको सेरीगाउँमा जन्मिएका जनार्दन शर्मा राजनीतिमा पूर्णकालीन हुनुअघि सरकारी जेटीए थिए । २०५२ सालमा नेकपा (माओवादी)ले सत्ता विरुद्ध सशस्त्र संघर्ष थालेपछि उनी पनि त्यसमा सामेल भए । शर्मा २०५२ पछि १० वर्ष माओवादीको डेपुटी कमाण्डर भएर लडे, पार्टी शान्ति प्रक्रियामा आएपछि ऊर्जामन्त्री बनेका उनले १८ घण्टे लोडसेडिङ हटाउने भूमिका खेले । अर्थमन्त्री भएपछि भने उनी गभर्नर हटाउनेदेखि बाहिरियालाई बोलाएर बजेटको बुँदा हेरफेर गर्नेसम्मका विवादमा परे । तिनै शर्मा आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा फेरि रुकुमपश्चिमबाट लड्दैछन् । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव समेत रहेका उनी चुनाव जित्नेमा ढुक्क पनि छन् । यो क्षेत्रबाट २०६४, २०७० र २०७४ मा लगातार चुनाव जितेका शर्माको फेरि विजयी हुने दाबीमा ठोस आधार पनि देखिन्छ । रुकुमपश्चिममा बलियो पकड बनाएको माओवादी केन्द्रलाई यसपटक ...
अर्थमन्त्री जनार्दन शर्मा चाैथाे  जितको खोजीमा…?

अर्थमन्त्री जनार्दन शर्मा चाैथाे जितको खोजीमा…?

चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार
             १५ कार्तिक काठमाडौं । अर्थमन्त्रीसमेत रहेका माओवादी नेता जनार्दन शर्मा चौथोपटक चुनावी दौडमा छन् । ०६४, ०७० र ०७४ को निर्वाचनमा रुकुम पश्चिम (तत्कालीन रुकुम)बाट विजयी भएका उनी चौथो जित निकाल्ने योजनासहित प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका छन् । शर्मालाई कांग्रेस र एकीकृत समाजवादीको पनि साथ छ । तर, कांग्रेस केन्द्रको निर्णयविपरीत तारक केसी बागी उम्मेदवार बनेका छन् । केसी बागी हुँदा गठबन्धनको मत काटिने र त्यसको फाइदा एमाले उम्मेदवार नन्दराम देवकोटाले उठाउन सक्ने आकलन पनि गरिएको छ । कांग्रेसका केही नेता खुलेरै बागीको पक्षमा लागेका छन् । कांग्रेसले भने केसीलाई कारबाही गरिसकेको छ । कांग्रेस रुकुम पश्चिमका सचिव परमेश्वर भण्डारीका अनुसार केसीलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको पत्र कांग्रेस केन्द्रीय कार्यालयबाट २५ असोजमा प्राप्त भइसहकेको छ । माओवादी जिल्ला अ...
अर्थ मन्त्री शर्माले गरे उम्मेदवारी दर्ता ।

अर्थ मन्त्री शर्माले गरे उम्मेदवारी दर्ता ।

Breaking News, राजनीति, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार, सुचना संचार
२३ असाेज रुकुम : मंसिर ४ मा हुने प्रतिनिधि सभा चुनाव का लागि नेकपा माओवादी केन्द्र का प्रभाव शालि नेता अर्थ मन्त्री जनार्दन शर्मा ( प्रभाकर) ले रुकुम पश्चिम बाट उम्मेदवारी दर्ता गरेका छन । आज अपरान्ह मुसिकाेट खलंगामा रहेकाे मुख्य निर्वाचन अधिकृतको कार्यलय मा पुगि  संगै प्रदेश क बाट महेन्द्र के सि र ख बाट राजकुमार शर्मा ले पनि उम्मेदवारी दर्ता गरायका हुन ।...