११ श्रावण २०८१, शनिबार

याे जित अग्रगामी जन्ताकाे जित हाे , अर्थमन्त्री जनार्दन शर्मा

९ मंसिर काठमाडौं ।प्रदेशसभातर्फका दुवै सिटसहित आफू प्रतिनिधि सभामा  विजयी भएका शर्माले ‘अग्रगामी जनताको जित’ को रुपमा आफूहरुको विजयी भएको बताएका छन ।

रूकुम पश्चिमबाट प्रतिनिधिसभामा भारी मतान्तरसहित विजयी भएका अर्थमन्त्री जनार्दन शर्माले रुकुमेली जनताको अपेक्षा पूरा गर्न आफू इमानदारी पूर्वक प्रयास गर्ने बताएका छन्।

हामीसँग प्रतिस्पर्धामा सहभागी विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारहरूका साथै पार्टीका सम्पूर्ण नेता–कार्यकर्ता, गठबन्धन नेता–कार्यकर्ता सबैमा हार्दिक आभारसहित धन्यवाद व्यक्त गर्दछु,’ शर्माले भनेका छन्, ‘यो जित अग्रगामी जनताको जित हो।’

उत्पादन, रोजगार, समृद्धि सामाजिक, सांस्कृतिक रूपान्तरण अभियानमार्फत रूकुम जिल्लालाई समृद्ध र समुन्नत बनाउन आफूहरुको साझा प्रयास हुने उनले मतदातालाई धन्यवाद दिँदै उल्लेख गरेका छन्।अब त्यो आधारमा टेकेर कृषिलाई उद्योगसँग जोड्दै गुणात्मक विकासमा फड्को मार्ने योजना छ ।

मैले यहाँबाट तीनपटक चुनाव जितें । पहिलो कार्यकाल शान्ति प्रक्रियाका काम गर्ने क्रममा बित्यो । धेरै पूरा भए, केही बाँकी छन् । दोस्रो कार्यकालमा उज्ज्यालो रुकुम बनाएँ । त्यही बेला देशमा हुँदै आएको १८ घण्टे लोडसेडिङ पनि अन्त्य गरें ।

तेस्रो कार्यकाल उत्पादनलाई उद्योगसँग जोड्ने काममा बित्यो । यद्यपि काम गर्दागर्दै कोभिड महामारी आयो । कोभिड नियन्त्रणमा बढी ध्यान केन्द्रित गर्नुपर्याे  र त्यो काम प्रभावित भयो । तर, आर्थिक समृद्धिमा लैजाने आधार तयार भने भयो ।अब त्यो आधारमा टेकेर कृषिलाई उद्योगसँग जोड्दै गुणात्मक विकासमा फड्को मार्ने योजना छ ।रुकुमेली जनताका अपेक्षाका साथै राष्ट्रिय आवश्यकता र कार्यभार पुरा गर्न इमानदारी पूर्वक प्रयास गर्नेछु,’ शर्माले उल्लेख गरेका छन्।

उनी ३९ हजार ५४९ मतसहित प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन। निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार नन्दराम देवकोटाले १२ हजार ९६१ मत पाएका छन्।प्रदेशसभा १ मा महेन्द्र केसी १९ हजार ३३ मतसहित प्रदेशसभा सदस्यमा निर्वाचित हुँदा निकटतम् प्रतिष्पर्धी शाहले ८ हजार ८१ मत ल्याएका छन्।
प्रदेशसभा २ मा विजयी राजकुमार शर्माले २० हजार १६० मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिष्पर्धी घर्तीले ८ हजार ७८ मत पाएका छन ।